×

NMB BANK
NIC ASIA

२ अर्ब जोगाउने नारा लगाउँदै निगमले गर्‍यो ६८ करोड फजुल खर्च

मंसिर २६, २०७६

NTC
Premier Steels

व्यवस्थापनको चरम लापरबाहीका कारण नेपाल वायुसेवा निगमले एक वर्षमा ६८ करोडभन्दा बढी फजुल खर्च गरेको पाइएको छ । सामान्य पार्टस् मर्मत गर्नुको साटो भाडामा लिने तथा अनावश्यक रुपमा विदेशी पाइलट भर्ती गरेर निगमले एक वर्षमा सो रकम फजुल खर्च गरेको हो । 

Muktinath Bank

एक महिनाअगाडि मात्रै निगमको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यकारी अध्यक्ष मदन खरेलले खर्च कटौतीमार्फत एक वर्षमा २ अर्ब बचाउने घोषणा गरेका थिए । एपियू मर्मत नगर्दा ३४ करोड स्वाहानेपाल वायुसेवा निगमको एयरबस ३२०–२०० सिरिजका दुई जहाजको इन्जिन स्टार्ट गर्ने मेसिन एक्ज्युलरी पावर युनिट (एपियू) मर्मत नगर्दा मात्रै ३४ करोड रुपैयाँ फजुल खर्च भइसकेको छ । निगमको न्यारोवडी एयरबस ३२० ‘लुम्बिनी’ र ‘सगरमाथा’मा एपियू मर्मत नगरी भाडामा प्रयोग भइरहेको छ । लुम्बिनी जहाजको एपियू गत माघ २६ गते र सगरमाथाको एपियू जेठ १५ देखि बिग्रिएको छ । एपियू, जहाजको मुख्य इन्जिन स्टार्ट गर्ने र इन्जिन स्टार्ट हुनुअघि जहाजमा एयर कन्डिसनिङलगायत अन्य विद्युतीय उपकरण सञ्चालन गर्ने मेसिन हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी उपकरण भाडामा लिएर लुम्बिनी जहाज १ सय ८२ पटक र सगरमाथा जहाजमा १ सय १८ पटकसम्म प्रयोग भएको छ । भाडामा लिएर एपियू र जिपियू प्रयोग गर्दा लुम्बिनी जहाजमा मात्रै हालसम्म १५ करोड ६९ लाख ६० हजार रुपैयाँ बढी खर्च भएको छ । त्यस्तै, सगरमाथामा १२ करोड ६१ लाख रुपैयाँ बढी खर्च भएको छ । तर, सो मेसिन ५० लाख रुपैयाँ खर्च गरेर १५ दिनमै बनाउन सकिने निगम स्रोतको भनाइ छ । त्यस्तै, नयाँ खरिद गर्दा पनि ४ करोडमा अन्तर्राष्ट्रिय बजारमा यो मेसिन सहजै पाइन्छ । ८ करोड खर्चेर नयाँ मेसिन नै आउने भए पनि कमिसनको लोभमा निगम व्यवस्थापनले दुई थान एपियू भाडामा प्रयोग गरिरहेको हो ।  


Advertisment
Nabil box
Kumari

निगमले हाल भाडामा लिएको एपियूको दैनिक ७ सय ५० डलर र एक घन्टाको ७९ डलर तिर्नुपर्छ । त्यस्तै, जिपियू प्रयोग गरेबापत एकपटकको १ हजार ८ सय डलर तिर्नुपर्छ । 

Vianet communication

लुम्बिनी जहाजमा १ सय ८२ पटक जिपियू प्रयोग गर्दा हालसम्म १५ करोड ६९ लाख ६० हजार रुपैयाँ खर्च भइसकेको छ । त्यस्तै, सगरमाथा जहाजमा १ सय ७४ दिन एपियू प्रयोग गरेर १ करोड ४८ लाख खर्च गरिएको छ । सोही जहाजमा १ सय १८ दिन जिपियू प्रयोग गरेबापत ९ करोड ६७ लाख ८६ हजार रुपैयाँ र एपियूको प्रतिघन्टाका दरले ७८ लाख ७३ हजार रुपैयाँ खर्च गरिएको छ । यसरी सगरमाथामा कुल १२ करोड ६१ लाख ५४ हजार रुपैयाँ खर्च गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x