राम लामाको 'पिल्सिएको परदेशी मन' लोकार्पण

वाशिङ्ग्टन डिसि (अमेरिका) - अमेरिकाको वासिङ्ग्टन डिसिमा 'पिल्सिएको परदेशी मन' कविता संग्रह लोकार्पण गरिएको छ ।

आफ्नो करिब आधा उमेर संसारका बिभिन्न देशमा व्यवासायिक रुपमा बिताएका राम लामा अविनाशीले आफ्नो यात्राका क्रममा देखेका सुनेका र भोगेका घटनालाई अक्षरस उतारेर तयार पारेको यो पुस्तक अमेरिकाका लागि नेपाली महामहीम राजदुत डा.अर्जुन कार्किको समुपस्थिती रहेको एक भब्य समारोह बिच साबजनिक भएको हो ।


Advertisement

अन्तरास्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) ले आयोजना गरेको अनेसास सर्वोत्कृस्ट पुस्तक तथा विशिष्ट प्रतिभा पुरस्कार र कवि गोष्ठीसमारोहको अबसरमा उक्त पुस्तकको लोकार्पण गरिएको हो । त्रिभुवन विश्वविध्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले भुमिका लेख्नु भएको सो पुस्तकलाई युवा साहित्यकार महेश पौडेलले अंग्रेजी भाषामा अनुबाद गर्नु भएको छ । नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको उक्त पुस्तकमा २६ वटा कविताहरु संकलीत छन ।


Advertisement

अनेसास बोर्ड अफ ट्रष्टिज अध्यक्ष गीता खत्रीको सभापतित्व र महामहिम नेपाली राजदुत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा अनेसास सन्स्थापक अध्यक्ष होमनाथ सुबेदी, साहित्यकार लालगोपाल सुबेदी, पदम विस्वकर्मा, लीला लुइटेल, भिम रेग्मी बसन्त श्रेष्ठ, तीर्थ अधिकारी, हरी अधिकारि, सीता पण्डे, कुन्त शर्मा, गोबर्धन पूजा, महेश्वर पन्त दीप राई पुन, रमेश दियाली तथा पत्रकार गुणराज लुइटेल लगायतको उपस्थिती रहेको थियो ।

 

 

कमेन्ट गर्नुहोस्