राजधानी र नामाकरण सिफारिस समितिको प्रतिवेदन : नाम लुम्बिनी, स्थायी राजधानी तीन ठाउँ प्रस्ताव

प्रकाश आचार्य
प्रकाश आचार्य

आचार्य लोकान्तरका प्रदेश ५ प्रतिनिधि हुन् ।

प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ । पटक–पटक आलोचित हुुँदै आएको समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम लुुम्बिनी र स्थायी राजधानी तीन ठाउँ उपयुक्त हुुनेछन् भनेर सिफारिस गरेको बताइएको छ ।

स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको हो । 


Advertisement

प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुंगो लगाउने संवैधानिक व्यवस्था छ । समितिका सभापति दीपेन्द्रकुमार पुन मगरले सोमवार प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलाई समिति प्रतिवेदन बुझाउने बताए । 

‘हामीले केही ढिलो भए पनि प्रतिवेदनलाई पूर्णता दियौं,’ पुनले लोकान्तरसँग भने, ‘सदन खुलेपछि प्रतिवेदनको सम्पूर्ण जानकारी बाहिर आउँछ ।’ पुनले थपे, ‘भारतको चण्डीगढ पनि गएर त्यहाँ राजधानी र नामाकार कसरी गरिएको रहेछ भनेर पनि अन्ययन गरियो । त्यसपछि आइतवार बसेको समितिको बैठकल प्रतिवेदनलाई अन्तिम रूप दिएका हौं ।’ 


Advertisement

झण्डै तीन महिना अन्त्य भएको अधिवेशन सरकार आह्वान गरेको छैन । प्रतिवेदन आगामी अधिवेशनमा प्रस्तुत हुनेछ । विशेष समिति गएको यही मंसिर २१ देखि २७ गतेसम्म समितिको दश जनाको टोली भारतको चण्डीगढ र हरियानाको भ्रमण गरेको थियो । दाङबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेल दाङ प्रदेश राजधानी हुनुपर्ने अडान र रुपन्देहीका नेकपा महासचिव विष्णु पौडेल बुटवल नै स्थायी राजधानी हुनुुपर्ने दबाबले राजधानी टुंगो लाग्न नसकेको बताइएको छ । 

प्रदेशसभा गएको दुई वर्ष पुग्न लाग्दा समेत सरकारले स्थायी राजधानी र टुंगो लगाउन सकेको छैन । सात प्रदेशमध्ये प्रदेश पाँच, तीन र दुई नम्बर प्रदेशले स्थायी राजधानी र नामाकरण गर्न सकेका छैनन् । 

कमेन्ट गर्नुहोस्