×

NMB BANK
NIC ASIA

कलेजमा कुटपिट र झैझगडा बढेपछि विद्यार्थी संगठन र स्ववियू खारेज

साउन ६, २०७६

NTC
Premier Steels

काठमाडौं – बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी झै–झगडा र कुटपिटमा लागेकै कारण विद्यार्थी संघ–संगठन खारेज गरिदिएको छ ।

Muktinath Bank

गत शुक्रवार एक सूचना जारी गर्दै कलेजले दर्ता भएका राजनीतिक पार्टी आवद्ध विद्यार्थी संघ–संगठन (नेविसंघ, अनेरास्ववियू) लगायत विद्यार्थी संगठन खारेज गरेको जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलेज प्रमुख परमानन्द जोशीद्वारा हस्ताक्षरित सूचनामा एकआपसमा झैझगडा, कुटपिट, कलेजको शैक्षिक वातावरण अशान्त बनाउने, चरण–चरणमा आपसमा भिड्नेजस्ता क्रियाकलाप भएकाले स्वयं विद्यार्थी संगठनले नै आफ्नो खारेजीका लागि निवेदन दिएको उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

‘संगठनमा आवद्ध विद्यार्थीहरूले नै असुरक्षित महसूस गरी गत साउन १ गते आ–आफ्नो संगठनको लेटरहेडमा संघसंगठनहरू खारेजीको लागि निवेदन दिएकाले कलेज सञ्चालक समितिले सोही दिन निर्णय गरेर राजनीतिक पार्टीसँग आवद्ध संघ संगठन र स्ववियू कलेजबाट खारेज गरिएको जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

Vianet communication

अनेरास्ववियू बैतडी जिल्ला अध्यक्ष नरेन्द्र नाथले विद्यार्थीका विवाद समाधान गर्न कलेज असफल भएपछि संगठन खारेज गर्ने निर्णय गरिएको आरोप लगाए । ‘विद्यार्थीको राजनीति गर्न पाउने हकमाथि  कलेज प्रशासनले बन्देज लगाउनु हुँदैन्थ्यो तर कलेज सञ्चालक समितिले विद्यार्थीको सामान्य विवादलाई देखाएर संगठन खारेज गर्‍यो,’ उनले भने ।

यस विषयमा प्रतिक्रिया लिन क्याम्पस प्रमुख परमानन्द जोशीलाई टेलिफोन गर्दा उनले फोन उठाएनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार १३, २०७६

बुटवल – रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा यस वर्ष अब्बल देखिएको छ । नमूना विद्यालयले यस वर्षको एसईई नतिजामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका हुन् । कतिपय निजी स्कूललाई नै टक्कर दिने गरी सामुदाय...

जेठ १८, २०७६

सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...

साउन २७, २०७६

काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...

असार २१, २०७६

जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...

असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

साउन २५, २०७६

बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।  विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x