×

NMB BANK
NIC ASIA

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सुनसान छ । पुराना मन्त्री गए तर, नयाँ मन्त्री कार्यभार सम्हाल्न आइपुगेका छैनन् ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दा उपप्रधान एवं स्वास्थ्य मन्त्री रहेका समाजवादी पार्टीका केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन कानून मन्त्री भानुभक्त ढकालले यादवको ठाउँमा स्वास्थ्य मन्त्रालय पुगेर कार्यभार सम्हालिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

मन्त्रीमण्डल पुनर्गठन गरेको ४ दिन बितिसक्यो, तर यादव भने कार्यभार सम्हाल्न मन्त्रालय आएका छैनन् ।

Vianet communication

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेकै दिन सबै मन्त्रीले शपथ सकेलगत्तै मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका थिए ।

यादव भारत भ्रमणका क्रममा रहेकाले त्यो दिन उपस्थित भएनन् । अहिले भारतबाट फर्किसके पनि उनी मन्त्रालय गएका छैनन् ।

यादव पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगै चुनाव प्रचारका लागि आइतवार पोखरा पुगेका छन् ।

मन्त्रीहरू फेरिएको दिन कानून मन्त्रालयमा उपेन्द्रको नेम प्लेट कागजको राखिएको थियो, अहिले भने यादवको परिचय खुल्ने गरी व्यवस्थित नेम प्लेट राखिएको छ ।

कर्मचारीहरू नयाँ मन्त्रीलाई स्वागत गर्ने प्रतिक्षामा छन्, तर यादव आउने/नआउने पत्तो छैन ।

समाजवादी पार्टीमा सरकार छाड्नुपर्ने मत पनि बलियो बन्दै गएको छ ।

पार्टी अध्यक्ष देशबाहिर रहेको बेला मन्त्रिमण्डल हेरफेर हुनु र मन्त्रालय फेरिनुलाई पार्टीका नेताहरूले अपमानका रूपमा बुझेका छन् ।

यादवले मन्त्रालय आउँछु भनेर खबर भने गरेको कर्मचारीहरू बताउँछन् ।

‘सचिवज्यूसँग सम्पर्क हुँदा आज खबर गर्छु भन्नुभएको रहेछ, तर उहाँ आउनुभएको छैन,’ मन्त्रालयका सूचना अधिकारी कमलराज गौतमले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x