चिया नपिइ काम नगर्ने यो घोडा, सामाजिक सञ्जालमा भाइरल [भिडियोसहित]

सामान्यतया हामीले हरेक दिन चिया पिएर मात्रै आफ्नो कामको शुरूवात गर्छौं ।

अझै भनौं, हामीमा चिया पिउने लत यति धेरै छ कि एक दिनमा पटक पटक चिया पिउन हामी तयार हुन्छौं ।


Advertisement

तर यहाँ एक यस्तो घोडाको कुरा गरिँदै छ जसले प्रत्येक बिहान चिया नपिइकन कुनै काम शुरू गर्दैन ।

यस घोडाको नाम जेक भएको बताइएको छ, जसले विगत १५ वर्षदेखि इंल्याण्डको मर्सीसाइड पुलिस विभागमा काम गरिरहेको छ ।


Advertisement

यस घोडाले बिहान काम शुरू गर्नु पूर्व एक कप चिया पिउँछ । यो उसको लत नै भइसकेको छ । 

डेली मेलका अनुसार, ‘जेकले एक पटक आफ्नो ट्रेनरको कपको चिया पिएको थियो । २० वर्षीय यस घोडालाई अहिले आफ्नो ट्रेनरको कपको चिया पिउने बानी नै परेको छ ।

उसले कुनै पनि काम बिहान चिया नपिइ शुरू गर्दैन । 

सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै मर्सीसाइड प्रहरीले लेखेका छन्, ‘जेक आफ्नो बेडबाट तबसम्म निस्कँदैन, जबसम्म उसले चिया पिउँदैन ।’ 

अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । 

कमेन्ट गर्नुहोस्