यौनहिंसाविरुद्ध क्रोएसियामा हजारौंको प्रदर्शन

जाग्रेब – पूर्वी युरोपको क्रोएसियाका विभिन्न शहरहरूमा यौनहिंसाविरुद्ध हजारौंले प्रदर्शन गरेका छन् ।

उनीहरूले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।   


Advertisement

महिला अधिकारवादीहरूको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले “महिलालाई न्याय दे, दोषीलाई कारबाही गर” भन्दै नारा लगाएका थिए । 

यसै महिनाको शुरूमा जाडारमा पाँच युवाको समूहले १५ वर्षीया एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो ।

अदालतले दोषी आरोपी सबैलाई अनुसन्धानका लागि ३० दिन थुनामा राख्न आदेश दिएको अधिकारीहरूले जनाएका छन् ।  

उनीहरूलाई पर्याप्त अनुसन्धान गर्न र दोषी पाइए सख्त कारबाही गर्न माग गर्दै हजारौं महिला अधिकारवादी तथा आफन्तहरूले शनिबार राजधानी जाग्रेबको मध्य भागमा प्रदर्शन गरेका थिए । 

प्रदर्शनकरीले “दोषीलाई कारबाही नहुनु आफैँमा अर्को अपराध हो” लेखिएको व्यानर पनि प्रदर्शन गरेका थिए । 

प्रदर्शनका आयोजकहरूले कानुनको शासन कायम गर्न पनि माग गरेका छन् । उनीहरूले यस मुद्दालाई अर्को अदालतमा लैजानु पर्नेमा जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्