बैशाख ४, २०८१
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
बुटवल – सफल मानिसहरू भन्छन्- काम नयाँ होइन फरक तरिकाले गर्नुपर्छ ।
त्यही बुझाइलाई आत्मसाथ गर्दै अगाडि बढेका छन् बुटवलका मनिकर कार्की । अर्थराजनीतिका जानकार तथा युवा नेताको राम्रो छवि पनि बनाएका छन् कार्कीले ।
वित्तीय संस्थाको नेतृत्व, मिडिया सञ्चालनको अनुभव संगाल्दै गर्दा उनलाई बुटवलमा केही नयाँ व्यवसाय गर्ने सोच लामो समयदेखि मनमा खेल्दै आएको थियो ।
लामो सोचाइपछि उनले मनले ठम्मायो । सबैको पहुँच र धेरै नेपालीले खाने गरेको चिया कफी सप खोल्ने । तर चियालाई खाने ठाउँलाई उनले सामान्य बनाएनन् । त्यसमा लाइब्रेरी पनि राखे । फरक तरिकाले व्यवसाय खोल्ने सपनालाई साकार पार्दै उनले चिया पसलमा विभिन्न प्रकारका चिया, कफी, खाजा खाँदै पुस्तक पढन पाइने ठाउँको ‘कन्सेप्ट’ ल्याएर शुरू गरे बुटवल–८ सुख्खानगरमा चिया चौतारी बुक क्याफे ।
३३ वर्षिया युवाको नयाँ सोचमा आएको यो पुस्तक पढ्दै चिया खाने अवधारणा सम्भवत: मोफसलमा पहिलो हो । ६ महिना अगाडिदेखि सञ्चालनमा आएको यो क्याफेमा अहिले पुस्तक पढ्दै चिया खाने युवाहरूको दैनिक लर्को लाग्छ । क्याफेमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि विभिन्न नेताहरू बुटवल आउँदा पुग्ने गर्छन् ।
पठन संस्कृतिको विकास गर्दै केही नयाँपनका साथ व्यवसाय शुरू गरौं भनेर क्याफे सञ्चालनमा ल्याइएको कार्की बताउँछन् ।
‘यहाँ एउटै थलोमा बसेर विभिन्न परिकारको स्वादसँग चिया कफीको चुस्कीसहित पुस्तक पढ्न र किन्न पाइन्छ,’ उनले थपे, ‘सञ्चालनको यो अवधिमा युवा पुस्ताको क्याफेमा चिया पिउँदै पुस्तक र पत्रपत्रिका पढने क्रम बढ्दो छ । फरक तरिकाले केही गर्न सकेमा राम्रो चलाउन सकिन्ने भन्ने सन्देश पनि दियो ।’
सञ्चालक कार्की डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँ शक्ति पार्टीको संस्थापक हुँदै अहिले उनी समाजवादी पार्टीको केन्द्रीय सदस्य पनि हुन् । वैकल्पिक अर्थतन्त्र पुस्तकका लेखक पनि हुन् कार्की ।
खानपानको संस्कृति, चिया संस्कृति, पठन संस्कृति, छलफल तथा विचार विमर्श गर्ने संस्कृति । यी सबै संस्कृतिहरूले शहरको झल्को दिन्छ । विश्वका ठूला शहरहरूमा बुक क्याफेको संस्कृति नै बेग्लै छ । नेपालमा पनि पोखरा र काठमाडौंमा यस्तै अवधारणामा क्याफेहरू सञ्चालित छन् ।
तर बुटवलमा यो पहिलो क्याफे हो । पोखरा र काठमाडौंका बूक क्याफेहरूमा केवल चिया, कफी र किताब मात्रै देखिन्छ । तर, चियाचौतारीमा स्वस्थकर र स्वादिला सबै प्रकारका फास्टफुड उपलब्ध छ । हो यस्तै शहरी संस्कृतिको प्रवर्द्धनका लागि चिया चौतारी बुक क्याफेको अवधारणा ल्याएको हो ।
विभिन्न स्वादका चिया । विभिन्न विधाका पुस्तक । अनि विभिन्न स्वादका खाजा । साथै कर्पोरेट मिटिङ भन्यूसहितको सार्वजनिक बहस र अन्तरसंवादका लागि उपयुक्त कार्यक्रम हल क्याफेका विशेषता हुन् ।
क्याफेमा पुग्ने जो कोहीलाई नेपालमै केही गर्नुपर्छ भन्ने सोच विकास गराउँछ । क्याफेमा नेपाली संस्कृतिलाई आधुनिक शैलीमा मौलिकता दिने प्रयास गरिएको छ । नेपालका हिमाल, पहाड, तराई, धार्मिक सहिष्णुता, सद्भावलाई एकबद्ध बनाउने सन्देश क्याफेको भित्तामा आर्ट गरिएको छ ।
