×

NMB BANK
NIC ASIA

पत्रकार खशोग्गीको हत्याको तालिम साउदीहरूले अमेरिकामा लिएको खुलासा

चैत १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – साउदी पत्रकार जमाल खशोग्गीको हत्याका विषयमा अमेरिकी पत्रिका द वाशिङटन पोस्टको रिपोर्टमा नयाँ खुलासा भएको छ । 

Muktinath Bank

रिपोर्टअनुसार, खशोग्गीको हत्या गर्नुअघि आरोपितहरूले अमेरिकामा ट्रेनिङ लिएका थिए । खशोग्गी त्यही पत्रिकामा काम गर्थे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१८ को अक्टोबर २ मा खशोग्गी टर्कीको इस्तानबुलस्थित साउदी अरब वाणिज्य दूतावास गएका थिए । त्यहाँ रियादबाट पठाइएका साउदी टीमका १५ एजेन्टहरूले उनको हत्या गरेर शवलाई टुक्राटुक्रा पारेका थिए । खशोग्गीको शव अहिलेसम्म फेला परेको छैन । 


Advertisment
Nabil box
Kumari

द वाशिङटन पोस्टका स्तम्भकार डेभिड इग्नेसियसका अनुसार, टर्कीको जासूसी संस्थाले साउदी दूतावासबाट केही रेकर्डिङ प्राप्त गरेको थियो । त्यसमा खशोग्गीलाई अपहरण गर्ने र साउदी अरब लगेर सोधपुछ गरिने योजना थियो । 

Vianet communication
Laxmi Bank

त्यसो गर्नुअघि खशोग्गीलाई एउटा इन्जेक्सन दिइयो । अनि उनको टाउकोलाई एउटा झोलाले ढाकियो । खशोग्गीले त्यसपछि सास फेर्न गाह्रो भएको बताए । आफूलाई दम भएको उनको भनाइ थियो । 

तत्कालै खशोग्गीको मृत्यु भयो । अनि रेकर्डिङमा फरक फरक आवाज सुनिए । त्यो खशोग्गीको लाश टुक्राटुक्रा पार्नका लागि विद्युतीय कटरबाट निस्केको आवाज हुनसक्ने इग्नेसियसको भनाइ छ । 

इग्नेसियसले एक सूत्रलाई उद्धृत गर्दै साउदी –यापिड इन्टरभेन्सन ग्रूपका केही एजेन्टले अमेरिकामा तालिम लिएको बताए । 

उक्त प्रशिक्षण हत्याकाण्डअघि साउदीसँग गरिएको सम्झौताअन्तर्गत भएको थियो । हत्याकाण्डपछि यसलाई अघि बढाइएन र अमेरिका र साउदीबीचका अन्य कार्यक्रम पनि रद्द गरियो । 

अमेरिकाको जासूसी निकाय सीआईएले पत्रकार खशोग्गीको हत्या साउदी युवराज मोहम्मद बिन सलमानको इशारामा गरिएको रिपोर्ट दिएको थियो । साउदीमा ११ आरोपितमाथिको पुर्पक्ष शुरू भइसकेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x