कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
कास्की- गण्डकी प्रदेश सरकारको बुधवार बसेको बैठकका निर्णय शुक्रवार सार्वजनिक गरिएको छ । प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बिदा पर्यटनसम्बन्धी कार्यविधि २०७६ स्वीकृति गरेको जानकारी दिए ।
प्रदेशले आन्तरिक भ्रमण वर्ष मनाइरहेकाले कर्मचारीलाई प्रदेशका जिल्ला घुम्न सात दिन बिदाका लागि ९० लाख व्यवस्था गरेको जानकारी गराए । सरकारको नीति तथा कार्यक्रममा नै उल्लेख भएबमोजिम बिदा पर्यटन कार्यविधि स्वीकृत गरेको हो ।
विशेषतः एक कर्मचारीले आफ्नो पदअनुसार तलब सुविधा भ्रमणका लागि खर्च गर्न पाउनेछन् । सो सुविधा प्रदेशभित्र मात्रै भ्रमण गर्नेलाई उपलब्ध गराइनेछ ।
त्यसैगरी बैठकले मुख्य न्यायाधिवक्ताको वैदेशिक भ्रमण स्वीकृत गरेको छ । मुख्य न्यायाधिवक्ताको भारतको न्यू दिल्ली र गुजरातमा सर्वोच्च अदालत तथा उच्च अदालत कार्यालयमा भ्रमण गरेर एड्भोकेट जनरल ट्रेनिङका लागि जान स्वीकृत गरेको हो । यस्तै अमेरिकाको वासिङटन राज्यका महामहिम गर्भनर जय रोर्वटलाई प्रदेश सरकारले आमन्त्रण गरेको छ । महामहिम रोर्वटको गण्डकी प्रदेशको भ्रमणले उक्त राज्यसँग भगिनी सम्बन्धम स्थापित हुने विश्वास गरिएको छ ।
बैठकले भौतिक पूर्वाधार मन्त्रालयले प्रदेशसभा भवन र प्रदेश प्रशिक्षण प्रतिष्ठान बनाउन प्रस्ताव गरिएकामा सोलाई स्वीकृत गरेको छ । त्यसका लागि केही समयअघि पूर्वाधार सचिवको अध्यक्षतामा जग्गा व्यवस्थापन समितिले आफ्नो प्रतिवेदन पेश गरेको र त्यसमा पुनरावलोकन गर्नुपर्ने भएकाले प्रमुख सचिवको संयोजकत्वमा सात सदस्यीय कमिटी बनाइएको छ । जग्गा व्यवस्थापन प्रतिवेदनका लागि एक महीना समय तोकिएको छ ।
त्यसैगरी बैठकले सामाजिक विकास मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृतसम्बन्धी प्रस्ताव सरकारलाई आर्थिक भार नपर्ने गरी चीनको हाइनान् प्रान्तबाट आएको निमन्त्रणाका लागि जान स्वीकृत गरेको छ । विशेषगरी उक्त प्रान्तमा नेपाली विद्यार्थी छात्रावृत्तिमा पढ्न गएका छन् । आगामी दिनमा पनि यसलाई निरन्तरता दिन उपयुक्त हुने भएकाले उक्त भ्रमण स्वीकृत गरेको प्रवक्ता बस्नेतले जानकारी गराए ।
कास्कीमा डेङ्गु नियन्त्रणका लागि प्रचारप्रसार र औषधि खरीद लगायतका लागि रु २१ लाख दिने निर्णय बैठकले गरेको छ । सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएकाले नियन्त्रणका लागि बजेट नभएको भन्दै सामाजिक विकास मन्त्रालयसँग माग गरेको प्रस्तावलाई स्वीकृत गरिएको हो । मन्त्रालयले माग गरेको रु २५ लाखको प्रस्तावलाई मन्त्रिपरिषद्को निर्णयबाट २१ लाख दिने निर्णय गरिएको हो । कास्कीको पछिल्लो तथ्याङ्कअनुसार २०६ जनामा डेङ्गु देखिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...