×

NMB BANK
NIC ASIA

नेकपा बैठकको खाजा– चिकेन चिउरादेखि हनी ओट्ससम्म

पुस ६, २०७६

NTC
Premier Steels

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमदेखि सरकारको काम कारवाहीको समीक्षा र पार्टीको संगठनसम्मका धेरै विषयमा घनीभूत छलफल भयो । 

Muktinath Bank

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक एक साता चल्यो । मंसिर २९ गतेदेखि शुरू भएको स्थायी समिति बैठक पुस ४ गते एक दिनबाहेक लगातार बस्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान ११ बजे बैठक शुरू गर्ने र अपराह्न ३ देखि ४ बजेभित्र समापन गर्ने गरी लगातार ७ दिन बैठक चल्यो । 


Advertisment
Nabil box
Kumari

बैठक चलेको दिन नेताहरूलाई पार्टी केन्द्रीय कार्यालयमै चिया नास्ताको व्यवस्था थियो । 

Vianet communication

नेताहरूका लागि खाजाको मेन्यूमा नयाँ कुरा भने थिएन । 

कतिपय नेता सुगरका बिरामी रहेको भन्दै सबैलाई फाइदा हुने खाजा मेन्यूमा समावेश गरिएको थियो । 

‘हिजो–अस्ति दूधमा भिजाएको ओट्स (जौको चिउरा) र मह थियो । समापनको दिनमा भने चिकेन चिउरा, चना र दही थियो,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘दुईपटक ब्ल्याक टी वा ब्ल्याक कफीको व्यवस्था पनि थियो ।’

खाजा खाने बेलामा नेताहरूबीच हाँसो ठट्टा पनि चल्ने गर्थ्यो । आइतवारको बैठक समापनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कमरेडहरू केही बोल्न भए अझै बैठक लम्ब्याउँ ?’ भनेर ठट्टा गरेका थिए । 

शुरूमा दुई दिनमै बैठक सम्पन्न गर्ने तयारी रहेको भएपनि सदस्यहरूले खुलेर आफ्नो धारणा राखुन् भनेर बैठक ७ दिन लम्ब्याउनु परेको प्रचण्डले बताए । 

बैठकको अन्तिम दिन प्रचण्डले झण्डै तीन घण्टा लामो समापन मन्तव्य राखेका थिए ।

पुस २३ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गर्दै स्थायी समिति बैठक आइतवार समापन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x