मंसिर २९, २०८०
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
झापा – जिल्ला प्रशासन कार्यालय झापाले २१ वटा सरकारी कार्यालयमा सेवाग्राहीले प्रयोग गर्ने विभिन्न निवेदन लगायतका कागजातको नमूना समेटेर पहिलोपल्ट ‘सेवाप्रवाह बडापत्र–२०७५’ प्रकाशित गरेको छ ।
प्रदेश नम्बर १ का मुख्यसचिव सुरेश अधिकारीले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमबीच सो बडापत्रको विमोचन गरे । ४ सय ७ पृष्ठ रहेको बडापत्रमा सरकारी कार्यालयमा प्रयोग हुने निवेदन, सिफारिस, दर्तालगायतका महत्वपूर्ण कागजातको औपचारिक ढाँचा राखिएको छ ।
बडापत्रमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, भूमिसुधार व्यवस्था कार्यालय, कृषि ज्ञान केन्द्रलगायत स्थानीय गाउँपालिका र नगरपालिकामा सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनका सबै नमूना समेटिएको छ ।
मुख्यसचिव अधिकारीले देशभरका सरकारी कार्यालयमा एउटै ढाँचाको निवेदन प्रयोग हुने भएकाले झापा प्रशासनले प्रकाशित गरेको बडापत्र उपयोगी र नागरिकमैत्री भएको बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यो बडापत्र प्रयोग गरेर हरेक नागरिकले विचौलियाको सहयोगबेगर आफैं सरकारी कार्यालयको सेवा प्राप्त गर्नसक्षम हुने विश्वास व्यक्त गर्दै अब सरकारी सेवा लिनका लागि कुनै झन्झट नहुने बताए ।
निवेदन लगायतका सरकारी कागजातको ढाँचा थाहा नहुँदा विचौलियाले सेवाग्राहीसँग त्यसको नाजायज आर्थिक लाभ लिने गरेको जनगुनासो बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले सबै सरकारी कार्यालयको निवेदनलगायतको ढाँचा डाउनलोड गर्न सकिने गरी आफ्नो वेबसाइटमा राख्ने तयारी गरिरहेको बडापत्रको सम्पादक मण्डलका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...