×

NMB BANK
NIC ASIA

'समाजसेवी शिवप्रसाद पोखरेल’ स्मृतिग्रन्थ लोकार्पित

असोज २०, २०७६

NTC
Premier Steels

काठमाडौैं –राष्ट्रियसभाका  अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिवप्रसाद पोखरेल स्मृति प्रतिष्ठानले शिवप्रसाद पोखरेलको देहावसान भएको २६ वर्षपछि प्रकाशन गरेको ‘समाजसेवी शिवप्रसाद पोखरेल स्मृतिग्रन्थ’को सोमवार लोकार्पण गरेका छन्।     

Muktinath Bank

विसं १९९९  पुस १५ गते पूर्वी पहाडको माम्खामा जन्मिएका पोखरेलको अर्बुदरोगका कारण २०५५ भदौ ११ गते झापाको भद्रपुर नगरपालिका वडा नं७ चन्द्रगढीमा देहावसान भएको हो । पुत्र सविन पोखरेलले सम्पादन गरेको  कृतिमा शिवप्रसाद पोखरेलसँग सङ्गत गरेका तथा कुनै न कुनै प्रभाव ग्रहण गरेका  चालीस व्यक्तिका संस्मरण, गीत र  कविता तथा सम्बन्धित तस्वीर समावेश गरिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा  अध्यक्ष तिमिल्सिनाले अग्रजको सम्मान गर्ने र इतिहासको सुरक्षा गर्ने हामी सबैको कर्तव्य भएको बताए। उनले सङ्घीय लोकतन्त्रको स्थायित्व र मुलुकको समृद्धिका रचनात्मक काम गर्न सबैलाई आग्रह पनि गरे ।


Advertisment
Nabil box
Kumari

पूर्वमन्त्री राधाकृष्ण मैनालीले शिवप्रसाद र उनको परिवार इमानदार, नैतिकवान्, असल, मिलनसार, सत्कर्ममा विश्वास गर्ने भएको बताउँदै हिजोको इमानको खोजी गर्न सकियो भने मात्र भोलिलाई चिन्न सकिने धारणा राखे । 

Vianet communication

संविधानविद् काशीराज दाहाल, डा रामप्रसाद दाहाल र   साहित्यकार रामप्रसाद पन्त, धर्मपत्नी महेन्द्रकुमारी पोखरेल, डा प्रेणित पोखरेल र ससिम पोखरेले स्मृतिग्रन्थको प्रकाशनले अग्रजको सम्मान गरेको, श्रद्धा गर्ने सत्कर्मको थालनी गरेको, गुणग्राहिता प्रदर्शन गरेको र सम्झनामा रहेका पात्रलाई पुस्तकाकार रूप दिने प्रयत्न गरेको बताए।

पूर्वसांसद तथा शिवप्रसादका कान्छा भाइ पुष्पराज पोखरेलले आफ्ना साहिँला दाजु शिवप्रसाद  परिवारकै पहिलो कलेज पढ्ने व्यक्तित्व भएको र उहाँले बाँचेको इज्जत, सम्मान र प्रतिष्ठायुक्त जीवन परिवारकै लागि अनुकरणीय भएको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x