×

NMB BANK
NIC ASIA

सिर्जनात्मक व्यवसाय

बानेश्वरको मकैघर : मकैको चटपटे, मकैको मःम र मकैकै खीर !

भदौ २६, २०७६

NTC
Premier Steels

काठमाडौं – चिटिक्क परेको कोठा । सजाएर राखिएका टेबल । वरिपरि मकैका खोस्टाले बुनेका सेता चकटी । भान्सामा मकैका नयाँ–नयाँ परिकार । 

Muktinath Bank

मकैका परिकार मात्र पाइने मकै घरको दृश्य हो यो । पोलेको, साँधेको, भुटेको र उसिनेको मकै त सबैले खान्छन् तर मकैको चटपटे, मःम, चिज र महसँगको रोस्टको स्वाद भने कमैलाई थाहा होला ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मकैका नयाँ परिकारको स्वाद चखाउने मनसायले ३ महिना अगाडि पाल्पाका २७ वर्षीय विपिन कँडेलले बानेश्वरको संगम चोकमा मकैघर खोलेका छन् ।


Advertisment
Nabil box
Kumari

कँडेल पेशाले इञ्जिनियर हुन् तर उनले इन्जिनियरिङ सँगसँगै ग्राहकलाई नयाँ स्वाद चखाउने मकैघर समेत सञ्चालन गरेका छन् । जलविद्युत् र मेकानिकल इन्जिनियरिङमा धेरै जानकार छन् कँडेल । उनी अहिले आर्कसिड इन्जिनियरिङ प्रालिमा कार्यरत छन् ।

Vianet communication

इन्जिनियरले किन खोले मकैघर ?

इन्जिनियर कँडेल १ पानी परेको समयमा सडक छेउमा चिया पिउँदै थिए । उनले सडकपेटीमा महिलाले एक हातले छाता ओढेर अर्काे हातले मकै पोलिरहेको देखे । ‘पानीका कारणले आगो निभ्दै थियो तर ती महिलाले बल गरेर आगो बाल्ने प्रयास गरिरहेकी थिइन्,’ उनले सुनाए, ‘महिलाको दुःखलाई देखेर मेरो मनमा आगो बल्ने अटोमेटिक मशिन भए कति सहज हुन्थ्यो होला भन्ने प्रश्न उब्जियो ।’

चिया पिउने बेलाको कुराले उनलाई त्यो राति अबेरसम्म सोच्न बाध्य बनायो । ‘मकै पोल्ने मशिन भेटिन्छ कि भनेर गूगल, यूट्युबमा सर्च गरें तर कतै मकै पोल्ने मशिन भेटिनँ,’ कँडेलले भने, ‘त्यसपछि मकै पोल्ने अटोमेटिक मशिन कसरी बनाउने भन्ने कुरा इन्जिनियर साथीहरूलाई शेयर गरें ।’ ५ मिनेटमा १० वटा र गाउँले स्वादमा मकै पोल्न मिल्ने मशिन बनाउनुपर्ने सल्लाह गरे कँडेलका साथीहरूले ।

सल्लाह अनुसार ३ महिनापछि फलामको स्वचालित मकै पोल्ने मशिन निर्माण भयो । ‘मकै पोल्ने मशिन निर्माण गरेपछि मकैघर खोलेर व्यवसाय गर्ने सोच बनाएँ,’ कँडेलले भने, ‘शुरूशुरूमा उसिनेका र पोलेका मकै मात्र बेच्यौं, पछि फरक भेराइटी बनाउने ग्राहकको सल्लाह अनुसार मःम, खीर, चटपटे, चिज र महसँगको रोस्ट थपेका हौं ।’ 

मकै घरमा मही, चिया र कफीसँग पनि मकैका परिकार खान पाइन्छ । सवारीसाधन लिएर आउने ग्राहकलाई असहज नहोस् भनेर मकैघरले पार्किङ गर्ने ठाउँ पनि भाडामा लिएको छ । 

मकैघर १० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको कँडेल बताउँछन् । ‘१ वर्षका लागि कर्मचारीको तलब र मकैघरका लागि आवश्यक सामग्री किन्ने पैसा पहिल्यै छुट्याएर व्यवसाय सञ्चालन गर्न थालेको हुँ,’ उनले भने ।

उनले मकैघर सञ्चालन गरेको ३ महिना भयो । ‘काठमाडौंमा बाह्रैमास मकै भइराख्छ, मकै पाउन केही गाह्रो छैन । ३ महिनाको मेरो अनुभवमा मकैका आइटम खानेहरूको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘अहिले दैनिकजसो ३० देखि १०० जनाको हाराहारीमा ग्राहक आउँछन् ।’

उनले अन्य अन्नबाट पनि नयाँ परिकार बनाउन सकिनेतर्फ सोचिरहेका छन् । ‘कोदो, फापर लगायत अन्य अन्नबाट पनि नयाँ परिकार बनाउन सकिन्छ,’ कँडेलले भने, ‘मैले मकैको मात्र परिकार पाउने मकैघर खोलेको छु, अर्काेले कोदोको मात्र परिकार पाउने कोदोघर खोलोस् ।’

उनलाई मकै पोल्ने मशिनको माग धेरै ठाउँबाट आउने गरेको छ । व्यापारकै रुपमा बनाएर बेच्ने नगरेपनि ग्राहकको मागपछि मकै पोल्ने मशिन बनाउने गरेको उनले बताए । 

स्वदेशमै लगानी र परिश्रम गरेर सुन फलाउन अन्त जानै नपर्ने उनी बताउँछन् । ‘विना बाध्यता विदेश जानेलाई त केही भन्न सकिँदैन तर बाध्यताले विदेश जानेहरूले यतै परिश्रम गरे विदेशभन्दा धेरै कमाउन सकिन्छ,’ कँडेलले भने ।

मकैघरमा के–के पाइन्छ ?

मकैको मःम
मकैको खीर
मकैको चटपटे
उसिनेको मकै
भुटेको मकै
पोलेको मकै
मही
चिया
कफी
साँधेको मकै
पोलेको मकैसँग मह

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x