×

NMB BANK
NIC ASIA

चुनाव जित्नका लागि मोदीले चीन कार्ड खेलेको चिनियाँ पत्रिकाको आरोप

चैत १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लोकसभा चुनाव जित्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टीले चीन कार्ड खेलेको आरोप चीनको पत्रिकाले ग्लोबल टाइम्सले लगाएको छ । 

Muktinath Bank

पाकिस्तानसँग विवाद बढाउनु पनि मोदीको लोकप्रियता हासिल गर्ने र मतदाता लोभ्याउने प्रपञ्च भएको अखबारको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्लोबल टाइम्समा प्रकाशित एक आलेखमा लेखिएको छ, ‘भारतमा चुनाव आउनुभन्दा ठीक अघि भारत र पाकिस्तानबीचको तनाव चरममा पुग्यो । पाकिस्तानसँगको विवादलाई मोदी र भाजपाले चुनावी दाउपेचका रूपमा प्रयोग गरी मतदातालाई लोभ्याउन खोजेको जस्तो देखिन्छ ।’


Advertisment
Nabil box
Kumari

यसअघि सामान्यतया द्विपक्षीय सम्बन्धलाई चुनावी विषय नबनाइने गरेको लेखमा उल्लिखित छ । लेखमा भनिएको छ, ‘निश्चित रूपमा चीन र भारतबीचको सम्बन्धमा केही समस्या छन् । तर यो युद्धउन्मुख छैन । तैपनि मोदीले चुनावी मुद्दाबाट ध्यान हटाउनका लागि चीन कार्ड प्रयोग गर्न थालेका छन् ।’

Vianet communication
Laxmi Bank

‘रोजगारीमा वृद्धि नभएको जस्ता घरेलु समस्याका कारण भाजपाले आलोचना खेपिरहेको छ । भाजपाले कैयौं वाचा पूरा गरेको छैन जसले गर्दा मानिसहरूमा असन्तोष छ । मोदी जस्ता अनुभवी राजनीतिज्ञले यसबेला चीन कार्ड प्रयोग गरेका छन् । उत्तरी भारतमा यो कार्ड चल्न पनि सक्छ र चीनसँगको मतभेदमा त्यो नै मुख्य मोर्चा हो,’  पत्रिकामा लेखिएको छ ।

लेखमा मोदीको लोकप्रियता घटिरहेको दाबी गरिएको छ । त्यसैले गर्दा मोदी भोट पाउने कुनै पनि मौका छोड्दैनन् । चीन कार्ड प्रयोग गर्नुका साथै उनी पाकिस्तानसँगको तनावलाई पनि बढाइरहेका छन् । 

भाजपाले एक निर्धारित लक्ष्यका साथ राष्ट्रवादी भावना जगाइरहेको र आफ्नो कट्टर छविलाई बलियो बनाइरहेको लेखिएको छ । पाकिस्तानसँगको संघर्षमा चीनले इस्लामाबादको पक्ष लिएको भ्रम धेरै भारतीयहरूलाई छ त्यसैले चीन कार्ड खेल्ने यो राम्रो अवसर भएको अखबारमा लेखिएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x