×

NIC ASIA

प्रधानमन्त्रीको एपेन्डिक्स फुटेको भनेर आएको समाचार निराधार

मंसिर ११, २०७६

Prabhu Bank
NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिक्स फुटेको भनेर आएको समाचारलाई  उनका एक डाक्टरले निराधार भनेका छन् । ‘एपेन्डिक्स फुटेको होइन, संक्रमित भएको हो । त्यो संक्रमण पेटमा पनि फैलिएको हो । तर, यसरी संक्रमण फैलिनु कम जोखिमयुक्त होइन । त्यसैले तत्कालै अप्रेसन गरिएको हो,’ उनले भने । उनका अनुसार अन्य बिरामीको भन्दा प्रधानमन्त्रीको यो समस्या छिटो पहिचान भएको हो । किनकि, अंग प्रत्यारोपण गरिएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

Muktinath Bank

शरीरमा केही गडबड हुनासाथ लक्षण छिटो देखापर्छ । शरीरले थेग्न सक्दैन र छिटो प्रतिक्रिया जनाउँछ । त्यसैले प्रधानमन्त्रीलाई पेरिटोनाइटिस भएको पनि छिटो पत्ता लागेको हो । डाक्टरले भने, ‘उहाँको शरीरले पनि छिटो प्रतिक्रिया जनायो, छिट्टै नै पीडा असह्य भयो । त्यसैले पेट दुखेको दुई घन्टाभित्र उहाँलाई अस्पताल ल्याइएको छ, अस्पताल ल्याएको दुई घन्टाभित्र अप्रेसन गरिएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान ११ बज्दानबज्दै अप्रेसन शुरूगरिएको थियो । एपेन्डिक्स मात्रै भएको भए भुँडीमा प्वाल बनाएर दूरबिनको माध्यमबाट अप्रेसन गर्न सकिन्छ । तर, प्रधानमन्त्री ओलीलाई पेरिटोनाइटिस भएको हो । अर्थात् संक्रमण धेरैतिर फैलिएको थियो । त्यसैले ल्याप्रोस्कोपी प्रविधिबाट प्वाल बनाउनुको सट्टा ल्यापाराटोमी प्रविधिबाट परम्परागत रूपमा पेट चिरेर अप्रेसन गरिएको थियो । यसका लागि उनलाई ‘एनेस्थेसिया’ दिएर पूर्ण रूपमा बेहोस बनाइएको थियो । ‘पेटमा संक्रमण कति पैmलिएको छ भन्ने यकिन थिएन, त्यसैले सम्पूर्ण रूपमा हेर्नका लागि परम्परागत प्रविधि प्रयोग गरियो । संक्रमण भएको एपेन्डिक्स निकालियो, वरिपरिको संक्रमण पनि ‘वास’ गरियो अर्थात् पखालियो । करिब ४५ मिनेटमा यो प्रक्रिया सकियो,’ डाक्टरले भने । 


Advertisment
Nabil box
Kumari

अप्रेसन गरिएकाले उनलाई एन्टिबायोटिक औषधि चलाइएको छ । यो औषधिले उनको अप्रेसन गरिएको घाउ निको हुने मात्र होइन, पेरिटोनाइटिसका रूपमा पेटमा फैलिएको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा छ । तर, प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले सुधार कसरी हुन्छ भन्ने विषयमा डाक्टरहरूले यकिन दाबी गर्न सकेका छैनन् । 

Vianet communication

अप्रेसनपछि अपेक्षित समयमै उनलाई होस आएको थियो । तर, मध्यरातसम्म पनि उनलाई भेन्टिलेटरमा राखिएको छ । त्यसैले उनले बोलेर कुरा गर्न पाएका छैनन् । ‘मुखमा मास्क लगाइएको छ, त्यसैले उहाँले बोल्न मिल्दैन । तर, इसाराले कुरा गर्नुभएको छ । मास्क हटाइदिनूस् भनेर अनुरोध गर्नुभएको थियो । तर, हामीले हटाएका छैनौँ,’ डाक्टरले भने, ‘उहाँलाई सजिलो होस् भनेर भेन्टिलेटरमा राखिएको हो । अपर्झट केही पर्न सक्छ भनेर अरू बिरामीको मास्क पनि रातमा निकाल्ने अभ्यास हुँदैन ।’ प्रधानमन्त्रीलाई सामान्य भेन्टिलेटरमा राखे हुने अवस्था भए पनि जोखिम घटाउन इलेक्ट्रोनिक भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । 

मध्यरातसम्म प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ । ‘यो भनेको थप बिग्रिएको छैन भनिएको हो, सुधारका लागि त प्रतीक्षा नै गर्नुपर्छ, तर रातिसम्म उहाँको ब्लडप्रेसर नियन्त्रणमा छ, पिसाब ठीक छ र अन्य सूचक पनि ठीक छन्,’ डाक्टरले भने, ‘बुधबार बिहान रगत, पिसाबसहित स्वास्थ्य जाँच हुनेछ । संक्रमण नियन्त्रण भयो कि भएन भनेर त्यसपछि मात्र यकिन हुनेछ । यो संक्रमण निको भएमा प्रधानमन्त्रीले आराम गरे पुग्छ, मिर्गौला प्रत्यारोपण गर्न कुनै समस्या हुँदैन ।’ नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x