सरकारी कम्पनीले किन्न थाल्यो किसानसँग धान

फाइल फोटो

बाँके जिल्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालयले बाँकेका किसानसँग धान खरिद शुरू गरेको छ ।

संस्थानको खरिद केन्द्रबाट धान खरिद गर्न थालिएको छ । मोटा र मध्यम गरी सोमवारसम्म करीब १ हजार ७०० क्विन्टल धान खरिद गरिसकिएको कार्यालय प्रमुख भरतराज खनियाले जानकारी दिए ।


Advertisement

उनका अनुसार कार्यालयले यस वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ५३२ र मध्यम धान प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँमा खरिद गर्न मूल्य निर्धारण गरेको छ । कात्तिक २७ गतेबाट खरिद शुरू गरेको कार्यालयले चालू वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको छ ।  


Advertisement

बाँकेमा यस वर्ष धान उत्पादन राम्रो भएकाले लक्ष्यअनुसार खरिद गर्न सकिने सो कार्यालयको अनुमान छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार यो वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती गरिएको छ ।

बाँकेका किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गरेका छन् ।

कमेन्ट गर्नुहोस्