×

NMB BANK
NIC ASIA

इटहरीमा एमालेलाई टक्कर दिन मोर्चाबन्दीको सम्भावना, यस्ता छन सम्भावित उम्मेदवार

कात्तिक २०, २०७४

NTC
Premier Steels
इटहरी, २२ चैत - २०५४ सालपछि हुने भनिएको स्थानीय चुनावको मिति तोकिएपनि इटहरीका राजनितीक दलहरु तथा स्वतन्त्र उमेदवारहरुको उम्मेदवारी भने तोकिएको छैन । पार्टीहरुले आफ्नो मेयर, उपमेयर र वडाध्यक्ष तथा सदस्यहरुको उमेदवारहरु को को हुन भनेर सार्वजनिक त गरेका छैनन् । तर, अनौपचारिक गफगाफमा भने एकखाले चिया चर्चाले बजार तताएको छ । घर–घरमा चुनावी चर्चा, अगामी समिकरण र हारजितका आ–आफ्ना अड्कलबाजीहरु जारी छन् । इटहरी उममहानगरपालिकामा को को उम्मेदवार होलान भन्नेमा पनि यस्तै अडकल बाजिहरु नै छन ।

एमालेमा पाँच मेयर र सात उपमेयर आकांक्षी

प्रदेश एकको संभावित राजधानी सहर भनिएको इटहरीमा एमाले बलियो मानिन्छ । यहाँ भएको अघिल्लो स्थानीय चुनावमा मेयर र उपमेयर सहित थुप्रै वडामा कब्जा जमाएको एमालेले पछिल्लो दुवै संविधानसभा निर्वाचनमा समेत जितेकाले यस्तो आँकलन गरिन्छ ।

इटहरीको जनमत सुचक बताउने उद्योग वाणिज्य संघ, इटहरी खानेपानी संस्था र सिंगो उपमहानगरको एक्लो स्ववियु हुने कलेज जनता कलेजमा पनि एमाले समर्थित नेतृत्वले जितेकोले इटहरीमा एमालेलाई बलियो मानिन्छ । संगठन र जनमत दुवै बलियो भएको मानिएको एमालेका मेयर तथा उपमेयर आकांक्षिहरु पनि धेरै छन् ।
५४ सालमै मेयर भएका एमाले नेता सर्वध्यज साँवा, एमाले इटहरी इन्चार्ज रामप्रसाद चौलागाई, एमाले सुनसरी अध्यक्ष द्धारिकलाल चौधरी मेयरका दाबेदार हुन ।

यस्तै एमाले सुनसरीकी संगठन विभाग प्रमुख लक्ष्मि गौतम पनि मेयरमा दावा गरिरहकी छिन् । एमाले इटहरीका पूर्व नगर अध्यक्ष तथा सुनसरी एमालेको प्रचार विभाग प्रमुख यामकुमार सुब्बा पनि मेयरमा आकांक्षी रहेको एमाले श्रोतको भनाइ छ ।

उपमेयरमा भने ६ जनाको दाबेदारी देखिएको छ । एमाले नेतृहरु विष्णु शर्मा, इन्दु गौतम, अमृता सुब्बा, अम्बिका चौधरी, कमला खड्का, रुक्मिणी कोइराला तथा मिथीला पोखरेलको नाम उपमेयरमा चर्चा छन ।

कांग्रेसमा तीन मेयर र दुइ उपमेयर आकांक्षी

एमालेलाई टक्कर दिने भनिएको नेपाली कांग्रेसको संगठन विस्तारले जनमत बढेको कांग्रेस समर्थकहरुको तर्क छ । दुइ पटक नगर सभापति भएका युवा नेता हेमकर्ण पौडेल तथा क्षेत्रीय सभापति मणिराम श्रेष्ठको पहलमा भएको संगठन विस्तार र पार्टी प्रवेशका कार्यक्रमहरुले पकड बढाएको भनिने कांग्रेसमा तीनजना मेयरका आकांक्षी देखिएका छन् ।

