काठमाडौं– बलिउड अभिनेता टाइगर श्रोफको मुख्य भूमिका रहने गरी एक्सन चलचित्र ‘रेम्बो’ निर्माण हुने भएको छ । सन् १९८२ मा रिलीज भएको हलिउड चलचित्र ‘रेम्बो’को यो हिन्दी रिमेक हो ।
यस चलचित्रको शूटीङ आगामी वर्ष २०२० को मार्चमा शुरू हुनेछ । चलचित्र वारको निर्देशक सिद्धार्थ आनन्दले यस्तो जानकारी दिएका हुन् ।
उनले यो चलचित्र अहिलेको समयमा सबैभन्दा राम्रो हुने दावी गरेका छन् । यस चलचित्रको निर्देशन पनि उनी आफैंले गर्ने बताइएको छ ।
लोकान्तर संवाददाता