×

NMB BANK
NIC ASIA

बम बिस्फोट

कसरी भयो धनुषामा बम विस्फोट ? यस्तो छ छोरा र नाति गुमाउने घाइते भिखारी साहको बयान

मंसिर २८, २०७६

NTC
Premier Steels

धनुषामा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित  एकै घरका बुवा र छोराको मृत्यु भएको छ ।

Muktinath Bank

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा शुक्रवार राति ११ बजेतिर बम विस्फोट हुँदा ४५ बर्षीय राजेश साह र उनको १५ बर्षीय छोरा आनन्द साहको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल सम्म उक्त घटनामा कुल ३ जनाको मृत्यु भएको छ भने घाईते भएका थप ४ जनाको उपचार भई रहेको छ । घटनामा परेर मृतक आनन्दका कान्छो छोरा १५ बर्षीय प्रेम कुमार साह र छोरी अन्जली कुमारी साह पनि घाईते भएका छन् । घाइते भएका ती दुवै जना भाई बहिनीहरुको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ ।


Advertisment
Nabil box
Kumari

त्यसै गरी घाइते भएका अबस्थामा प्रहरी निरीक्षक दाहाल सहित  घाइते भएका अर्का प्रहरी राजनाथ महतो लाई पनि थप उपचारका लागि धरान पठाईएको थियो । तर, प्रहरी निरीक्षक दाहालको उपचारकै क्रममा शनिवार बिहान ७  बजे तिर मृत्यु भएको डिएसपी कार्कीले लोकान्तरलाई बताएका छन् । त्यसै गरी घटनामा परेर घाइते भएका मृतक राजेशका ७० बर्षीय बुवा भिखारी साहको जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ ।

Vianet communication

घाइते भिखारी साहको बयान 

मेरो महेन्द्रनगरमा दुई ठाउँमा घर छ । एउटा घरमा छोरा बुहारीहरु बस्छन भने अर्को घरमा म आफ्नो श्रीमती संग बस्दै आएको छु । राति ११ बजे को समय थियो होला । मेरो छोरा राजेश पिसाब गर्न घरको शौचालय तथा चापाकल भएको  गेट तिर निस्किएका थिए । त्यतिकैमा उनले गेटमा झोलामा केही शंकास्पद बस्तु झुन्ड्याएको देखे ।

अनि राजेश घर नजिकै रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा पुगे र जानकारी गराए । त्यतिकैमा म पनि घरमा पुगी सकेको थिएँ । त्यहाँ पुग्दा प्रहरीको भान दुई पटक सडकमा आवागामन गर्दै थियो । इन्स्पेक्टर सा’ब पनि प्रहरी टोली लिएर पुग्नु भएको थियो । झोलामा झुन्ड्याइएको बस्तुलाई उहाँले छोएर हेर्र्ण थाल्नु भयो । केही पनि छैन भनेर भन्दै झोलालाई छाम्न थाल्ने बित्तिकै ठुलो आवाज सहित पड्कियो । त्यस पछि म पनि बेहोस भएन, के भयो भन्ने कुरा थाहै हुन सकेन ।

घाइते भएका भिखारीलाई बिहान मात्र थाहा भएछ की उनले त्यो घटनामा आफ्ना छोरा र नाति समेत गुमाई सकेका छन् । ‘पुरै स्नासार नै एकै छिनमा ध्वस्त भयो,’ भन्दै उनी आँखाबाट बगेको आँसुलाई थाम्न सकिरहेका छैनन् । उनको टाउकोमा चोट लाग्नुको साथै देब्रे आँखामा लागेको चोटका कारण देख्न नसकिएको उनले लोकान्तरलाई बताए ।

राजेश महेन्द्रनगरमैं औषधि पसल संचालन गर्दै आएका थिए । क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारका अनुसार राजेश सामान्य औषधिको पसल संचालन गरेर जिबिको पार्जन गर्दै आउनुका साथै ब्याजमा समेत रुपैयाँ लगानी गर्ने तथा लेनदेन गर्दै आएका थिए । कसै संग लेनदेनको बिबाद थियो वा अन्य केहि कुरा त्यस बारे अहिले सम्म कुनै कुरा खुल्न नसकेको पजियारले बताए । ‘राजेशले कसैलाई रुपैयाँ पैसा लगानी गरेको हुन सक्छ र ती मान्छे बिगतमा माओबादी वा जनतान्त्रिक समुहमा लागेर बम बनाउन सिकेको व्यक्तिले समेत बम राखेको हुन सक्ने मेरो अनुमान छ,’ मेयर पजियारले भने, ‘त्यो मेरो अनुमान मात्र हो, थप कुरा त प्रहरीले अनुसन्धान बाट बाहिर ल्याउनेछ ।’  घटना भएको राजेशको मेयर पजियार छिमेकी पनि हुन् । ‘ घटनास्थल भएको राजेशको घर र मेरो घर बीचको दुरी ५० मिटरको मात्रै छ,’ मेयर पजियारले भने, ‘अत्यन्तै दुखद घटना भयो ।’

शंकास्पद बस्तु बम नै हो भन्ने एकिन गर्न प्रहरी निरीक्षक दाहालले आफैं झोला नाछामेर नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर निष्क्रिय गराउन सकेको भए त्यत्रो ठुलो दुर्घटनाबाट जोगिन पनि सक्निथ्यो । एता प्रहरीले भने घटनाको थप अनुसन्धान गरिरहेको छ । कसले र किन बम राजेशको घरमा राख्यो भन्ने कुरा प्रहरीले अहिले पत्ता लगाउन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x