×

NIC ASIA

सागका लागि सिंगारियो रंगशाला, नेपालको झण्डा पारसले बोक्ने

मंसिर १३, २०७६

Prabhu Bank
NTC
Premier Steels

तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको १३औं दक्षिण एशियाली खेलकुद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तरराष्ट्रियस्तरको दशरथ रंगशाला बेहुलीझैं सिंगारिएको छ । सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रंगशालामा बलेको झिलीमिली बत्तीले माहोललाई उत्साहित बनाएको छ । आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ ।

Muktinath Bank

रंगशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अंकित झण्डा टाँगिएका छन् । विगत केही वर्षयतादेखि छायाँमा परेको दशरश रंगशालाले साँच्चिनै बेहुलीले झै ध्यान तानेको छ शहरवासी र खेलप्रेमीको । रंगशाला मात्र होइन, राजधानी काठमाडौं नै अहिले सजिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलकुदका विभिन्न ब्यानर, मस्कट लोगो, अफिसियल राष्ट्रको लोगो र नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

सागका लागि काठमाडौंमा विदेशी खेलाडी तथा अफिसियलको आगमन पनि बढ्दो छ । तेस्रोपटक आयोजनाको मौका पाएको सागमा नेपालले कुनै कमी कमजोरी नराखी तयारीमा जुटेको छ ।

Vianet communication

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रंगशालामा बाँकी रहेका केही काम आज रातिसम्म सम्पन्न गरिने बताए । 'म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु, आज रातिसम्म दशरथ रंगशाला तयार हुनेछ', उनले भने, 'अब रंगशाला परिसर र खेलस्थलको केही सरसफाइको काम बाँकी छ, त्यो पनि आज रातिसम्म पूरा हुनेछ ।' 

सागको टिकट व्यवस्था

सागमा हुने खेलका लागि इ–सेवाले अहिले बास्केटबल, फुटबल र भलिबल खेलका टिकट अनलाइनमार्फत बिक्री गरिरहेको छ । सागमा खेल हेर्न चाहने व्यक्तिले सागको इ–सेवाडटकमडटएनपीमा गएर टिकट खरीद गर्न सकिने राखेपले जनाएको छ ।

समूह चरणअन्तर्गतको फुटबल खेल हेर्नका लागि दरशरथ रङ्गशलामा भीआईपी प्यारापिटतर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ रु ५०० टिकट तोकिएको छ । यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्रिकेट खेलतर्फ भने नेपालको खेल हुँदा रु ५०० र अन्य देशबीचको खेल हँुदा रु २०० टिकट मूल्य तोकिएको छ ।
 
त्यसैगरी सागमा काठमाडौंमा हुने सवारी जामलाई व्यवस्थित गर्नका लागि ठूला मालबाहक सवारी साधनलाई रिङ्रोडभित्र प्रवेश नगर्न अनुरोध गरिने, दशरथ रंगशाला वरिपरिका सवारी मार्गमा वानवे लागू गर्ने, उद्घाटनका दिन रिङरोडभित्र बिजोर र समापनमा जोड नम्बरका सवारी साधनमात्र चलाउन पाउने नियम लागू गरिएको राखेपले जनाएको छ ।

त्यस्तै दर्शकका लागि पार्किङस्थल टुँडिखेलमा तोकिएको छ । सो स्थानमा पार्किङ गर्न काठमाडौं मल अगाडिको ढोका प्रयोग हुनेछ । रंगशालाभित्र भने भीभीआईपीको सवारी पार्किङ हुनेछ ।
 
मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने सम्भावना

यही मंसिर १५ गते हुने सागको उद्घाटनमा हुने मार्चपासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई नेपालको झण्डा बोक्न दिने गरी सिफारिश गरिएको छ । सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिश गरेको हो ।
 
केही महिनाअघि मात्र राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिनुभएका पूर्वकप्तान खड्कालाई मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्न दिने गरी सिफारिश गरिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिए ।

साग काठमाडौं, पोखरा र जनकपुरमा यही मंसिर १५ देखि २४ गतेसम्म हुनेछ । सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा विशेष समारोहबीच गर्ने कार्यक्रम तय भएको छ ।

राखेपको अनुसार उद्घाटनसत्र करीब सवा तीन घण्टाको हुनेछ । मार्चपासपछि नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । प्रतियोगितामा भाग लिन भारत, बंगलादेश, भूटान, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाका खेलाडी, प्रशिक्षक तथा अफिसियल आउनेक्रम शुरू भइसकेको जनाइएको छ । मुना कार्की/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x