क्याफेका कार्यकारी सञ्चालक कार्की भन्छन्, 'हाम्रो हिमाल, पहाड र तराई/मधेशको संस्कृति र यहाँको सुन्दर विविधतालाई एकै ठाउँमा विविध शैलीमा प्रस्तुत गर्ने हाम्रो योजना छ ।'
क्याफेमा २५ देखि ३० थरिका चियाका खान पाइन्छ । नेपाली बगानको सिटीसी चियादेखि अर्ग्यानिक ग्रीन टी हुँदै यार्सागुम्बा चियादेखि योगी चियासम्मका चिया र नेपाली शैलीका कोदोको रोटी, फापरको रोटी, नेपाली खाना, नयाँ-नयाँ स्वादका खाजा सेटको स्वाद पनि लिन सकिन्छ ।
पुस्तक पढ्नका लागि छुट्टै क्याबिनको व्यवस्था छ । इन्टरनेट र कम्प्युटरसमेत उपलब्ध हुँदा फुर्सदमा दिन बिताउन पनि सजिलो बनाएको छ क्याफेले । २० रुपैयाँदेखि १ सय ५० रुपैयाँ कपसम्मका चिया छन् क्याफेमा ।
सबैले पिउने दूध चियादेखि मट्का, तन्दुरी चिया, यार्सागुम्बा चिया, योगी चिया, जस्मिन चिया, अर्ग्यानिक ब्ल्याक टी, अर्ग्यानिक ग्रीन टी, जिंजर टी, तुल्सी हर्बल टी, हनी हट लेमन हुँदै स्पेशल ह्वाइट टी र गोल्डेन टी समेत पिउन पाइन्छ । कार्कीले भने, ‘चिया खान मात्र होइन म परेको स्वादको चिया किन्न पनि पाइन्छ । क्याफेमा पाइने सबै नेपाली चिया बगानकै चिया हुन् । क्याफेमा विभिन्न साहित्यिकदेखि राजनीतिकसम्मका सयौं पुस्तकहरू छन् । तपाईंलाई कुनै पुस्तक पढ्न मन छ, तर किन्न मन छैन भने क्याफेमा गएर त्यो पुस्तक पढ्न पाइन्छ । मन परेमा किनेर ल्याउन पनि सकिन्छ ।
क्याफेमा नेपाली, अंग्रेजी, हिन्दी पुस्तकहरू छन् । यहाँ विशेषगरी कला, साहित्य, संस्कृति, समाज, राजनीति, व्यवसाय, अर्थशास्त्र, व्यवस्थापन, विचार, दर्शनसहित उत्प्रेरणात्मक पुस्तकहरू रहेका छन् । साथै निकट भविष्यमा पुस्तकालय व्यवस्थापनमा पनि काम गर्ने कार्कीको योजना छ ।
‘बुटवलकै शैलीमा देशका मुख्य शहरमा चिया चौतारी बूक क्याफेको सञ्जाल विस्तार गर्ने योजना कार्कीसहितको टीमले गरेको छ ।
पुस्तकालयहरूमा पाठक नभइरहेको समयमा चिया चौतारीले पुस्तकालयकै शैलीमा सदस्य बनाएर पुस्तक पढ्न दिने सुविधा ल्याएको छ । ‘क्याफेमै बसेर चियाको चुस्कीसँगै हामीकहाँ उपलब्ध पुस्तकहरू पढ्न पाइनेछ । तर पुस्तक घरमा लैजान भने पाइदैन ।’
कार्कीले सञ्चालनमा ल्याएको चियाचौतारीको लागत झण्डै एक करोड पुगेको छ । ‘हामीले खाली जग्गामा केही स्थायी संरचना निर्माण गर्नुपरेकाले लागत बढ्न गएको हो,’ कार्की भन्छन्, 'भवनसहितको पूर्वाधार निर्माण गर्नुपरेकोले क्याफेको लागत बढ्न गएको छ ।'
रोजगारीका लागि युवा विदेशिइरहेका बेला स्वदेशमै बसेर केही उदाहरणीय काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न चियाचौतारी बूक क्याफेका कार्यकारी सञ्चालक कार्की र उनको टीम सफल भएको छ ।
वैकल्पिक अर्थतन्त्र र राजनीतिका अभियन्ता कार्की भन्छन्, 'काम गर्न पैसा होइन, नयाँ कन्सेप्ट चाहिन्छ । राम्रो कन्सेप्ट भयो भने धेरथोर लगानी गर्ने लगानीकर्ताहरू प्रशस्त भेटिन्छन् । मुख्य कुरा निश्चित कार्य योजना र संभाव्यतासहितको व्यवसायिक सोच बनाएर अघि बढ्नुपर्छ । चिया चौतारी बूक क्याफले व्यवसायमा गर्न सकिने नयाँपनलाई मात्र उजागर गरेको छैन । यसले सामाजिक व्यवसाय र उद्यमशीलताको समेत पक्षपोषण गरेको छ ।
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...