कांग्रेस इटहरी उपमहानगर समितिका सभापति हेमकर्ण पौडेल, सुनसरी क्षेत्र नम्बर दुईका सभापति मणिराम श्रेष्ठ र इटहरी उद्योग वाणिज्य संघमा पुर्व अध्यक्ष रोहित प्रसाईं मेयरका आकांक्षी देखिएका छन ।

उपमेयरमा भने इटहरी कांग्रेसमा चिनिएका नेतृहरु विमला ढकाल र गीता श्रेष्ठको चर्चा बढेर गएको छ ।
यही पच्चिस गते उमेद्धवारको नाम घोषणा हुने भनिएको कांग्रेसमा तीन मेयर र दुइ उपमेयरबाट अन्तिम नाम छान्न हम्मेहम्मे पर्ने देखिएको छ ।

राप्रपामा तीन मेयर र एक उपमेयर आकांक्षी


इटहरीमा राप्रपाका प्रभावशाली नेता राम कुमार सुब्बा रहेकोले उनको प्रभाव निक्कै पर्ने धेरैको आँकलन छ । अघिल्लो संविधानसभामा राप्रपा नेपाल एमालेपछि दोश्रो स्थानमा आएकोले पनि इटहरीमा राप्रपाको पकड राम्रो देखिन्छ ।

रामु पोखरेल, मधु रिमाल र रोहित कार्की राप्रपा बाट मेयरका आकांछी देखिएका छन् । राप्रपा नेपाल इटहरीका अध्यक्ष भइसकेका पोखरेल र पोखरेल अगाडीका अध्यक्ष हुन रिमाल । यस्तैगरि खनारमा ठुलो पकेट क्षेत्र भएका भन्दै रोहित कार्कीको नाम पनि मेयरमा आएको छ । अन्तिम टुंगो लाग्दा सम्ममा कार्की मेयरको उमेद्धार हुनसक्ने राप्रपा श्रोतले बताँउछ ।

एक जना मेयरमा तीन जना आकांक्षी रहेको राप्रपाको उपमेयरमा भने माया रायमाझीको एक्लो आकांक्षा देखिएको छ । रायमाझि राप्रपाको सिनीयर नेतृ भएकोले उपमेयरको दावेदारी भएको राप्रपा श्रोत बताँउछ ।

माओवादी केन्द्रमा दुइ मेयर र तीन उपमेयर

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा इटहरीमा लामो समय नेतृत्व गरेको अनुभव बोकेका नेता सागर सुवेदी मेयरमा उठ्ने बताइएको छ । माओवादी केन्द्रका सुनसरीबाट चिनिएका नेता शिव डाँगीको नाम पनि मेयरमा चर्चामा छ ।

उपमेयरमा भने माओवादीका तीन प्रभावसाली नेतृको चर्चामा छन् । पूर्व सांसदकी उमेदवार समेत रहेकी माओवादी केन्द्रकि सुनसरी संयोजक राम कुमारी चौधरीको र माओवादी नेतृ सपना परियारको नाम चर्चामा छन् । यस्तै सुनसरी माओवादी केन्द्रकी इन्चार्ज सरस्वती पोखरेलको नाम पनि उपमेयरमा चर्चामा छ ।

‘एमाले विरुद्व कांग्रेस, राप्रपा र माओवादी केन्द्रको मोर्चाबन्दी हुनसक्छ’

इटहरीको सबैभन्दा प्रभावशाली दल नेकपा एमालेको किल्ला तोड्नलाई अन्य दलहरुको मोर्चाबन्दी समेत हुनसक्ने नेताहरु बताँउछन् । इटहरी कांग्रेसका प्रभावशाली क्षेत्रिय नेता त कांग्रेस, राप्रपा र माओवादी केन्द्रले गठबन्धन गर्नसक्ने बताँउछन् ।

‘तीनै पार्टीका नेताहरुमा आफुले जित्ने संभावना नहुदा गठबन्धन गरेर एमालेलाइ हराउनुपर्छ भन्ने जनमत छ’, नाम नभन्ने सर्तमा ती नेता भन्छन्, ‘कांग्रेसलाइ मेयर, राप्रपालाइ उपमेयर र माओवादी केन्द्रलाइ महत्वूर्ण वडाध्यक्ष दिएर मोर्चा बन्ने आधार बन्न सक्छ ।’

