पुस १९, २०८०
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
मंसिर २२, २०७६
निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्री पद खुस्किएको २ सातासम्म पनि २ वटा सरकारी गाडी फिर्ता नगरेको भनी गत बुधवार लोकान्तरमा समाचार प्रकाशित भयो ।
समाचार प्रकाशित भएको भोलिपल्टै ती गाडी फिर्ता गरेर महासेठ आफूले पहिल्यै गाडी फिर्ता गरेको भनी प्रचारबाजीमा उत्रिएका छन् ।
समाचारको खण्डन भनी आफूनिकट केही अनलाइनमा उनको सचिवालयले जारी गरेको विज्ञप्ति प्रकाशन गरिएको छ, जबकि लोकान्तरलाई भने आधिकारिक रूपमा कुनै खण्डन प्राप्त भएको छैन ।
उनले सुविधामा लिएका गाडीमध्ये २ वटा फिर्ता नभएको भनेर हामीले समाचार प्रकाशन गरेका थियौं । समाचार प्रकाशन गर्दासम्म ती दुईमध्ये एक गाडी महासेठको जनकपुरस्थित निवासमा थियो भने अर्को एक गाडी श्रीमती जुली महतोले प्रयोग गर्ने गर्थिन् ।
महासेठले सुविधाका नाममा आसेपासेलाई समेत पुग्नेगरी कसरी गाडी लिएका थिए, अनि क–कसले प्रयोग गर्थे त्यसबारे बुझ्न अलि गहिराइमा पुग्नुपर्ने हुन्छ । स्रोतका अनुसार उनले ७ वटा गाडी लिएका थिए, त्यसमध्ये ६ वडा गाडीको विवरण लोकान्तरले प्राप्त गरेको छ ।
अर्को एउटा गाडी उनले कुनै एक आयोजनाबाट लिएका थिए, उक्त गाडी फिर्ता भए/नभएको अझै यकिन हुन सकेको छैन । यो सूचना हामीलाई पहिला नै प्राप्त भएको थियो, पुष्टि हुन नसकेकाले अघिल्लो समाचारमा प्रकाशन गरेका थिएनौं ।
७ वटा गाडी प्रयोग गर्थे, यी हुन् तीमध्ये ६ गाडी !
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालयबाट औपचारिक रूपमा (रेकर्डमा देखिने गरी) २ वटा गाडी लिएका थिए, बा१झ ४०२९ र बा२झ १०८९ ।
४०२९ नम्बरको गाडी सडक विभागको हो भने १०८९ नम्बरको गाडी गृहमन्त्रालयले उपलब्ध गराएको थियो, जुन कुरा मन्त्रालयले तत्कालीन समयमा उपलब्ध गराएको विवरणमा पनि देखिन्छ ।
४०२९ त्यही गाडी हो, जुन उनी पुल शिलान्याश गर्न स्याङ्जा पुग्दा दरौं खोलामा डुबेको थियो । मन्त्रीको गाडी खोलामा डुबेपछि चौतर्फी आलोचना र चर्चा भयो, सामाजिक सञ्जालमा तस्वीरहरू पनि भाइरल बने ।
सडक विभागबाटै उनले अर्को गाडी पनि लिएका थिए, बा२झ १०७० । उक्त गाडी महासेठले जनकपुरस्थित घरमा राखेका थिए ।
‘तत्कालीन मन्त्री (रघुवीर महासेठ)ज्यू जनकपुर जाँदा पनि उक्त गाडी प्रयोग गर्नुपर्ने अवस्था थिएन, उहाँ प्लेनमा गएपनि काठमाडौंबाट झण्डावाल रित्तो गाडी उहाँका लागि जान्थ्यो, नभए त्यहीँको डिभिजन कार्यालयको गाडी प्रयोग गर्नुहुन्थ्यो,’ स्रोतले लोकान्तरसँग भन्यो ।
घरमा राखिएको उक्त गाडी परिवारका सदस्य र आसेपासेका लागि थियो ।
महासेठसँग चौथो गाडी पनि थियो, बा२झ २२१५ । पुल्चोकस्थित मन्त्री क्वार्टरमा नै राखिएको उक्त गाडी महासेठपत्नी जुली महतोले प्रयोग गर्थिन् । महतो सांसद समेत हुन्, तर सांसदका रूपमा उनलाई सवारी सुविधा उपलब्ध हुँदैन ।
आफ्ना लागि २ वटा गाडी हुँदाहुँदै पनि श्रीमतीका लागि र जनकपुरस्थित घरमा राख्नका लागि अतिरिक्त २ गाडी महासेठले लिएका थिए ।
यस अतिरिक्त उनका पीएले बा२झ ३४४८ नम्बरको गाडी प्रयोग गर्ने गरेका थिए, त्यो पाँचौं गाडी हो ।
छौटौं गाडी भने पछि खरिद गरियो । स्याङ्जास्थित खोलामा ४०२९ नम्बरको गाडी डुबेपछि गत असारको अन्तिममा मन्त्रीले नै प्रयोग गर्ने गरी सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाले प्रदेश ३– ०१– ००२ झ ४८६२ नम्बरको गाडी खरिद गर्यो ।
