×

NMB BANK
NIC ASIA

पोखरा- पत्रकार अर्जुन गिरी पोखराबाट पक्राउ परेका छन् ।

Muktinath Bank

ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य गिरीलाई साइबर क्राइमको उजुरीका आधारमा कास्की प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गिरी सम्पादक रहेको ताण्डब न्यूजले केहीदिनअघि व्यवसायी विपेन्द्रराज बतास 'विपिन वतास'ले ठगी गरेको समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साइबर क्राइम अन्तर्गत उजुरी दिएका थिए । 


Advertisment
Nabil box
Kumari

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंमा बतासले दिएको जाहेरीका आधारमा मुद्धादर्ता भएर अदालती प्रक्रियाबाट पक्राउ पूर्जी जारी भएपछि ब्यूरोको आग्रहमा जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता एवं डीएसपी रविन्द्र गुरुङले बताए । ‘केन्द्रीय ब्यूरो काठमाडौंले पक्राउ गरी दाखिता गर्नु हुन भनी पत्र लेखेको आधारमा पक्राउ गरिएको हो,’ उनले लोकान्तरसँग भने, ‘पक्राउ परेका पत्रकार गिरीलाई सोमवार नै काठमाडौं पठाइसकिएको छ ।’

Vianet communication

विपेन्द्रराजले विभिन्न व्यक्तिसँग जग्गा कारोबार गर्ने क्रममा करोडौं रुपैयाँ ठगी गरेको बेलिबिस्तारसहितको समाचार गिरी सम्पादक रहेको ताण्डव न्यूज साप्ताहिक र अनलाइनमा प्रकाशन भएको थियो । 

पक्राउ परेपछि गिरीले समाचार लेख्दा साइबर क्राइम नहुने भन्दै आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।

उनले भनेका छन्, ‘पत्रकारिता साइबर क्राइम होइन । जालझेल, ठगी अपराध गर्नेहरूले पत्रकारितालाई अपराध देख्नु अनौठो भएन । अपराधीको आँखामा पत्रकारिता पनि अपराध लाग्नु किन अनौठो हुन्थ्यो र ? तर जालझेल, ठगी र अपराधको पर्दाफास गर्नु पत्रकारिता हो । त्यस्तो पत्रकारिता म सधैं गरिरहन्छु चाहे तिमी मेरा विरूद्ध जुनसुकै जालझेल गर वा पैसा र पहुँचको आडमा अनेक तिकडम गर वा अनेक शीर्षकका उजुरी गर । ठगीविरूद्ध मेरो कलम डगमगाउँदैन । मेरो पत्रकारिता बिचलित हुँदैन ।’

उनलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ । समाचारमा चित्त नबुझे नियमनकारी निकाय हुँदाहुँदै साइबर क्राइमको उजुरी दर्ता गर्ने र पक्रिने काम गलत भएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । महासंघले तत्काल उनको रिहाइको माग गरेको छ ।

त्यस्तै गिरीको पक्राउप्रति अन्य पत्रकार सम्बद्ध संघसंस्था र समूहले पनि आपत्ति जनाएका छन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x