माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
काठमाडौं – विक्रम संवत्को पात्रो फेरिइसकेकाे छ । अर्थात आइतवारबाट विक्रम संवत् २०७६ शुरू भइसकेकाे छ ।
हामीले २०७५ सालको राजनीतिक, आर्थिक र सामाजिक घटनाक्रमको समीक्षा गरेका छाैं ।
वर्ष २०७५ मा हामीले केही प्रतिष्ठित व्यक्तिहरूलाई गुमायौं ।
बहालवाला मन्त्री रविन्द्र अधिकारी
गएको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको ज्यान गयो । तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा मन्त्री अधिकारी सहित देशका प्रतिष्ठित व्यापारी आङछिरिङ शेर्पाको पनि निधन भयो ।
पछिल्ला तीनवटा निर्वाचनमा कास्कीबाट प्रत्यक्ष निर्वाचित अधिकारी नेकपाको नयाँ पुस्ताका उदीयमान नेता थिए । सोही हेलिकप्टरमा नागरिक उड्यन क्षेत्रका वरिष्ठ अधिकारी र नेपालको राजनीतिक नृतृत्वसँग सम्बन्ध बनाएका व्यवसायी शेर्पाको निधन भयो । यति एयरलाइन्स, हिमालय एयरलाइन्स, गोकर्ण रिर्सोट लगायत व्यापारिक प्रतिष्ठानका प्रमुख शेर्पा नेपालको पर्यटन क्षेत्रका टाइकुन मानिन्थे ।
उक्त दुर्घटनामा अधिकारी र शेर्पाका अलावा प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भयो ।
वृद्धभत्ताका सूत्राधार भरतमोहन अधिकारी
नेकपा नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते शनिवार निधन भयो । फोक्सो र मुटुसम्बन्धी समस्याबाट पीडित अधिकारीको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । २०५१ सालको कम्युनिष्ट सरकारका अर्थमन्त्री रहेका अधिकारी आफ्नो गाउँ आफै बनाउँ लगायत लोकप्रिय कार्यक्रमका योजनाकार थिए ।
पञ्चायतका डिजाइनर तुलसी गिरी
पुस ३ गते पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भयो । लामो समयदेखि कलेजोसम्बन्धी रोगका कारण कमजोर बनेका गिरीको ९३ वर्षको उमेरमा निधन भयो ।
राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रूपमा चिनिन्थे । ०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनीले मन्त्रिपरिषद्को उपाध्यक्ष बनेर पूर्वराजा ज्ञानेन्द्रलाई साथ दिएका थिए ।
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटा
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको असार ४ गते निधन भयो । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका देवकोटाले नेपालमा जटिल खालका अप्रेसन गरेका थिए ।
तीनजना प्रदेश सांसद
नेकपामा प्रदेश सांसद उत्तरकुमार वलीको फागुन १० गते निधन भयो । माघ २४ गते कार दुर्घटनामा घाइते भएका सांसद वलीको फागुन १० गते निधन भएको थियो ।
भक्तपुर १ (क) बाट निर्वाचित प्रदेश नम्बर ३ का नेकपा सांसद हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा निधन भयो । मस्तिष्कघातका कारण काठमाडौंको केएमसी अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो ।
यस्तै गण्डकी प्रदेश सांसद बागलुङ २ (ख)का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत मंसिर २७ मा निधन भयो । राष्ट्रिय जनमोर्चाका तर्फबाट उनी प्रत्यक्ष निर्वाचित सांसद थिए ।
बाराका सीडीओ र एसपी
बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईका फागुन ६ गते निधन भयो । माघ ११ गते सवारी दुर्घटनामा घाइते भएका सीडीयो भट्टराईको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । उक्त दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको पनि ज्यान गयो ।
चक्र बाँस्तोलादेखि कमल पंगेनीसम्म
करीब छ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहेका कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको गएको असोजमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो । विसं २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बाँस्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेका थिए ।
नेपाली कांग्रेसका स्याङ्जाका जिल्ला सभापति कमल पंगेनीको साउन २० गते हृदयाघातका कारण निधन भयो ।
मानव अधिकारकर्मी पद्मरत्न तुलाधर
मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको कात्तिक १८ गते मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो । तुलाधर २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री थिए । उनी २०४२ सालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवार समेत थिए ।
भाषाविद् पोख्रेल र साहित्यकार शर्मा
वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको फागुन १२ गते विराटनगरमा निधन भयो । पोखरेलले १ सय ३० बढी पुस्तक लेखेका छन् ।
उनले खस जातिको इतिहास, १०० वर्ष र भाषाको शब्दकोष लेखेका छन् । पोखरेल २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य समेत थिए ।
यस्तै वरिष्ठ साहित्यकार प्रा. मोहनराज शर्माको माघ १० गते ८१ वर्षको उमेरमा निधन भयो । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलङ्कीस्थित नेशनल अस्पतालमा निधन भएको हो ।
समालोचना, नाटक, कथा, कविता, उपन्यास लगायतका विषयमा उनका थुप्रै कृति प्रकाशित छन्।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...