×

NIC ASIA

साग खेलकुदमा रंगशालाभित्रै मेडिकल सेन्टर

मंसिर १२, २०७६

Prabhu Bank
NTC
Premier Steels

आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद(साग) लाई लक्षित गरेर पोखरा रंगशालाभित्र मेडिकल सेन्टर स्थापना गरिएको छ ।

Muktinath Bank

यही मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेलको दौरान चोटपटक लागेको खण्डमा आकस्मिक रुपमा स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले बहुउद्देश्यीय कभर्डहलभित्र चिकित्सकसहितको मेडिकल टोली सेन्टरमा उपलब्ध रहनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साग स्वास्थ्य उपसमितिका संयोजक डा पदमबहादुर खड्काले दुई चिकित्सक, फिजियोथेराष्टि तथा नर्ससहितको स्वास्थ्य टोली बिहान ७ देखि साँझ ७ बजेसम्म दुई चरणमा १२ घण्टा उपलब्ध हुने बताए ।


Advertisment
Rupse Holidays
Nabil box
Kumari

सागका आठ खेलमध्ये पाँच खेल सञ्चालन हुने रंगशालाका विभिन्न पाँच स्थानमा प्राथमिक उपचार सामग्रीसहितको प्यारामेडिसिनको टोली रहने बताइन्छ ।

Vianet communication

मेडिकल सेन्टरमा बाहेक खेलस्थल, आवासस्थलमा उपलब्ध हुनेगरी १५ चिकित्सक, १५ फिजियोथेरापिष्ट तथा ३० पारामेडिक्सलाई परिचालन गरिएको उनले जानकारी दिए ।

“साग देशको प्रतिष्ठाको विषय हो, खासगरी कुनै पनि स्वास्थ्य समस्या आइपरेमा प्रभावकारी समाधानका लागि आवश्यक प्रबन्ध गरिएको छ”, खड्काले भने ।

सेन्टरमा हाडजोर्नी तथा दन्त चिकित्सक, नर्स, सिएमए, फिजियोथेरापिस्ट, स्ट्रेचर, प्राथमिक स्वास्थ्य सामग्री, औषधिलगायत अत्यावश्यक बस्तु रहने फिजियोथेरापिस्ट डा खड्गसिंह गुरुङले बताए ।

त्यसैगरी रंगशाला बाहिर सञ्चालन हुने तीन खेलस्थलमा प्राथमिक उपचारका लागि टोली रहने बताइन्छ । बिच भलिबल, ट्रायाथोलन र भारत्तोलन रंगशाला बाहिर सञ्चालन हुँदैछ ।  

खेलको क्रममा बाहेक अन्य समयमा खेलाडी, अफिसियल तथा पाहुनालाई प्राथमिक स्वास्थ्य सेवाका लागि खेलाडीको मुख्य आवास क्षेत्र लेकसाइडको एक होटलमा २४ सै घण्टा तैनाथ हुने गरी मेडिकल टोली राखिने बताइन्छ ।

खेलाडीलाई कुनै समस्या आइपरेमा तत्काल सम्बन्धितस्थलमा पुग्ने र उपचार उपलब्ध गराउने तयारी समितिको छ ।

खेल अवधिभर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको मेडिकल टोलीसँग समन्वय भएकाले थप एम्बुलेन्ससहितको स्वास्थ्य टोली उपलब्ध हुने बताइन्छ ।
 
सागका आठ खेलका लागि पोखरामा स्वदेशी तथा विदेशी गरी  ८४० खेलाडी तथा अफिसियल सहभागी हुँदैछन् ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ तथा साग पोखरा सहजीकरण समितिका संयोजक एवं प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले आज मेडिकल सेन्टरको उद्घाटन गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x