×

NMB BANK
NIC ASIA

ज्यानमारा धूलो: यसरी खाँदैछ काठमाडौंवासीलाई !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, ३ पुस — काठमाडौंको बसाइ आमनेपालीलाई पछिल्ला वर्षहरूमा निकै कष्टकर भइरहेको छ । यो त पक्कै महसूस गर्नुभएको होला । यसको प्रमुख कारण हो — धूलो ।

सानो काम परेर बाहिर निस्कियो भने घर/डेरामा फर्किंदा नाक, कान, आँखा, कपाल तथा कपडालाई धूलोले छपक्कै छोपेको हुन्छ । नाक, कान, कपाल जता मुसारेपनि धूलो झर्न थालिहाल्छ । घरको छतमा सुकाएको लुगामा समेत धूलो जमेको हुन्छ ।

‘फोक्सो सुनिने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने सहितका अरू जटिल समस्या आउँछन्,’ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा जलवायु परिवर्तन तथा विकास विषयका प्राध्यापक बालकृष्ण सापकोटा भन्छन्, ‘बूढाबूढी तथा बालबालिका अहिलेको धूवाँधूलोबाट निकै प्रभावित छन्, अहिले वयस्कहरूलाई पनि यसले असर गरिरहेको छ ।’

निजामती कर्मचारीहरूका लागि खोलिएको अस्पताल ‘सिभिल हस्पिटल’का चिकित्सक लक्ष्मण भुसालका अनुसार, उपत्यकाका वासिन्दाहरू अन्यत्र बसोवास भएकाहरूभन्दा बढी रोगी भएको बताए । काठमाडौंको हावामा धूलोका कणहरू बाक्लो भएको कारण सास फेर्न गाह्रो हुने र दमका बिरामीलाई थप समस्या भइरहेको उनले बताए ।

‘पहिलेदेखि नै समस्या भएकाहरूलाई समस्या झन् बढेर जान्छ,’ उनले भने, ‘नयाँ मान्छेहरूलाई चाहिँ पछि फोक्सो सम्बन्धी समस्या हुने डर हुन्छ ।’ उनले सामान्य अवस्थामा भन्दा काठमाडौंमा धूलोको मात्रा बढी भएकोले अहिलेको काठमाडौंको बसाइ अस्वस्थकर भएको बताए ।



विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार काठमाडौंमा सामान्य अवस्थामा भन्दा अहिले चार गुणा बढी धूलोका कणहरू मडारिरहेको छ भनी वातावरणविद् सापकोटाले बताए । ‘अहिले बिहान र साँझ काठमाडौंको शहरी क्षेत्रका बाटोमा हिँड्नु निकै खतरनाक छ,’ उनले भने, ‘कसरतहरू पनि घरमा नै गर्दा राम्रो हुन्छ ।’

अचेल घरबाट बाहिर निस्कन साह्रै गाह्रो भइरहेको छ । धूलो मात्रै होइन काठमाडौंका केही मुख्य चोकहरूमा आजभोलि निकै बाक्लो सवारी व्यस्तता (जाम) हुन्छ । धूलोको समस्या त चोकहरूमा पनि उस्तै हो ।

अझ त्यसमाथि जाडोको याममा ठाउँठाउँमा आगो बालेर ताप्ने चलनले पनि धूवाँको परिमाण बढाइराखेको छ ।
सडक निर्माण र विस्तारका महिनौंदेखि चलिरहेका कामहरू चालू रहनाले सडकमा धूलोको पत्र बाक्लिँदै गएको छ ।

यसले बसमा यात्रा गर्नेदेखि लिएर बटुवासम्म सबैलाई दिनदिनै प्रभावित पारिरहेको छ ।
त्रिपुरेश्वरदेखि कलंकी हुँदै थानकोट र कोटेश्वरबाट बानेश्वर हुँदै थापाथली सडक फराकिलो पार्ने काम धमाधम भइरहेको छ ।

केही साँघुरा गल्ली गल्छेडाहरूमा पनि यस्ता विस्तारका गतिविधि चलिरहेका छन् ।
विगत ६ महिनादेखि यी सडकहरूमा काम भइरहेको सडक विभागका महानिर्देशक देवेन्द्र पौडेलले बताए ।
‘सडक स्तरोन्नतिको कारणले धूलो उडिरहेको छ, निर्माण क्रममा यस्तो स्थिति बाध्यता नै हो,’ उनले भने, ‘चालू चरण पूरा हुन अझै ६ महिनादेखि एकवर्षको समय लाग्न सक्छ ।’

धूलोधूवाँको अर्को स्रोत भएको छ मेलम्चीको पानीका लागि पाइप बिछ्याउने काम । काठमाडौंवासीले मेलम्चीको पानी पिउने सपना पालेको धेरै वर्ष भइसक्यो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि शुरु भएको मेलम्चीको पानीको ठट्टा अहिलेसम्म पनि छ । तर हालैका वर्षहरूमा मेलम्ची खानेपानी आयोजनाको काम केही अघि बढेकोले ठट्टाको चरण पार भएझैं देखिन्छ ।

विगत एकवर्षमा परियोजनाले सुरुङ निर्माणमा तीव्रता दिएको छ भने परियोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा खानेपानीको पाइप बिछ्याइरहेको छ । निर्देशनालयले सडक र किनाराका पैदलयात्रु हिँड्ने पेटी खन्ने र पाइप गाड्ने काम गरिरहँदा धूलोको असर मात्र होइन, हिँडडुल गर्न समेत यहाँका बासिन्दालाई निकै गाह्रो भएको छ ।

