×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीमाथि मिर्गौला, निमोनिया, मेनेन्जाइटिस र एपेन्डिसाइटिसको पालैपालो आक्रमण !

मंसिर १२, २०७६

NTC
Premier Steels

बिहीवार बिहान १० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य क्रमशः सुधार आएको जानकारी गराए ।

Muktinath Bank

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा अस्पतालले प्रत्येक दिन बिहान र साँझ विज्ञप्तिमार्फत जानकारी दिने गरेको छ । बुधवार साँझ जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार रातिदेखि पेट दुख्न शुरू गरेपछि मंगलवार प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर ल्याइएको थियो । मंगलवार उनको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरियो । उनको शल्यक्रियामा संलग्न डाक्टरहरूका अनुसार एपेन्डिसाइटिस संक्रमित भएर फुटेका कारण पेटको अन्य भागमा पनि संक्रमण फैलिएको थियो ।


Advertisment
Nabil box
Kumari

शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । शल्यक्रियापछि केही घण्टामा उनलाई होश आएपनि मंगलवार बिहानसम्म भेन्टिलेटरमा राखेर उपचार गरियो । बुधवार बिहान उनले चिकित्सक र पारिवारिक सदस्यहरूसँग इशारामा कुरा गरे । 

Vianet communication

उनको स्वास्थ्यस्थिति क्रमश सुधारोन्मुख देखिएपछि बुधवार अपराह्न भेन्टिलेटर हटाइयो । कालो चिया र जुस पिए । बिहीवार मध्याह्न उनलाई जाउलो खुवाइएको छ । 

एक महिनाअघि कात्तिक १३ गते प्रधानमन्त्रीलाई आकस्मिकरूपमा राजधानीस्थित ग्र्याण्डी अस्पताल पुर्‍याइएको थियो । त्यतिबेला प्रधानमन्त्रीको सचिवालय टीमलाई सूचना लुकाएको आरोप लगाइयो । 

नियमित चेकअप गर्न अस्पताल लगेको भनिएतापनि त्यसदिन आईसीयूमा राखेर स्वास्थ्य परीक्षण गरियो । मिर्गौलाको डायलासिस गरियो, त्यसपछि भर्ना नै गरेर एक दिन अस्पतालमा राखियो । 

औपचारिक रूपमा भोलिपल्टसम्म त्यसलाई नियमित स्वास्थ्य परीक्षण भनेर टार्न खोजिएको थियो । कात्तिक १४ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनलाई भेटेर आएपछि मात्र उनको डायलासिस गरिएको औपचारिक जानकारी बाहिर आयो । 

त्यस दिन उनको अर्को डायलासिस गरियो र साँझ डिस्चार्ज गरियो । 

यसपालि त्यस्तो अवस्था छैन । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले दिनको दुईपटक 'प्रेस नोट' सार्वजनिक गर्ने गरेको छ । प्रधानमन्त्रीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सक मात्र नभएर सचिवालयका सल्लाहकारहरूसमेत अहिले सञ्चारमाध्यमबाट टाढा रहेका छैनन् । 

मिर्गौला, निमोनिया, मेनेन्जाइटिस र एपेन्डिसाइटिसको पालैपालो आक्रमण 

१२ वर्ष अघि प्रधानमन्त्रीको दुवै मिर्गौलाले काम गर्न छोडेपछि एउटा प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले बितेको १२ वर्षमा राम्रोसँग काम गरिरह्यो । यस बीचमा मिर्गौलाले राम्रोसँग काम गरिरहेको भएपनि अन्य रोगहरूले उनलाई आक्रमण गर्ने सिलसिला जारी राखे । 

२०६४ को साउनमा भारतको राजधानी एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि प्रत्येक ६/६ महिनामा त्यसको फलोअपका लागि ओली दिल्ली जाने गर्दथे । २०६९ सालको कात्तिक १९ गते दुवै फोक्सोमा निमोनिया भएर सिकिस्त भएपछि त्यतिबेलाका ६१ वर्षका ओलीलाई एयर एम्बुलेन्समार्फत दिल्लीको मेदान्त अस्पतालमा लगियो । 

मिर्गौला प्रत्यारोपणपछि ओलीलाई पहिलोपटक निमोनियाले फोक्सोमा आक्रमण गर्‍यो । दिल्ली लैजानुभन्दा २ दिनअघि उनलाई राजधानीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । दिल्लीमा उनलाई डेढ महिनासम्म राखेर उपचार गरिएको थियो ।

