बलिउड अभिनेता कार्तिक आर्यन र सारा अली खानको जोडी सबैले चर्चा गर्छन् । यो जोडीको कामको प्रशंसा पनि उत्तिकै हुने गरेको छ ।
अहिले पनि उनीहरूका फ्यानहरू नयाँ चलचित्रको प्रतीक्षामा छन्, जसमा आर्यन र साराको जोडी जमेको छ । यी दुईले ‘लव आजकल’ चलचित्रमा सँगै भूमिका निभाएका छन् ।
यसै क्रममा आर्यनको एक भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा आर्यनले सारालाई आफ्नो पत्नी बनाउन चाहेको बताएका छन् ।
उनको यो भिडियो सार्वजनिक भएसँगै अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । धेरैले आर्यनलाई शुभकामना दिएका छन् ।
केही समयअघि मात्रै साराले आर्यनसँग डेट जान चाहेको बताएकी थिइन् ।
लोकान्तर संवाददाता