माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
भारतको महाराष्ट्रमा देवेन्द्र फडनवीस र अजित पवारले जम्मा तीन दिनका लागि बनाएको सरकार ढलेसँगै महाराष्ट्रीय राजनीतिका वरिष्ठ खेलाडी शरद पवारको भूमिकाको चर्चा हुन थालेको छ । उनी कसरी आफ्ना महत्त्वाकांक्षी भतिजा अजित पवारमाथि हावी भए भनी मानिसहरू कुरा गरिरहेका छन् ।
शनिवार बिहान अजित पवारले सबैलाई आश्चर्यमा पार्दै फडनवीससँग साझेदारी गर्दै राज्यमा भाजपा र एनसीपीको सरकार बनाए । एनसीपीको संसदीय दलका नेता बनाइएका अजितले किसानहरूको हितका लागि साझेदारी गरेको बताए ।
अजित भाजपासँग मिलेसँगै एनसीपी र पवार परिवारमा फुटको स्थिति आयो । त्यसपछि शरद पवार तत्कालै हर्कतमा आए ।
‘मैले यस्ता थुप्रै लडाईं देखेको छु । यो मेरा लागि नयाँ कुरा हैन,’ शरद पवारले सोमवार पत्रकारहरूसँग कुरा गर्दै बताए ।
वास्तवमा शरद पवारले दशकौंदेखि महाराष्ट्रमा सरकार बनाउने र लडाउने अनि पार्टी फुटाउने भूमिका निर्वाह गर्दै आएका छन् । तर अहिलेको घटना चाहिँ अलि भिन्न प्रकृतिको थियो किनकि उनका आफ्नै भतिजाले पार्टी फुटाउन खोजेका थिए । अजितलाई एनसीपीको मर्यादाक्रममा दोस्रो स्थानमा राखिएको छ र शरदका राजनीतिक उत्तराधिकारी उनी नै भएको बताइने गरेको छ ।
भाजपाले अजित पवार एनसीपीलाई टुक्य्राउन सफल हुनेछन् भन्ने आशामा सरकार बनाउन खोजेको थियो । हुन पनि अजितलाई एनसीपीको आन्द्राभुँडी थाहा थियो र उनी एक तप्काको पार्टी कार्यकर्तामाझ लोकप्रिय छन् । अनि कम्तीमा एक दर्जन विधायक उनका खास मानिस छन् ।
मंगलवार राति अजितले काकालाई भेटे अनि उनी पार्टीमा फर्किने अनुमान चल्न थाल्यो ।
शरद पवारले विभिन्न विषयलाई सम्हाल्नुपर्ने भएको थियो । आफूले मन पराएको भतिजोले अर्को दलप्रति बफादारिता देखाएकोमा उनी व्यक्तिगत रूपमा स्तब्ध थिए ।
‘अजितको विद्रोहले शरद पवारलाई स्तब्ध बनायो यद्यपि उनलाई भतिजो पूर्वानुमान गर्न नसकिने किसिमको मान्छे हो भन्ने थाहा थियो । तर उनी स्तब्ध अवस्थाबाट चाँडै निस्किए अनि तत्कालै आगामी कदमको योजना बनाउन थाले,’ एनसीपीका पूर्वमन्त्री तथा शरद पवारका निकटवर्तीले नाम नबताउने शर्तमा भने ।
शनिवार बिहान सखारै भतिजोले धोका दिएको स्पष्ट भएपछि शरद पवारले दलका वरिष्ठ नेताहरूलाई बोलाए अनि पार्टीका ५४ विधायकमध्ये बहुसंख्यक आफूप्रति बफादार रहेको सुनिश्चित गर्न लगाए । तीमध्ये केहीलाई उनी आफैंले फोन गरेको सहयोगीले बताए ।
त्यसलगत्तै उनले नरीमन पोइन्टमा रहेको वाईबी चह्वाण सेन्टरमा पार्टीका विधायकहरूको भेला डाके अनि अजित पवारलाई एनसीपीको संसदीय इकाइको प्रमुखबाट हटाइएको प्रस्ताव पारित गराए र उनको ठाउँमा जयन्त पाटिललाई नियुक्त गराए । उक्त भेलामा ४१ जना विधायक सहभागी थिए ।
यस बैठकलगत्तै निर्णयको जानकारी राज्यको विधानसभाको सचिवालयलाई दिइयो । रमाइलो कुरा त, पार्टीले सचिवालयलाई यसअघि अजित पवारलाई उक्त पदमा निर्वाचित गरिएको जानकारी दिएको थिएन । त्यस सूचनाले विधायकहरूमाथि ह्विप लगाउने अजित पवारको अधिकार खोसिदियो ।