महासेठले फिर्ता गरेर हालका मन्त्री वसन्त नेम्वाङले प्रयोग गरिरहेको उक्त गाडी नयाँ खरिद गरी गत असार २५ गतेका दिन दर्ता भएको थियो ।
मन्त्री नयाँ गाडी चढ्न थाले, डुबेको गाडी भने मर्मतका लागि ग्यारेजमा पुग्यो । यसबीचमा महासेठको जनकपुरस्थित घरमा उनका आसेपासे र कार्यकर्ताले प्रयोग गर्नेगरी थन्किएको १०७० नम्बरको गाडीसम्बन्धी समाचार प्रकाशित भयो, त्यसपछि उनले उक्त गाडी फिर्ता गरेर ४०२९ नम्बरको गाडी जनकपुर पठाए ।
मिडियाको आँखा छल्न १०७० नम्बरको गाडी फिर्ता गरेपनि उनले त्यसको ‘रिप्लेसमेन्ट’ ४०२९ नम्बरको गाडीबाट गरिसकेका थिए ।
त्यतिबेला फिर्ता भएको १०७० नम्बरको गाडी अहिले पोखरास्थित सडक विभागको डिभिजन कार्यालयमा पुगेको छ ।
स्याङ्जामा डुबेको ४०२९ नम्बरको गाडी मर्मत भएर आएपछि जनकपुरस्थित आफ्नो घरमा पठाएका थिए, उनले । ४०२९ को साटो महासेठलाई प्रयोग गर्न ४८६२ नम्बरको नयाँ प्राडो उपलब्ध थियो, साथमा गृहमन्त्रालयले उपलब्ध गराएको गाडी पनि । श्रीमतीले चढिरहेको २२१५ नम्बरको गाडी यथावत नै थियो ।
मन्त्रीबाट पदमुक्त भएपछि महासेठले गृहमन्त्रालयले उपलब्ध गराएको १०८९ र नयाँ किनेको ४८६२ नम्बरको गाडी फिर्ता गरे, जसलाई उनले आफू पदमुक्त भएलगत्तै गाडी फिर्ता गरेको भनेर गरिएको प्रचारबाजीमा उल्लेख गरेका छन् ।
पिएले प्रयोग गर्ने ३४४८ नम्बरको गाडी बिग्रिएर मर्मतमा गएको थियो । मर्मतबाट फिर्ता हुँदा मन्त्री महासेठ आफ्नो कार्यकालको अन्तिम चरणमा थिए । उक्त गाडी त्यसपछि हाल मन्त्रालयका उपसचिव विष्णु शर्माले प्रयोग गरिरहेका छन् ।
यति सबै हुँदा पनि महासेठसँग जनकपुरस्थित घरमा पठाइएको बा२झ ४०२९ र श्रीमती जुली महतोले प्रयोग गर्ने गरेको बा२झ २२१५ नम्बरको गाडी बाँकी नै थियो, जुन फिर्ता गरेका थिएनन् ।
हामीले समाचार प्रकाशन गरेको यही दुई गाडीबारे हो ।
पढ्नुहोस्, लोकान्तरमा प्रकाशित समाचार :
धनाढ्य पूर्वमन्त्री महासेठले फिर्ता गरेनन् सवारी, सरकारी गाडीमा श्रीमती जुलीको समेत रजाइँ !
लोकान्तरमा समाचार प्रकाशित भएको भोलिपल्टै महासेठले ती दुई गाडी फिर्ता गरे । जनकपुरस्थित घरमा रहेको ४०२९ नम्बरको गाडी दमकस्थित सडक विभागको कार्यालयमा पुगेको छ भने २२१५ नम्बरको गाडी काठमाडौंमा नै छ ।
‘तपाईंहरूले समाचार प्रकाशन गरेपछि गाडी फिर्ता भयो, हामी लोकान्तरको समाचारबाट एकदमै खुशी भएका छौं,’ सडक विभागका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरसँग भने ।
स्रोतका अनुसार महासेठले मन्त्रालयमा फोन गरेर गुनासो समेत गरेका थिए । ‘मैले गाडी फिर्ता गरिहाल्थें नि समचार नै दिनुपर्छ र भन्दै उहाँले मन्त्रालयमा फोन गर्नुभयो,’ एक कर्मचारीले भने ।
मन्त्रीले प्रयोग गर्ने गाडीहरूको आधिकारिक रेकर्ड नै नहुने सडक विभागका एक कर्मचारी बताउँछन् ।
‘मन्त्रीज्यूले फोन गरेपछि दिन्न भन्ने कुरा भएन, डिजीलाई फोन आउँछ, पठाउनै पर्यो,’ सडक विभागका ती कर्मचारीले भने, ‘हामीले अनौपचारिक रूपमा आन्तरिक रेकर्ड भने राखेका हुन्छौं, औपचारिक रूपमा हस्तान्तरण भएको हुँदैन ।’
लोकान्तरमा समाचार आएको भोलिपल्ट गाडी फिर्ता गरेर उनी प्रचारबाजीमा उत्रिएका हुन् । समाचार असत्यता भए, कुनै गुनासो भए समाचार प्रकाशन गर्ने मिडियालाई नै खण्डन उपलब्ध गराउनुपर्ने हो, तर महासेठ खण्डनको नाममा अन्य विभिन्न अनलाइनमार्फत प्रचारबाजीमा उत्रिएका छन् । जसबाट पनि उनले गरेको गलत काम र गलत नियतको पुष्टि हुन्छ ।
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...