कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काठमाडौं–सरकारले गत पुसमा घोषणा गरेको योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा ३९ सय कम्पनी सहभागी भएका छन् ।
बुधवारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको उक्त कार्यक्रममा ३९ सय कम्पनी दर्ता हुँदा करीब २० हजार श्रमिकलाई सहभागी गराइएको कोषका कार्यकारी निर्देशक रामप्रसाद घिमिरेले लोकान्तरलाई जानकारी दिए ।
कार्यकारी निर्देशक घिमिरेले सूचीकृत हुनका लागि असोजसम्मको म्याद थपिएकाले यो संख्या अझै बढ्ने विश्वास व्यक्त गरे । ‘यो नयाँ कार्यक्रम हो । त्यसैले सूचीकृत हुनेको संख्या न्यून देखिएको हो,’ उनले भने, ‘असोज मसान्तसम्म सूचीकृत हुने म्याद थप गरेका छौं । त्यतिखेरसम्म सूचीकृत हुनेको संख्या पक्कै पनि बढ्ने छ ।’
केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय आर्थिक जनगणना अनुसार नेपालमा ९ लाख २३ हजार औद्योगिक प्रतिष्ठान (कम्पनी) सञ्चालनमा रहेका छन् भने ती कम्पनीसँग आबद्ध श्रमिकको संख्या ३२ लाख भन्दा बढी छ ।
बैंक तोक्ने तयारीमा कोष
नयाँ आर्थिक वर्ष शुरू भएसँगै बुधवारदेखि नै कार्यान्वयनमा आएको कार्यक्रममा सूचीकृत श्रमिकको साउन महिनाको रकम जम्मा गर्न सकिने छ ।
त्यसका लागि सम्बन्धित श्रमिकको तलबबाट कट्टा गरिएको ११ प्रतिशत र रोजगार दाताले थप गरेको २० प्रतिशत रकम समाजिक सुरक्षा कोषले तोकेको बैंकमा जम्मा गर्नुपर्नेछ ।
कुन रोजगारदाता कम्पनीले कुन बैंकमा रकम जम्मा गर्ने भन्ने विषयमा समाजिक सुरक्षा कोषले आवश्यक पहल गरिरहेको कोषका कार्यकारी निर्देशक घिमिरेले बताए ।
‘बैंक र अस्पताल तोक्नका लागि आवश्यक छलफल गरिरहेका छौं,’ घिमिरेले भने, ‘सूचीकृत भएका रोजगारदातालाई फलानो बैंकमा जम्मा गर्ने भन्दै तोक्ने छौं । त्यसका लागि आवश्यक तयारी गरिरहेका छौं ।’
कार्यक्रममा सहभागी भएपछि स्वास्थ्य बिमा लगायतका सुविधा पनि उपलब्ध हुने भएकाले अस्पताल समेत अहिले नै तोक्न लागिएको हो ।
नयाँ कार्यक्रम भएको र असोजसम्म म्याद थपिएकाले तत्कालका लागि सहभागितालाई बाध्यकारी नबनाइएको कोषका कार्यकारी निर्देशक घिमिरे बताउँछन् ।
थप गरिएको समयभित्र पनि सूचीकृत हुन नआएमा आवश्यक कारवाही गरिने उनको भनाइ छ ।
अधिकांश व्यवसायीले उक्त कार्यक्रममा सहभागी हुन आनाकानी गरिरहेका छन् ।
* ३९ सय हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...