आफूसँग बहुसंख्यक विधायक छन् भन्ने कुरा निश्चित गरेपछि शरद पवारले बाँकी १२ विधायकलाई पनि पार्टीप्रति बफादार बनाउन प्रयास थाले । उनलाई यसो गर्न दुई दिन लाग्यो तर अन्ततोगत्वा उनी तीमध्ये ११ जनालाई फकाउन सफल भए ।
यतिञ्जेलसम्म शरद पवारले भतिजाप्रति सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका थिएनन् । त्यसपछि उनी अजितलाई पनि पार्टीमा फर्काउनका लागि फकाउन थाले । उनले छगन भुजबल, जयन्त पाटिल, दिलीप–वल्से पाटिल र सुनील तत्करेलाई भतिजोसँग कुरा गर्न पठाए । शनिवारदेखि नै उनीहरूले तारन्तार बैठक गरे र तीन दिनसम्म विभिन्न बैठक भए । अजित पवार आफ्नो अडानमा कायम रहे । तर सोमवार उनले आफूसँग जम्मा एक विधायकको समर्थन रहेको थाहा पाए ।
यो सब हुँदै गर्दा शरद पवारलाई भाजपाले एनसीपी, शिवसेना र कांग्रेसका विधायकलाई फकाउन सक्ने सम्भावनाका बारेमा ज्ञान थियो । उनले तीनै दलका विधायकहरूलाई एकै ठाउँमा भेला पारे अनि ‘हामी १६२ छौं’ भन्ने शीर्षकमा एक भेला डाके । ‘सोमवार साँझ आयोजित सो भेलाले हामीसँग पर्याप्त संख्या रहेको र तीनै दल सँगै रहने स्पष्ट सन्देश दियो,’ शरद पवारका सहयोगीले बताए ।
‘यस भेलाले मिडियामा राम्रै स्थान पाउने र मित्र तथा शत्रु दुवैलाई सही संकेत दिने शरद पवारलाई थाहा थियो,’ उनले भने ।
अजितको ह्विप एनसीपीका विधायकहरूका हकमा लागू नहुने भनी उनले त्यसै मञ्चमार्फत स्पष्ट पारे ।
‘त्यो व्यक्ति (अजित पवार) लाई (संसदीय दलको नेताको) पदबाट हटाइएको छ । उसले हाम्रो तर्फबाट कुनै पनि निर्णय लिन पाउँदैन,’ हयात होटलमा भेला भएका १५८ विधायकका अगाडि उनले घोषणा गरे ।
‘मैले संसद्का अधिकारीहरू अनि विधानसभाका सेवानिवृत्त अधिकारीहरूसँग यसको चर्चा गरेको छु । म यसका लागि व्यक्तिगत जिम्मेवारी लिन्छु,’ पवारले आफ्ना विधायकहरूलाई आश्वस्त पारे ।
देवेन्द्र फडनवीस
पवारलाई भतिजो नियन्त्रणमा ल्याउन, विद्रोह मत्थर पार्न र भाजपा नेतृत्वको सरकार टिक्न नदिनका लागि तीन दिन लाग्यो । मंगलवार सर्वोच्च अदालतले दिएको आदेश उनका लागि वरदान साबित भयो । सर्वोच्च अदालतले फडनवीसलाई एक दिनभित्र बहुमत सिद्ध गर्न भन्यो, गोप्य मतदान गराउन दिएन अनि विश्वासमतअघि सभामुखको चयन गराउन रोक्यो ।
त्यसपछि अजित पवारले राजीनामा दिए । फडनवीस पनि उनकै बाटो लागे । साँझसम्ममा अजित माफी मागेर पार्टीमा फर्किए ।
‘पार्टीमा काकाको पकडका विषयमा अजितले खयालै गर्न सकेनछन् । शरद पवारले अजितलाई मात्र नभई फडनवीस र उनका मालिकहरूलाई समेत हराए,’ राजनीतिक विश्लेषक प्रकाश बालले बताए ।
यस जीतसँगै एनसीपीका वरिष्ठ नेता शरद पवारको महत्त्व राष्ट्रिय राजनीतिमा बढेर गएको छ । उनले आफ्नो दल र परिवारलाई टुटाउन खोज्ने भाजपाको प्रयासलाई निस्तेज पारे अनि महाराष्ट्र जस्तो महत्त्वपूर्ण राज्यमा गैरभाजपा सरकार गठनलाई सुनिश्चित गरे, विश्लेषकहरूको कथन छ ।
हिन्दुस्तान टाइम्समा प्रकाशित शैलेश गायकवाडको रिपोर्ट
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...