मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
काठमाडौं– नेपालको लागि टीभीएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले स्वास्थ्यका लागि रमाइलो “टीभीएस दशैंको दौड” कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मुल नारा सहित शनिवार (आज) दौड प्रतियोगिता आयोजना गरिएको हो ।
टिभिएसको उपभोक्ता प्रवद्र्धन गर्ने उद्देश्यले उक्त दौड प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ । दौडका लागि कम्पनीले टीभीएस शोरुममा नगइकनै वा टीभीएस बाइक नकिनी पनि सहभागी बन्न पाइने गजबको अफर प्रस्तुत गरेको थियो ।
देशका विभिन्न भागहरुमा यस प्रकारको दौड संचालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले आज काठमाडौंमा पहिलो पटक यो “टीभीएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजना गरेको हो ।
विहान ८ बजेदेखि शुरूभएको दौडमा नेपाल सरकारका खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्मा, चर्चित नायक निखिल उप्रेती, प्रदिप खड्का, म्यारथन धावक वैकुण्ठ मानन्धर र महिला म्याराथन धावक मिरा राई सहभागी थिए ।
कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले निजी संस्थाहरुले खेलकुद र स्वास्थ्यको क्षेत्रमा गरेको कार्य प्रशंसनीय भएको बताए । खेलकुद स्वास्थ्यको लागि महत्वपूर्ण भएको उल्लेख गर्दै उनले मौसमले पनि साथ दिने भएकाले नेपालमा खेलकुदको क्षेत्रमा उल्लेखनीय भुमिका खेल्न सकिने बताए ।
समाज विभिन्न रोगले ग्रसित भएको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद महत्वपुर्ण हुने उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले बाइकको कम्पनीले गुड्नुपर्छ नभनेर स्वास्थ्यको लागि दौडिनुपर्छ भनेकोमा खुसी लागेको बताए । त्यस्तै म्याराथन धावक वैकुण्ठ मानन्धरले दौडमा महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रम महिला म्याराथन धावक मिरा राईले पनि महिलाहरुको उपस्थिति देखेर आफुलाई खुसी लागेको बताइन् । कायैक्रममा बोल्दै उनले आगामी दिनमा महिलाहरुलाई लक्षित गरेर दौड प्रतियोगिता राख्न उनले आग्रह गरिन् ।
रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले दशैंको चहलपहलले छोइसकेको र त्यसलाई अझ रमाइलो बनाउन ग्राहकहरु समक्ष ल्याएको “टीभीएस दशैंको दौड” प्रति उपभोक्ताहरुले उत्साहजनक रुची दर्शाएकोमा प्रभावित भएको बताए ।
‘यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गरेका हौँ,’ उनले भने ।
दौडमा ६०० जना प्रतियोगी सहभागी भएका थिए । सहभागी प्रतियोगीहरु मध्येका एक बालकले पनि उक्त दुरी पार गरेका छन् । ५ वर्षका नेविस रौनियारले उक्त दुरी अन्य प्रतिस्पर्धी झैँ पार गरेका हुन् ।
रमाइलो दौड नक्साल बालमन्दिरबाट शुरूभई सिटी सेन्टर, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टीभीएस शोरुम नक्सालमा पुगी समापन भएको थियो ।
सबै उमेर सबै समुहका व्यक्तिहरुले भाग लिन सक्ने गरि खुलाइएको रमाइलो दौडमा सहभागी हुन साना बालक देखि वृद्धसम्मको उपस्थिती रहेको थियो ।
दौडमा नेपाल आर्मी क्लवका हरी रिमाल प्रथम, नेपाल आर्मीकै दिपक अधिकारी द्वितीय र नेपाल आर्मीकै गजेन्द्र राईले तृतीय स्थान हाँसिल गरे । दौडमा प्रथम भएका रिमालले ६ किलोमिटर दुरी २६ मिनेट २९ सेकेन्ड ८१ मिलिसेकेण्डमा पार गरेका थिए । त्यस्तै द्वितीय भएका अधिकारीले पनि उक्त दुरी २६ मिनेट ३० सेकेण्ड ८५ मिलिसेकेण्डमा पार गरे । त्यस्तै तृतीय स्थान हुन सफल राईले उक्त दुरी २६ मिनेट ३५ सेकेण्ड ८५ मिलिसेकेण्डमा पार गरेका थिए।
विजेताहरुलाई क्रमशः प्रथम हुनेले रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीय हुनेलाई रु १५ हजार बराबरको चेकसहित कप प्रदान गरिएको थियो ।
काठमाडौंमा मात्र नभएर जगदम्बा मोटर्स प्रालीले आगामी शनिवार देशका ७० ठाउँमा मिनि म्याराथुन दौडको कार्यक्रम गर्दैछ ।तस्विर : सुरेन्द्र श्रेष्ठ
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...