×

NMB BANK
NIC ASIA

साग महिला फूटबलमा भारतसँग नेपाल पराजित

मंसिर २१, २०७६

NTC
Premier Steels

काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग पराजित भएको छ ।

Muktinath Bank

पोखरा रंगशालाको फूटबल मैदानमा शनिवार लीग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लीगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले शनिवारको खेल औपचारिकताका लागि मात्र थियो ।


Advertisment
Nabil box
Kumari

भारतको जीतमा खेलको पहिलो हाफको १८ औं मिनेटमा एनजी बाला देवीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

Vianet communication

डेङ्गमी ग्रेनसले प्रहार गरेको ‘कर्नर किक’लाई अनमार्क रहेकी एनजी देवीले हेडमार्फत सेकेण्ड बार च्याप्दै बललाई पोस्टको दिशा दिएकी थिइन् । खेलमा फर्कन कडा मेहनत गरेको नेपालले बराबरीका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । नेपालका फरवार्ड सावित्रा भण्डारीलाई विपक्षी खेलाडीले शनिवार खुलेर खेल्ने मौका नै दिएनन् ।

समूह चरणका ३ खेल जितेको भारत ९ अंकसहित समूह विजेता बनेको छ भने नेपाल २ खेलमा जीत र १ खेलमा हारसँगै ६ अंकका साथ समूह उपविजेता बन्यो । नेपाल र भारतले पुनः आगामी मंसिर २३ गते स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले विपक्षी टोलीले पाएको कर्नर बल रोक्न नसोक्नु टोलीका लागि दुर्भाग्य भएको बताउँदै फाइनल खेलमा गल्ती कम गर्दै स्वर्णका लागि खेल्ने बताए ।

भारतीय टोलीका प्रशिक्षक मेयामोल रकीले खेलाडीको प्रदर्शनभन्दा पनि खेलको नतिजासँग आफू सन्तुष्ट रहेको बताउँदै खेल अत्यन्त प्रतिष्पर्धापूर्ण रहेको प्रतिक्रिया दिए । महिला फुटबलमा तेस्रो स्थानका लागि शनिवार भएको स्पर्धामा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलंकालाई पराजित गर्दै कास्य पदक जितेको छ । 

मंसिर १७ गतेदेखि शुरू भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x