राप्रपा इटहरीका एक नेता पनि एमाले विरुद्वको मोर्चा बन्न सक्ने बताँउछन् तर राप्रपालाइ मेयर दिएको अवस्थामा मात्रै त्यो संभव हुने उनको तर्क थियो । ‘हाम्रो जनमत कांग्रेस भन्दा धेरै भएकोेले हामीले मेयर पाउनुपर्छ भन्ने आधार हो’, उनी भन्छन्, ‘माओवादीले वडाध्यक्षमा सहयोग गर्दा नमान्ने अवस्था आयो भनेपनि कांग्रेस र राप्रपाको अन्तिम समयमा मोर्चा बन्न सक्छ ।’

वडाध्यक्ष ताक्दै इटहरीका सिनीयर एमाले र कांग्रेस नेताहरु


स्थानीय तहको बजेट र अधिकार बढेसँगै वडाध्यक्ष हुने आकांक्षा पनि बढेर गएको देखिएको छ । एमालेका एघार सिनीयर नेताहरु वडाध्यक्ष ताकिरहेका छन् । राम्रो सांगठनिक पकड भएको एमालेका सबै नेताहरुलाइ नगरको मेयर र उपमेयर दिन असंभव भएपछि धेरै नेताहरुले वडाध्यक्ष ताक्न थालेको एमाले सुत्र बताँउछ ।
एमाले उपमहानगरकमिटीका अध्यक्ष रेवती घिमिरे, सचिव गौरिमान परियार देखी उपसचिव भुवन पोखरेल समेत आ–आफ्नो वडाको वडाध्यक्ष उठ्न तम्तयार भएका छन् ।

यत्ति मात्रै हैन एमालेको सुनसरी क्षेत्र नम्बर दुइका अध्यक्ष बन्नुलाल चौधरी समेत आफ्नो वडाको अध्यक्षका आकांशी देखिएका छन ।

एमाले इटहरी अध्यक्ष घिमिरे र सचिव परियार साविकको सात र हालको वडा नम्बर आठबाट वडाध्यक्ष उठ्न खोजिरहेका छन भने उपसचिव पोखरेल इटहरी १२ को खनार क्षेत्रबाट वडाध्यक्ष ताक्दैछन । १२ वडाबाटै युवा संघ कोशी अन्चल सचिव रुपेष बस्नेत पनि वडाध्यक्षका आकांक्षि देखिएका छन । क्षेत्रिय अध्यक्ष चौधरी भने इटहरी वडा नम्बर पाँचबाट वडाध्यक्षको पदमा आकांक्षी छन ।

एमाले सुनसरीका पुर्व प्रचारप्रसार विभाग प्रमुख चन्द्र भट्टराई पनि इटहरी चार बाट वडाध्यक्षमा उठ्दै छन । इटहरीको उद्योग वाणिज्य संघमा तीन पटक बरिष्ठ उपाध्यक्ष भइसकेका र एमालेको इटहरी उपमहानगर कमिटीका चर्चित सदस्य भुपेन्द्र बराल पनि आफ्नै नौ नम्बर वडामा वडा नेतृत्वका आकांक्षि छन् ।

एमालेको युवा संगठन युवा संघ सुनसरीका संस्थापक अध्यक्ष तथा क्षेत्रीय समितीका प्रभाबशालि नेता गणेश खत्रि पनि वडा नम्बर नौ बाटै वडाध्यक्ष ताकिरहेका छन । सुनसरी क्षेत्र नम्बर दुइका अर्का दुइ शक्तिशालि नेताहरु कल्याण कार्की र ठमनाथ लम्साल पनि वडा नम्बर पाँचको वडाध्यक्षका आकांक्षी छन । एमाले सुनसरीका जिल्ला कमिटी सदस्य प्रेम बस्नेत पनि इटहरीको वडा नम्बर छ बाट वडाध्यक्ष उठ्दैछन ।

