×

NIC ASIA

महर्षि च्यवन र उनको दर्शन

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
वैदिक वैज्ञानिकहरूमा महर्षि च्यवन पनि बिर्सनै नसकिने नाम हो । वेद, पुराण सर्वत्र उत्तिकै चर्चा पाएका यी महर्षिका बुवा ब्रह्माजीका मानसपुत्र भृगु हुन् भने आमाको नाम पुलोमा हो । जन्मदै दिव्य तेजले युक्त यी महर्षिको जन्मवृत्तान्त पनि निकै मार्मिक छ । वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार यिनका माता पुलोमालाई गर्भिणी अवस्थामा कुनै एक राक्षसले अपहरण गरेको थियो ।
kamal rijal
एक दिन उनी राक्षसको बन्दीगृह तोडेर भाग्दै गर्दा बढी श्रमका कारण उनको गर्भच्युत हुन पुग्यो । तैपनि दैवसंयोगवश गर्भ खेर जान भने पाएन । तत्कालै सोही गर्भे भ्रुणबाट यी महर्षिको जन्म हुन पुगेको थियो । यसैको कारण अर्थात् असमयमै च्युत भएको गर्भबाट जन्मेका हुनाले उनको नाम नै च्यवन रहन गएको हो । जन्मनासाथ उनले आफ्नो भावी जीवनको दिग्दर्शन गरेका मात्र थिएनन्, माता पुलोमालाई अपहरण गरी दुःख दिने राक्षसलाई आफ्नै तेजले भष्म पार्नेे कामसमेत गरेका थिए ।

महर्षि च्यवनको जन्म वृत्तान्त जति मार्मिक छ, विवाह र संस्कार पनि त्यति नै रोचक रहेको छ । ज्ञान र विज्ञानका धनी यी महर्षि तपश्चर्यामा बसेको बेला आफ्नो देहाभिमानलाई समेत बिर्सने गर्थे । यसले गर्दा उनको शरीरमा धमिराले गुँड नै लगाउने र फुल पारी बच्चा हुर्काउने समेत गर्थ्यो ।

श्रीमद्भागवतमा उल्लेख भएअनुसार एकपटक तत्कालीन चक्रवर्ती सम्राट शर्याति शिकार खेल्न महर्षि च्यवनको आश्रमतिर गएका थिए । दैवसंयोग भनौं वा विधिविधान, त्यतिबेला आफ्नी छोरी राजकुमारी सुकन्यालाई पनि साथमा लिएर गएका रहेछन् । उनी सिपाहीहरूका साथमा शिकार खेल्न गएका थिए भने सुकन्या ऋषिआश्रममै खेलिरहेकी थिइन् । खेल्दै जाँदा उनले महर्षि च्यवनलाई पनि देखिछन् जसको शरीर धमिलाको गोलाको अवस्थामा थियो भने टाउकोमा दुई आँखा जुनकिरी जस्तै चम्किरहेको थियो ।

यस्तो अद्भुत दृश्य देखेर उनले आफूलाई थाम्न सकिनन् र कौतुहलवश एउटा छेस्को लिएर ती दुवै ज्योतिर्पुञ्जलाई घोचिदिइन् । यसबाट महर्षि च्यवनको दुवै आँखा फुटाउने काम मात्र गरेर उनको क्रोधको कारण समग्र राजपदाधिकारीको साथमा राजा शर्यातिको जीवन नै जन्म र मृत्युको दोसाँधमा उभिन पुग्यो । शर्यातिले छोरीको तर्फबाट माफी मागेका त थिए, तर जति नै प्रयास गर्दा पनि च्यवनलाई खुशी पार्न सकेनन् । अन्ततः उनले तिनै परमसुन्दरी राजकुमारी सुकन्या च्यवनलाई कन्यादान गरी क्रोध शान्त पार्न परेको थियो । महर्षि च्यवन जति क्रोधी थिए त्यति नै कोमल मनका पनि थिए, जसले गर्दा वृद्ध ऋषिलाई वरण गर्नुपरे पनि राजकुमारी सुकन्याले कत्ति पनि असहज महसूस गर्नुपरेन ।

महर्षि च्यवनलाई योग, साधना र तपस्याको त्रिवेणीकै अवस्थामा लिन सकिन्छ । उनको योगसाधना र तपश्चर्याका बारेमा पौराणिक ग्रन्थहरूमा विशद व्याख्या र विश्लेषण भएका छन् । यिनै योग र तपस्याको बलद्वारा उनले स्वर्गका वैद्य अश्विनिकुमारलाई परम हितैषी मित्र बनाएका मात्र छैनन्, सहयोगी नै बनाएका छन् । वैदिक ग्रन्थहरूमा कतै उनी अश्विनिकुमारसित सहयोग लिइरहेका अवस्थामा देखिन्छन् भने कतै अश्विनिकुमारलाई नै सहयोग गरिरहेका अवस्थामा फेला पर्छन् ।
Chyaban-Rishi
उनको आग्रहलाई टार्न नसकी अश्विनिकुमारले उनको जराजीर्ण अवस्थालाई कवच उतारे जस्तै उतारेर फालेका मात्र छैनन्, सुन्दर जवानी फिर्ता गराएर सन्तानोत्पादनमा सक्षम बनाउने कामसमेत गरेका छन् । ऋग्वेद १ । ११६ । १० र ऐ. ऐ. ५ । ७४ । ५ मा यसको सुन्दर चित्रण भेटिन्छ । त्यस्तै अश्विनिकुमारले उनको वार्धक्य हटाएर जवानी फिर्ता गर्न जुन प्रविधि र प्रक्रिया अपनाएका थिए त्यसको सटीक विवेचन ऐ. ऐ १ । ११७ । १३ मा भेटिन्छ भने ऐ. ऐं. ७ ।
७१ । ५ र ऐ. ऐ. १० । ३९ । ४ को पनि यस्तै यस्तै आशय पाउन सकिन्छ । च्यवनले यतिबेला जुन रसायनयुक्त जडीबूटीको अवलेह प्रयोग गरेका थिए त्यसलाई अहिलेसम्म पनि आयुर्वेद शास्त्रले च्यवनप्राशको नामले सम्मान गर्दै आएको छ ।
अहिलेका च्यवनप्राशमा पनि महर्षि च्यवनको जस्तै जवानी फिर्ताको आशा गर्न त नसकिएला तर केही न केही शक्तिवर्धक भने पक्कै छ ।

