सरकारी तथ्याङ्क भन्छ– ‘महंगी बढ्यो’

काठमाडौं– सरकारी तथ्याङ्कले महंगी बढेको देखाएको छ ।

शुक्रवार नेपाल राष्ट्र बैंकले गरेको सार्वजनकि गरेको तथ्याङ्क अनुसार २ दशमलव १ प्रतिशतले महंगी बढेको हो ।


Advertisement

नेपाल राष्ट्र बैंकले गत आव २०७५÷०७६को ११ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै उपभोक्ता मुद्रास्थिफिति २ दशमलव १ प्रशितले वृद्धि भएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फििति ६ दशमलव २ प्रतिशत रहेको छ ।


Advertisement

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उपभोक्ता मुद्रस्फिति ४ दशमलव १ प्रतिशत रहेको थियो ।

मुद्राको मुल्य कम हुनु र सोको तुलनामा वस्तुको मुल्य धेरै हुनुलाई मुद्रास्फिति भनिन्छ । सो अनुसार नेपालमा २ दशमलव प्रतिशतले मुल्य वृद्धि भएको देखिन्छ ।
 

कमेन्ट गर्नुहोस्