×

NMB BANK
NIC ASIA

बुटवलमा यातायात मजदूर आन्दोलित, बस चालकलाई विनाकारण पक्राउ गरिएको आरोप

साउन १, २०७६

NTC
Premier Steels

बुटवल- बिना गल्ती चालकलाई कारागार चलान गरिएको भन्दै यातायात मजदुरहरू आन्दोलित भएका छन् । गएको असार २ गते काठमाडौंबाट गुल्मीको तम्घासका लागि छुटेको लु १ ख ८३२६ नम्बरको बसले नवलपुरको गैडाकोटमा गलत दिशाबाट अनियन्त्रित गतिमा आएको मोटरसाइकल बसमा ठोक्किन पुगेको थियो । 

Muktinath Bank

उक्त घटनामा मोटरसाइकको पछाडि बसेका नवलपुर जिल्ला बुलिङटार गाउँपालिका–३ का विरेन्द्रनन्द गिरीको मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक विष्णुनिर्मल गिरी गम्भीर घाइते भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त घटनामा चालक गाडी चालक रामबहादुर श्रेष्ठको कुनै गल्ती नहुँदा/नहुँदै शक्तिकेन्द्रको आडमा गाडी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको भन्दै सबै मजदुर संगठनहरूले तत्काल रिहाईको माग गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

७ दिनभित्र आफूहरूका माग पूरा नभएको कडा संघर्षका कार्यक्रमहरू ल्याउने उनीहरूले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर ५ का अध्यक्ष कृष्णप्रसाद कंडेलले दुर्घटनाको वैज्ञानिक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरे ।

Vianet communication

‘कानूनको गलत व्याख्या गरी उक्त घटनामा चालकको कुनै गल्ती नहुँदा कानूनको कारागार चलान गरिएको छ । दोषी गाडी चालक भए हामी रिहाई गर भन्दैनौं । तर उक्त घटनामा चालकलाई अनाहकमा फसाइएको छ । उनको तत्काल रिहाई हुनुपर्छ,’ कंडेलले भने ।

उक्त गाडी पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध गाडी हो । आन्दोलनमा गण्डकी प्रदेश र प्रदेश ५का सबै मजदूरहरूले ऐक्यबद्धता जनाएका छन् ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले कानूनलाई हातमा लिएर चालकलाई दोषी देखाइएको बताए । उनले मजदुरको आन्दोलनमा प्रालि सधैं साथमा रहेको स्पष्ट पारे । अखिल नेपाल यातायात मजदुर संगठन प्रदेश ५ का सहसचिव डम्बर बुढाथोकीले मोटरसाइकलका चालक नै घटनामा दोषी रहेको बताए ।

मजदुरहरूले विभिन्न संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन । जिल्ला प्रशासन कार्यालय नवलपुरमा घटनाको जानकारी गराउने, महान्याधिवक्ताको कार्यालयमा जानकारी गराउने, सबै प्रदेश सरकार तथा संघीय सरकारको ध्यानाकर्षण गराउने र सात दिनभित्र श्रेष्ठको रिहाई नभए कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने कंडेलले बताए ।

घाइते विष्णु निर्मल गिरीको उपचारका सम्पूर्ण खर्च पश्चिम नेपाल यातायात प्रालिले गरेका छ । अहिलेसम्म उनको उपचार खर्च ८ लाख ५० हजार रुपैयाँ पुगेको छ । जिफन्टका प्रदेश सचिव हुमकान्त काफ्लेले घटनाको कारण पत्ता नलगाई चालकलाई दोषी बनाउने र लापवाहीको आरोपमा कारवाही गर्ने कार्य आफूहरूलाई मान्य नहुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x