२०७० सालको मंसिरमा दोस्रो संविधानसभाको निर्वाचनमा उनको दौडधूप तीव्र भएपछि उनको हातखुट्टामा संक्रमण देखियो । हातखुट्टा सुनिन थाले । युरिक एसिड भएको पत्ता लागेपछि २ महिनासम्म औषधि सेवन गरे तर त्यसले स्वास्थ्यमा सुधार ल्याएन । त्यसपछि उनलाई दिल्लीस्थित म्याक्स अस्पतालमा लगियो । 

त्यसको डेढ महिनामै उनलाई फेरि रोगले च्याप्यो । उनलाई आएको ज्वरो र बान्ता नियन्त्रणमा आएन । उनलाई शिक्षण अस्पताल लगियो । शिक्षण अस्पतालले थाइल्याण्ड लैजान सुझाव दिएपछि २०७१ सालको वैशाखमा दोस्रोपटक उनलाई एयर एम्बुलेन्सबाट थाइल्याण्डको बैंकक लागिएको थियो । थाइल्याण्डमा उनलाई मेनेन्जाइटिस भएको पत्ता लाग्यो । 

त्यसले उनको हातमा संक्रमण फैलाएको थियो, त्यतिबेला उनको स्वास्थ्य निकै गम्भीर भएको र पुनः काममा फर्किन नसक्ने अड्कलबाजी भइरहेको थियो । त्यसलाई चिर्दै ओली सक्रिय राजनीतिमा 'रिटर्न' भए र पहिलाभन्दा धेरै सक्रिय देखिए । त्यसपछि उनी तत्कालीन एमालेको अध्यक्ष निर्वाचित भए र केही महिनामा प्रधानमन्त्री बने । त्यसले उनको व्यस्तता र सक्रियता दोब्बर बनाइदियो । 

पटक-पटक गम्भीर बिरामी पर्ने गरेका ओलीले रोगलाई 'सामान्य' ठान्दथे । २०७५ सालको कात्तिकमा पनि उनको फोक्सोमा संक्रमण देखिएपछि शिक्षण अस्पताल गएर केहीदिन उपचार गर्नुपरेको थियो । 

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई विभिन्न रोगहरूले आक्रमण गर्ने क्रम जारी राखे । मिर्गौला प्रत्यारोपणको १२ वर्षसम्म अन्य रोग लाग्नुका बावजुद पनि ठीकठाक रहनु प्रधानमन्त्रीको हकमा सुखद संयोग नै रहेको कतिपय डाक्टरहरूले बताउँदै आइरहेका छन् । 

साउनमा मिर्गौला कमजोर बन्यो । मिर्गौलाले काम नगरेपछि शरीरमा क्रीटनाइनको मात्रा अत्याधिक देखियो । त्यसपछि उनी सिंगापुर गए । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरोसिसको तयारी गरेर फर्के । भदौमा दोस्रोपटक सोही अस्पताल पुगेर प्रधानमन्त्रीले प्लाज्मा फेरोसिस गराए । 

प्लाज्मा फेरोसिस गरेको दुई महिनासम्म मिर्गौलाले सामान्य काम गरिरह्यो । तर गत कात्तिक १३ गते अचानक शरीर सुन्निन थाल्यो । त्यसपछि उनलाई ग्राण्डी लगियो ।

त्यहाँ उनको दुईपटक डायलासिस गरियो र भोलिपल्ट डिस्चार्ज गरियो । त्यसयता प्रधानमन्त्री ओली नियमित डायलासिसको प्रक्रियामा छन् । 

गत मंगलवार उनको शरीरमाथि एपेन्डिसाइटिसले आक्रमण गर्‍यो । त्यसको आकस्मिक शल्यक्रिया पनि गरियो । त्यसयता उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि रगतको नियमित डायलासिसको प्रक्रिया चलिरहेको छ । 

मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले प्रधानमन्त्रीसँग मिर्गौला प्रत्यारोपणको विकल्प नरहेको बताएका छन् तर एपेन्डिसाइटिसको शल्यक्रियापछि मिर्गौला पुनः प्रत्यारोपणमा केही जोखिम बढेको हुनसक्ने देखिन्छ ।

काफ्लेले प्रधानमन्त्रीको आत्मविश्वास उच्च भएकै कारणले यो उमेरमा पनि रोगहरूसँग लड्न सक्ने क्षमता उत्तिकै रहेको टिप्पणी गरेका छन् ।

अर्का मिर्गौला रोग विशेषज्ञ डाक्टर वर्षा श्रेष्ठले एपेन्डिसाइटिसको सर्जरीले मिर्गौला पुनः प्रत्यारोपण गर्न कुनै बाधा नपुग्ने बताए । 

लोकान्तरसँग कुरा गर्दै उनले केही हप्ताको रेस्टपछि मिर्गौला प्रत्यारोपण गर्न सकिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x