×

NMB BANK
NIC ASIA

श्रमिक दिवस विशेष

टन्टलापुर घाममा मजदुरको ‘इँटा जिन्दगी’ : श्रममै बित्यो आधा उमेर, कहिल्यै आएन दिवस !

बैशाख १८, २०७६

NTC
Premier Steels

काठमाडौं – बुधवार अन्तर्राष्ट्रिय मजदुर दिवस । सबै सरकारी, संस्थान र कतिपय निजी क्षेत्रमा काम गर्ने मजदुरलाई सार्वजनिक बिदा छ ।

Muktinath Bank

काठमाडौंको नैकापस्थित इँटाभट्टामा काम गरिरहेका ४५ वर्षीय अनुप कुशुवारलाई पनि थाहा छ आज मजदुर दिवस हो । उनले सुनेका छन् – आज मजदुरहरूले मजदुर दिवस मनाउँछन् रे !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उनलाई थाहा छैन कि मजदुर दिवस कसरी मनाउँछन् ? कहिलेकाहीँ अरुले कार्यक्रममा जाऊ भनेर गएको उनलाई याद छ । तर त्यहाँ कसले के भाषण गरे उनलाई केही थाहा छैन ।


Advertisment
Nabil box
Kumari

अनुपले भने, ‘आज पनि मजदुर दिवस रे ! तर आफूलाई त आफ्नै कामको पेलाइ छ कसरी दिवस मनाउनु ?’

Vianet communication

दिउँसोको १२ बजेको टन्टलापुर घाम लागेको छ । घामतिर हेर्दा आँखा खुम्च्याएर हेर्नुपर्ने अवस्था छ । घामले गर्दा काम गर्न नसकेर इँटा मजदुर अनुप कुशवार रुखको छहारीमा बसिरहेका थिए । सर्लाही कुर्मायाका ४५ वर्षीय अनुप गत वर्ष कात्तिकदेखि इँटाभट्टामा काम गर्न परिवारसहित आएका रहेछन् । पत्नी, २ छोरा र १ छोरीसहित अनुपको परिवार सानो कच्ची इँटाको घरमा बस्ने र उद्योगको लागि इँटा बनाउने काम गर्छ ।

अनुपका २ छोरा १५ र १२ वर्षका भएका छन् । गाउँमा स्कूल पठाउँदा पनि उनीहरूले पढ्न मानेनन् । केही वर्षदेखि छोराले पनि इँटा बनाउने काम गर्ने गरेको उनले बताए । ‘पत्नीसहित छोराहरूले समेत इँटा बनाउँदा धेरै संख्यामा इँटा बनाउन सकिन्छ,’ उनले भने । उनकी सानी छोरी जम्मा ७ वर्षकी छन् । ‘छोरीलाई पढाउनुपर्ने हो तर के गर्नु घर एक्लै छोड्न पनि सकिएन । यहाँ पढाउने ठाउँ छैन,’ अनुपले भने ।

‘कात्तिकदेखि अहिलेसम्म काम गर्दा २ लाखभन्दा बढी इँटा बनाएर साहुलाई बुझाइसक्यौं । अब ३५ हजार जति होला । जेठमा घर जाने बेलासम्म त ५० हजार जति पु¥याउँछौं होला,’ सर्लाहीको कर्मायाका अनुपले भने । यसपालि वर्षा भएकाले ३०–३५ हजार इँटा बिग्रिएर ठूलो घाटा भएको उनले गुनासो गरे ।

इँटाभट्टा सञ्चालकको लागि काम गर्दा घाटा कसरी लाग्यो ? अनुपले भने, ‘हामीले इँटा बनाएर संख्याको आधारमा मात्रै पैसा पाउँछौं, बिग्रिएको इँटाको कुनै हिसाब नै हुँदैन । इँटा बिग्रिँदा १ महिनाभन्दा धेरै दिनको काम बर्बाद भयो ।’

अनुप आमाको गर्भमै छँदा उनको बाबुको मृत्यु भयो । ३ दाजुभाइ र १ दिदीका उनी कान्छा भाइ हुन् । ‘भएको ७–८ कट्ठा खेत दाइको नाममा छ । उनका ६ छोरालाई बाँडिदिएका छन्, मैले र माइला दाइले पाएका छैनौं । जग्गा नभएर मेरो घर पनि ऐलानी जग्गामा छ,’ अनुपले गुनासो गरे, ‘बा भइदिएको भए त अरुलाई भन्दा मलाई बरु बढी दिन्थे होलान् । दाइले त कत्ति पनि नदिने भए ।’

१४ वर्षदेखि २० वर्षसम्म गाउँमा नै साहुको घरमा हरुवा बसेका थिए अनुप । हरुवा बस्न छोडेपछि ठेक्कामा खेती गर्ने र गिट्टी कुट्ने काम गरे उनले । त्यो कामले मात्रै उनको परिवारलाई साँझबिहान हातमुख जोर्न निकै धौ–धौ भयो । ‘५ वर्षदेखि यता बर्खेखेती गर्ने कामबाहेक इँटा बनाउने काम गरेका छौं । अहिले ३ कोठाको घर पनि बनाएको छु । अर्को वर्षसम्म त ५ कोठा बनाउने हो । प्लास्टर पनि गर्नुपर्ला,’ अनुपले मुसुक्क हाँसेर भने ।

‘खेती गर्ने कामभन्दा इँट्टा बनाउने काम अलि सजिलो हुन्छ, पैसा पनि एकमुष्ट पाइन्छ । अहिले घरमै आएर १ लाख ५० हजार रुपैयाँ दिएका थिए । त्यो पैसाले घर बनाउन सजिलो भयो । घर जाने बेलासम्म अझै १ लाख जति पाउने गरी काम हुन्छ होला । एउटा इँटा बनाएर दिँदा साहुले जम्मा १ रुपैयाँ दिन्छन् । गत वर्षसम्म त १ हजार इँटाको ८ सय रुपैयाँमा काम गरेको हो । अर्को सिजनमा पक्कै पनि साहुले पैसा बढाउँछन्,’ अनुपले आशा व्यक्त गरे ।

‘साँझ ७–८ बजे नै खाना खाएर सुत्छौं । राति १–२ बजेतिर उठेर इँटा बनाउन शुरू गर्छौं । बिहान १०–११ बजेसम्म इँटा बनाउँछौं । दिउँसो घाममा काम गर्र्न सकिँदैन । घाममा माटो पनि छिटो सुक्ने भएर रातिमा काम गर्दा सजिलो हुन्छ । दिउँसोमा इँटा सुकाउने पल्टाउने काम गरेर बस्छौं । भाग्यले साथ दिएर धन्न रोग लागेर सुत्नुप¥या छैन,’ अनुपले भने, ‘गरीब भएर हजुर सानैदेखि पढ्न पाइएन । ठूलो र सजिलो काम गर्ने त नसिबमै भएन, यस्तै छ हजुर इँटा जिन्दगी ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x