×

NMB BANK
NIC ASIA

दिउँसो कक्षा चलाउन विद्यालयको अटेर

असार ३१, २०७६

NTC
Premier Steels

बागलुङ – जिल्लाको बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ ।

Muktinath Bank

शिक्षा ऐन आठौं संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि पटक–पटक दिउँसो कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिइएपनि केही विद्यालयले अटेर गरेपछि सोमबार पुनः परिपत्र गरिएको शिक्षा शाखाका उपसचिव डण्डपाणी शर्माले बताए । 


Advertisment
Nabil box
Kumari

‘केही विद्यालयले कक्षा ११ मा बिहानी सत्रका लागि भर्ना लिएको पाइएको छ,’ उनले भने, ‘अब पनि अटेर गरेर बिहानै कक्षा चलाए कानूनी कारवाही हुन्छ ।’

Vianet communication

परिपत्रमा बिहानी सत्रका लागि भर्ना नलिन र अनिवार्य रूपमा बिहान १० बजेबाट कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।

नगरपालिकाको परिपत्र र निर्देशन नमानी केही विद्यालयले आफूखुशी बिहानी कक्षा सञ्चालन गरिरहेका छन् । उपसचिव शर्माका अनुसार सामुदायिकतर्फ सदरमुकामस्थित विद्यामन्दिर र कालिका कन्या माविले बिहानी कक्षा सञ्चालन गरिरहेका छन् । संस्थागततर्फ १० बढी विद्यालयले बिहानी कक्षा चलाइरहेका छन् । 

शिक्षा विभागले पनि ३ वर्षअघि नै विद्यालय तहका सबै कक्षा दिउँसो चलाउन निर्देशन दिएको थियो । विसं २०७३ देखि नै देशभरका विद्यालय कक्षा दिउँसो सञ्चालन गर्ने नीति बनेको थियो । ३ वर्ष बितिसक्दा पनि कतिपय विद्यालयले नीति कार्यान्वयनमा बेवास्ता गरिरहेका छन् ।

बागलुङ नगरसभाले पनि विद्यालय शिक्षाका सबै कक्षा दिउँसो सञ्चालन गर्ने गरी नीति पारित गरेको छ । दिउँसोको कक्षाले शिक्षण सिकाइमा सुधार आउने उपसचिव शर्माको भनाइ छ ।

‘बिहानमा शिक्षकले कक्षा नै थोरै समय लिने समस्या छ,’ उनले भने, ‘शिक्षक, विद्यार्थीलाई धपेडी हुने, थाक्ने पनि हुन्छ ।’ बिहानी कक्षा चल्ने विद्यालयका कतिपय शिक्षक दिउँसो अन्य विद्यालय र क्याम्पसमा अध्यापन गर्छन् ।

बिहानी कक्षा चलाउने विद्यालयले शिक्षक र भवन अभावको कारण देखाउने गरेका छन् । केहीले भवन निर्माण भइसक्दा पनि दिउँसो कक्षा चलाउन मानेका छैनन् । कक्षा ११ दिउँसो सञ्चालन गर्ने तयारी भइरहेको विद्यामन्दिर माविका प्रधानाध्यापक शान्तमणि ढकालले बताए ।

‘हाम्रोमा ५ संकायको पढाइ हुन्छ,’ उनले भने, ‘तत्काल सबै कक्षा दिउँसो सार्न सम्भव छैन, बिस्तारै शुरू हुन्छ ।’ उनले संस्थागत विद्यालयलाई पनि दिउँसो कक्षा सञ्चालनका लागि कडाइ गर्नुपर्ने बताए । संस्थागत विद्यालयले अहिले बिहानी सत्रमै धमाधम भर्ना लिइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०७६

विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...

साउन २५, २०७६

बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।  विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...

असार २१, २०७६

जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...

असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

साउन २१, २०७६

काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...

असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x