गजल

रमेश भट्टराई ‘सहृदयी’     

हरेक युगले केही न केही खोट बोकेर हिँड्छ
कोही उक्सिन्छ तर निर्धोले चोट रोकेर हिँड्छ


Advertisement

बदलिन्छ शहर, मान्छे रहर लिसो चाहनाको
न पुरिन्छ इच्छा उही खोटो लेखोट टोकेर हिँड्छ

पल्टिए युग कोल्टिए दर्शन तर गुफा, झुप्रा उस्तै 
बग्छ रगत, दबिने सोझो– अठोट धोकेर हिँड्छ 


Advertisement

वर्षदिन खन्छ तीन महिना खान्छ दशा दुःखीको 
चुनावी गर्मी एक छाक एक भोट जोखेर हिँड्छ  

बोलिन्छ वर्ग, भेद, जाति हो त्यै मानवता बोलिन्न
जन्मन्न मान्छे– नाक या झण्डा बनोट जोखेर हिँड्छ

कमेन्ट गर्नुहोस्