नगरको उपल्लो नेतृत्व नपाएर वडाध्यक्षमा उठ्न लालायित कतिपय नेताहरुलाइ भने वडाध्य पाउनेमै पनि ठूलो सकस देखिएको छ । एमाले इटहरीका अध्यक्ष रेवति घिमिरे र सचिव गौरिमान परियार वडा नम्बर आठ बाट उठ्न आतुर छन । तर दुइजनामा एकजना आँउदा अर्कोले वडाध्यक्ष पनि नपाउने देखिएको छ ।

यस्तै वडाध्यक्षको टिकट पाउनै कडा टक्कर हुने अर्को वडा पाँच देखिएको छ । सुनसरी क्षेत्र नम्बर दुइका अध्यक्ष बन्नुलाल चौधरी र सचिव ठमनाथ लम्साल तथा सदस्य कल्याण कार्की मध्ये एक जनाले मात्रै वडाध्यक्षको टिकट पाउने देखिएको छ ।

नौ नम्बर वडामा पनि एमालेका नेताहरुलाइ वडाध्यक्षको टिकट लिन सकस हुने देखिएको छ । एमाले इटहरीका उपसचिव भुवन पोखरेल तथा युवा संघ कोशी अन्चल कमिटीका सचिव रुपेष बस्नेतमा एकले मात्रै टिकट पाँउने एमाले इटहरी श्रोतले बताँउछ ।

एमालेमा जस्तै नेपाली कांग्रेसका तीन सिनीयर नेताहरु पनि इटहरीमा वडाध्यक्ष ताक्दैछन् । कांग्रेसको महासमिती सदस्य भइसकेका खनारका शेखर चौधरी वडा नम्बर आठबाट वडाध्यक्ष उठ्दैछन् । कांग्रेस सुनसरी क्षेत्र नम्बर दुइका पुर्व सचिव समेत भइसकेका र जनआन्दोलताका सर्वदलिय समितीका सचिव दीपक गौतम पनि वडाध्यक्ष उठ्दैछन् ।

साबिकको एक र हालको वडा छमा उठ्ने गौतम इटहरीका वडाध्यक्षहरुमा चालिस नटेकेका सबैभन्दा कान्छा तर सिनियर नेतामा पर्छन । यस्तै कांग्रेस सुनसरी क्षेत्र नम्बर दुइका प्रभावशाली नेता बालकृष्ण विस्ट पनि आफ्नै तीन नम्बर वडाको वडाध्यक्षमा उठ्न खोजिरहेका छन ।

यस्तो छ इटहरीको मतसंख्या र जनसंख्या


इटहरीमा मतदाता नामावलिमा दर्ता भएका कुल मतदाताहरु अठत्तर हजार छन । इटहरीको सबैभन्दा ठुलो समुदाय चौधरी समुदाय हो भने दोश्रो समुदाय क्षेत्री र तेश्रो ब्राह्मण समुदाय हो ।

२०६८ सालको जनगणना अनुसारको इटहरीको जातिय जनसंख्या हेरेर पार्टीहरुले आफ्ना उमेद्धारहरु खडा गरेमा सवैको प्रतिनिधित्व हुने जानकारहरु बताँउछन । ६८ सालको जनगणनाले इटहरीको जनसंख्या १ लाख ४० हाजर ५ सय १७ देखाँउछ । जसमा शिर्ष एघार जातिय जनसंख्या यस्तो छः
१. थारुः २७२१० (१९.३६ प्रतिशत)
२. क्षेत्रिः २४७६० (१७.६२ प्रतिशत)
३. ब्राह्मणः २३६०६ (१६.७९ प्रतिशत)
४. राईः १२३०५ (८.७५ प्रतिशत)
५. नेवारः ६५४१ (४.६५ प्रतिशत)
६. लिम्बूः ४७४३ (३.३७ प्रतिशत)
७. मियाँः ४५५२ (३.२३ प्रतिशत)
८. तामाङ्गः ४२१८ (३ प्रतिशत)
९. बाँतरः ४१५९ (२.९५ प्रतिशत)
१०. कामीः २५१५ (१.७८ प्रतिशत)
११. सन्यासीः २४५१ (१.७४ प्रतिशत)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x