×

NMB BANK
NIC ASIA

किन लगाइयो नारायण गोपालको यो गीतमाथि प्रतिबन्ध ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
नारायणगोपाल एउटा कथा हो । ऊ गायक हो, संगीतकार हो । त्यसभन्दा बढी ऊ नायक हो नेपाली सुगम संगीतको । नारायणगोपाल गुरुवाचार्य धेरैका लागि धेरै हो । थोरैका लागि थोरै हो ।
नेपाली गायनमा नारायणगोपालको उदयले उसको जमाना त खायो नै । उसभन्दा पछिल्ला जति मान्छे नेपाली भाषा बोल्ने भएर जन्मिए सबैले उसलाई सुन्दैछन्, सुन्नेछन् ।

गीतभित्रको विविधता नारायणगोपालका गीतको विशेषता हो । तन्नेरीका ठट्यौलो मायाप्रीति, बैंस सम्हाल्न नसकेकी यौवनाको तिर्सना, प्रेममा धोका खाएको अन्धो प्रेमी नारायणगोपालका गीतमा झल्कने कहानी हुन्, पात्र हुन् । रत्नशमशेर थापा भन्छन्, ‘नारायणगोपाल मूडमा गाउने मान्छे हो, उसलाई जस्तो गीत गाउन मन लाग्यो उस्तै गीत गाउँथ्यो ।’

‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ — यो गीत रत्नशमशेर थापाले नै लेखेर गवाएका थिए नारायणगोपाललाई । थापा हौसिँदै भन्छन्, ‘भन्नेले त मलाई नारायणगोपालले चिनायो भन्छन् तर मेरो गीतले नारायणगोपालको सांगीतिक यात्रा तय भएको हो ।’

नारायणगोपालको पहिलो गीत ‘स्वर्गकी रानी मायाकी खानी’ उनै रत्नशमसेर थापाको शब्द हो ।

नारायणगोपालको शुरुवाती दिनहरूका अनन्य मित्र रत्नशमशेर थापाले लेखेका गीतहरू गाउन पाउनु भाग्यको कुरा मान्नेहरूको लामैलाम छ । चिन्नेहरू भन्छन्, ‘नारायणगोपाल गीत गाउने सवालमा कसैसँग सम्झौता गर्दैनथे ।’
त्यसबेलाको एकमात्र साधन रेडियो नेपालले कलाकारलाई गर्ने व्यवहार सन्तोषजनक नरहेको इतिहासले बताउँछ ।

नारायणगोपालदेखि बच्चु कैलाशसम्मले रेडियो नेपालबाट चित्त दुखाएको संगीत इतिहासका अध्येताहरू बताउँछन् । यसै मेलोमा नारायणगोपालले गाउन ठिक्क पारेको एउटा गीतलाई रेडियो नेपालले प्रतिबन्ध लगाइदियो । यसैको सेरोफेरोमा रहेर यो कथा अघि बढ्छ ।

रेडियोको प्रतिबन्ध किन ?

‘एक मुठी चामल पाऊँ लौ हजुर जय जय मनाउँला........’ यसमा रहेको एउटा शब्द नै यो गीत प्रतिबन्धमा पर्नुको कारण हो भन्छन् गीतका रचनाकार रत्नशमसेर थापा । थापा भन्छन्, ‘२०१६ सालतिर म त्रिचन्द्र कलेजमा पढ्थें । नातिकाजी पनि मेरा सहपाठी हुन् ।’ 
नारायणगोपालको मुडी बानीबेहोरासँग उनीहरू सधैं आजित हुन्थे तर उनको गायकीलाई सबैले मन पराएका हुन्थे । नारायणगोपालको स्वरमा भएको जादूगरीलाई कसैले पन्छाउन सक्ने स्थिति थिएन त्यतिबेला ।

रेडियो नेपालका भित्रियाहरूको जगजगीले गर्दा नारायणगोपाल स्वयं भने आजित थिए तर विकल्प पनि त थिएन ।

गीतकार रत्नशमसेर थापाका अनुसार चलनचल्तीको गीतभन्दा फरक धारको गीत लेख भन्ने आशयलाई समेटेर उनी नारायणगोपालका लागि गीत लेख्ने गर्थे । यसै मेसोमा लेखिएको थियो यो गीत ‘एक मुठी चामल...’।

‘नारायणगोपालले मागेका थिए एउटा माग्नेको गीत,’ थापा भन्छन्, ‘नारायणगोपालले यो गीत गाउन ठूलै कसरत ग–यो तर यस गीतमा रहेको एउटा शब्दका कारण रेडियो नेपालले यसलाई गाउने स्वकीृति दिएन ।’ थापा सम्झन्छन्, यो गीतमा नारायणगोपालले यस्तो संगीत भ–यो कि जुन उसले भन्दाबाहेक कसैले गाउने औकात राख्दैन ।