खासगरी विद्यालय जाने बालबालिका र ज्येष्ठ नागरिक अप्ठेरोमा परेको दृश्य यत्रतत्र देखिन्छ ।
अनि अर्को विषय हो काठमाडौंमा बिछ्याउन थालिएको दूरसञ्चार सेवाको लागि अप्टिकल फाइबर । जमीन खनेर बिछ्याउन थालिएको अप्टिकल फाइबरको कारणले पनि धूलोधूवाँको घनत्व टड्कारो रूपमा बढेको छ ।
त्यसमाथि त्रिपुरेश्वरदेखि कलंकी हुँदै थानकोटसम्मको सडकलाई सडक विभागले अहिले फराकिलो र सहज पारिरहेको छ ।

पौडेलका अनुसार छिटोमा आउँदो जेठ—असारसम्ममा स्तर उन्नतिको काम सक्ने तयारी छ । तर यो काम पूरा गर्न एकवर्षसम्म पनि लाग्ने सक्ने उनले बताए ।
‘विदेशमा पर्खालले छेकेर सडक विस्तार गर्छन्, हामीकहाँ त्यो प्रचलन नै छैन,’ उनले भने, ‘हामीकहाँ निर्माणको बेला जहाँ पनि धूलै मात्र हुन्छ ।’

पौडेलले सडक विस्तार मात्रै नभएर मेलम्चीको पाइप र अप्टिकल फाइबरले पनि धूलो उत्पादन गरिरहेको बताए । खासगरी मेलम्चीको पाइप र अप्टिकल फाइबरको कारणले धूलोधूवाँ भएको हो भन्ने पौडेलको दाबी छ । उनले थपे, ‘उनीहरूसँग धूलोको समस्या कसरी समाधान गर्ने भनेर छलफल पनि चलिरहेको छ ।’

धूलोले हिँड्न मात्रै अप्ठ्यारो गराएको छैन, उपत्यकावासीको स्वास्थ्यमा पनि नकारात्मक असर पु—याइरहेको छ । नाक र मुखबाट धूलो सिधै शरीरमा पसिरहेको हुन्छ ।
अरू निकायको तुलनामा मेलम्ची खानेपानी आयोजनाको काम धेरै ठाउँमा भइरहेकोले त्यसबाट धेरै धूलो उत्पन्न भइरहेको छ ।

मेलम्ची खानेपानी परियोजना अन्तर्गत योजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा २०७० को असार साउनदेखि पाइप बिछ्याउने काम गरिरहेको छ । निर्देशनालयका अनुसार विभिन्न आठवटा निर्माण व्यवसायीहरूसँग फरक फरक सम्झौता गरेर एकैचोटि काम भइरहेको छ ।

निर्देशनालयका प्रमुख रितेश खत्रीका अनुसार २०७४ सालको फागुनसम्ममा जारी सबै कामहरू सम्पन्न हुनेछन् । तर उद्देश्य चाहिँ असोजबाटै पानी वितरण गर्ने राखिएको छ । उनले मेलम्चीको पानी सुन्दरीजलमा आउनेबित्तिकै पानी घरघरमा पु—याउनुपर्ने भएकोले तीव्र गतिमा काम भइरहेको बताए ।

कतिपय कुरा काबुबाहिरको कारणले भएको छ तापनि हाम्रो परियोजनाको कारणले सर्वसाधारणमा पर्न गएको असुविधाप्रति हामी सचेत छौं र यसबापत क्षमायाचना पनि गर्दछौं भनी खत्रीले बताए । ‘हामीले ठेकेदारहरूलाई सकेसम्म चाँडो पाइपका लागि खनिएको खाडल पुर्न भनेका छौं,’ उनले भने, ‘कम्तीमा तीन दिन चाहिँ पाइप राखेपछि परीक्षण गर्नुपर्ने भएकोले समय लाग्छ ।’ उनले आफूहरूले काम गरेपछि खनेको ठाउँको सडकलाई जस्ताको त्यस्तै बनाइदिने बताए ।

उनका अनुसार २०७५ सालको साउनदेखि काठमाडौंका केही बाँकी ठाउँमा पाइपलाइन बिछ्याउने काम हुनेछ । ‘कलंकी, महाराजगञ्ज र रानीपोखरी क्षेत्रमा फेरि पाइप राख्ने काम शुरु हुन्छ,’ उनले भने, ‘त्यसबेला पनि केही धूलो त हुन्छ नै, तर अहिले जस्तो चाहिँ हुँदैन ।’

वातावरण विज्ञहरूका अनुसार अहिले काठमाडौंमा २.५ पार्टीकल म्याटर (पीएम) हरू धेरै छन् । यिनलाई सामान्य भाषामा धूलोका कण भनेर बुझ्दा हुन्छ । मुखबाट भित्र छिर्ने कणहरू सबै फोक्सोमा जाँदैनन् तर यी २.५ पिएमहरू सिधै फोक्सोमा गएपछि भने असर गर्न थाल्दछन् ।

सापकोटाका अनुसार यसबीचमा दुई दिन हावा चल्यो भने काठमाडौं उपत्यकामा पनि दिल्लीमा केही हप्ताअघि देखिएको जस्तो विकराल समस्या देखिन सक्छ । केही समयअघि दिल्ली शहर तुवाँलोको कारणले पूरै अन्धकारमय भएको थियो ।

पानी परेको खण्डमा भने यहाँका वासिन्दाले केही राहत पाउनेछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x