माघ २५, २०८०
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
कात्तिक २२, २०७६
भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साले नेपाल–भारत सीमा विवाद फेरि बल्झाइदिएको छ ।
आजभन्दा झण्डै ६० वर्ष पहिले नै नेपालका तर्फबाट जनगणना भएको क्षेत्रलाई भारतले आफ्नो भूमि भन्दै नक्सामा पारेपछि यो विवाद फेरि सतहमा आएको छ ।
नेपाली भूमि अतिक्रमण गर्नेगरी भारतले नयाँ नक्सा जारी गरेको विरोधमा नेपालमा विरोध प्रदर्शन शुरू भएका छन् । परराष्ट्र मन्त्रालयले कालापानी नेपाली भूमि भएको प्रस्ट पारिसकेको छ ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई मान्य नहुने सरकारको अडान स्पष्ट गरिसकेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्जिव सिंह पूरीलाई फोन गरेर कालापानी नेपाली भूमि भएको भन्दै नक्सा सच्याउन आग्रह गरिसकेका छन् ।
भारतीय पक्ष भने नेपाली भूमि अतिक्रमण गरेको स्वीकार्न र नक्सा सच्याउन तयार भएको देखिँदैन ।
बिहीवार नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ‘नयाँ नक्साले भारतीय सार्वभौम भू–भागको सही चित्रण गरेको’ दाबी गर्दै कालापानीलाई भारतको सार्वभौम भूगोलका रूपमा चित्रण गरे ।
कालापानीलाई आफ्नो नक्सामा पारेर भारतले नेपाली भू–भागलाई ‘सार्वभौम भू–भाग’ दाबी गर्नु आपत्तिपूर्ण छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नयाँ नक्सामा नेपालको एकरत्ती पनि परिवर्तन नगरिएको दाबी गरेर वास्तविकतालाई ढाकछोप गर्न खोजेका छन् ।
विदेश मन्त्रालयका प्रवक्ता मात्र होइन नेपाल मामिलामा अत्यन्त चासो राख्ने भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले पनि भारतले नक्सामा पुनर्विचार नगर्ने दाबी गरे । उनले नेपाललाई नयाँ नक्सा सार्वजनिक गर्न चुनौती पनि दिए ।
लोकान्तरसँगको कुराकानीमा मेहताले नेपालले पनि आफ्नो सार्वभौम भूमि दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गर्न उपयुक्त हुने बताए ।
मेहता अहिले कुनै सरकारी निकायका अधिकारी नभएपनि बोलीमा भारतीय संस्थापनको आवाज झल्किन्छ ।
नेपाली भूमिलाई खुलमखुल्ला ढंगले अतिक्रमण गरेर भारतले आफ्नो नक्सामा राखेपछि नेपालले पनि आफ्नो सार्वभौम भूमि रक्षाका लागि कालापानी समेटेर नयाँ नक्सा जारी गर्नु उपयुक्त हुन्छ, विज्ञप्तिले मात्र पुग्दैन ।
बलियो छिमेकीले आफ्नो भू–भाग अतिक्रमण गरेका बेला आफ्नो भू–भाग यो–यो हो र वास्तविक नक्सा यस्तो हो भनेर विश्वलाई देखाउने अवसर पनि यही हो ।
नेपालले अहिले आफ्नो वास्तविक नक्सा जारी गर्दा यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मद्दत पुर्याउँछ भने भोलिका दिनमा भारतसँग कुरा गर्ने बलियो आधार पनि बन्छ ।
एउटा सार्वभौम देशले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्न कसैसँग अनुमति लिनु पर्दैन, भारतलाई काउन्टर दिन भन्दापनि आफ्नो भूमि रक्षाका लागि ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीविरुद्ध बोल्ने क्रममा भूगोल सानो भएपनि हरेक देशको सार्वभौमिकता बराबर हुने प्रक्रियाता दिने गरेका थिए ।
तथ्य र प्रमाणका आधारमा सीमा विवादको समाधान राजनीतिक र कूटनीतिक तबरबाटै गर्नुपर्छ । नेपालले भारतसँग निहुँ खोजेर विवाद गरिरहने भन्दा पनि प्रभावकारी कूटनीतिक पहल गरी समस्या समाधान गर्नुपर्छ ।
आफ्नो एक इञ्चपनि भू–भाग गुमाउनु कुनैपनि सर्वभौम मुलुकका लागि स्वीकार्य हुनै सक्दैन ।
भारतले नयाँ नक्सा जारी गरेर विवाद सिर्जना गरेको यही समयमा सीमा विवादको स्थायी समाधानका लागि तत्काल कूटनीतिक वार्ता शुरू गरिहाल्नु पर्छ ।
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...