‘एक मुठी चामल पाऊँ लौ हजुर जय जय मनाउँला.....’ यसको अन्तिम हरफ थियो, ‘....बिहानीका तारा हामी सर्वहारा, धूलोमा लडी ओढ्दछौं शीतका धारा ।’ पञ्चायती शासनको प्रत्यक्ष निगरानीमा चल्ने रेडियो नेपाललाई पनि हुकुमी शासन चलाउन ठूलो निहँु चाहिँदैनथियो । सर्वहारा शब्द भएका कारण यो गीतलाई रेडियोमा गाउने अवसर प्राप्त भएन उतिखेर ।

नारायणगोपालको घमण्डी बानीलाई यति एउटा कारण नै काफी थियो । उनले यो गीत गाउन कहिल्यै मागेनन् रे फेरि । गीत लेखनको अनुभव सम्झँदै गीतकार थापा भन्छन्, ‘मैले यो गीत नारायणगोपालकै अगाडि बसेर करीब दुई घण्टामा लेखेको हुँ ।’

शिशिर योगीले ब्युँत्याए फेरि

नारायणगोपालले यो गीत गाउन नपाएपछि अर्का एक गायकले टेपमा रेकर्ड गरेर राखेका रहेछन् । शायद आफ्नो संगीतलाई बचाउन पनि होला, रुवी जोशीले यसलाई जोगाएर राखेका रहेछन् । रत्नशमसेर सम्झन्छन्, ‘रुवीलाई पनि यो गीत गाउने इच्छा थियो । तर उसले नारायणगोपालको जस्तो गरी गाउने आँट गर्न सकेन ।’

यो गीत नारायणगोपालको अधुरो सपना रहेको कुरा गायक शिशिर योगीले चाल पाए २०७० सालमा । उनी भन्छन्, ‘रत्नशमसेर थापा मेरा लागि पितासमान हुनुहुन्छ, उहाँको संगतले नै मैले यो गीतलाई ब्युँत्याउन पाएको हुँ ।’

रत्नशमसेर थापाको स्वीकृतिमा आफूले नारायणगोपालको संगीतमा गीत गाउन पाएकोमा शिशिर योगी पनि दंग छन् । रुवी जोशीले गीतलाई गाउने अनुमति दिनु र संगीतलाई जोगाई राखिदिएकोमा योगी उनीप्रति कृतज्ञ रहेको बताउँछन् । नारायण गोपालको संगीतको वास्तबिक स्वादलाई नबिगारि गाउनप्रयास गरेको पनि योगी बताउँछन् ।

योगीले यो गीतका अन्त्यमा आफूले आलाप मात्र थपेको स्पष्ट पारे । तीन दिन लगाएर रेकर्डिङ सकेका योगी भन्छन्, ‘नारायणगोपाल बित्नुभएको दशकौंपछि उहाँको संगीतलाई गाउन पाउनु एउटा गायकको लागि अहोभाग्य नै हो ।’

गीतकार थापा पनि गीतलाई शिशिर योगीले अन्याय नगरेको बताउँछन् । साथै रुवी जोशीको महानतालाई पनि उनी धन्यवाद दिन्छन् । देशको मूर्धन्य संगीतकारको संगीत पुनः ब्युँतेकोमा गायक योगी र गीतकार थापा दुवैले खुशी व्यक्त गरे ।

गीतको पूर्ण पाठ
शब्द : रत्नशम्सेर थापा
संगीत : नारायणगोपाल
स्वर : शिशिर योगी

एक मुठी चामल पाऊँ लौ हजुर जय जय मनाउँला
धर्म कठै बग्यो कर्मले है ठग्यो, घर घर मगन्ते भेषमा डुल्नै प–यो
एक पेट खान पाए ढोकामा आई जय जय मनाउँला
सुकेको घाँटी रसाउन पाए हे ईश्वर भनौंला

दैवको मार प–यो फूल नफुली झ–यो, टुहुरो बनी नाश विनाश भयो
बाह्रै महिना बाह्रै काल दाता हजुरको जय जय मनाउँला
एक टुक्रा रोटी चपाउन पाए गुन ठूलो मानौंला

बिहानीका तारा हामी सर्वहारा, धूलोमा लडी ओढ्दछौं शीतका धारा
दया जागे माया लागे अवस्थादेखि जय जय मनाउँला
भोकको ज्वाला निभाउन पाए संसार हेरौंला ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x