प्रायः सबै किसिमका सिद्धि प्राप्त यी महर्षि आकाशमा उड्नेदेखि समुद्रमा कुद्नेसम्मको सामर्थ्य राख्छन् । स्वरूप परिवर्तन गरी जतिबेला जस्ता रूपमा प्रकट हुन मन लाग्छ, त्यस्तै रूपमा प्रकट हुने कार्य त उनका लागि बायाँ हातकै खेल मानिन्थ्यो । यदाकदा उनको स्वरूप चिन्न उनकै श्रीमतीलाई समेत हम्मेहम्मे परेको प्रसङ्ग पौराणिक ग्रन्थहरूमै भेटिन्छ । अणोरनीयानदेखि महतोमहीयानसम्मको समर्थ महर्षि च्यवन स्तम्भन शक्तिको समेत विशिष्ट धरोहर मानिन्छन् । उनी तपोबलका कारण बगिरहेको जलप्रपातलाई रोक्न पनि सक्थे भने झर्दै गरेको गोलाबारुद वा बज्रलाई समेत आकाशमै स्तम्भन गर्ने सामर्थ्य समेत राख्दथे ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार एकपटक अश्विनिकुमार देवताको पंक्तिमा बस्ने अधिकारप्राप्तिका लागि उनको आश्रममा आएका थिए । त्यतिबेलासम्म अश्विनिकुमारले देवताको पंंक्तिमा स्थान पाएका थिएनन् । सूर्यपूत्र भएका कारण उनीहरू पनि देवता नै भएपनि तर घोडीको गर्भबाट जन्मेकाले उनीहरूलाई आफ्नो पंक्तिमा लिन देवताहरूले आनाकानी गर्दै आएका थिए । दया, माया, मैत्री, करुणालाई समेत जीवनको अभिन्न पाटा बनाउँदै आएका महर्षि च्यवन सेवाग्राही मात्र थिएनन् सेवादायी पनि थिए । त्यसैले हुनुपर्छ उनले अश्विनिकुमारहरूले लगाएका गुन बिर्सेका थिएनन् र कुनै पनि तरिकाले त्यसको मूल्य चुकाउन चाहिरहेका थिए । त्यसमाथि अश्विनिकुमारहरू आफंै सहयोग माग्न आएपछि उनका लागि यसभन्दा सुनौलो अवसर अर्को हुने प्रश्नै थिएन । उनले यही अवसरलाई प्रयोग गर्ने निधो गरे र तत्कालै ससुरा बाबा शर्यातिलाई विशेष यज्ञको आयोजना गर्न लगाई अश्विनिकुमारलाई पनि अन्य देवताहरू सरह नै यज्ञभाग दिने काम गरे ।

देवराज इन्द्रले बज्र हानेर अश्विनिकुमारको वध गरी उनको योजना असफल गराउने प्रयास नगरेका होइनन् तर उनले बज्रसहित इन्द्रको हातलाई आकाशमै स्तम्भन गरी तत्कालीन देवसमाजलाई नै हायलकायल बनाइदिए । त्यसपछि यथास्थितिमा आउन इन्द्रले उनीसित माफी माग्नुपरेको मात्र थिएन, अश्विनिकुमारलाई देवताको हारमा लिन र उनीहरूलाई यज्ञभाग दिन समेत बाध्य भएका थिए ।

सबैलाई थाहा भएकै कुरा हो, आधुनिक विज्ञानले शत्रुले हानेको हतियारको दिशा बदल्न र आकाशमै नष्ट गर्न भर्खरै सफल भएको छ, तर महर्षि च्यवनको विज्ञानले त त्यतिबेलै त्यसभन्दा पनि एक पाइलो अघि बढेर त्यस्ता गतिविधिलाई जहाँको तहीँ स्तम्भन गर्नसमेत सफल भइसकेको देखिन्छ ।
यस्ता वैदिक वैज्ञानिकको भौतिक शरीर त सम्प्रति हामी माझ छैन तर उनको जीवनदर्शनले भने अहिले पनि समाजलाई कुनै न कुनै किसिमको मार्गदर्शन गरिरहेको छ भन्दा फरक पर्दैन ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ९, २०८१

हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।&nb...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x