पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
पुस २४, २०७६
इरानका शीर्ष सैन्य कमान्डर कासिम सुलेमानीलाई इराकी भूमिमा अमेरिकाले हत्या गरेपछि इरान र अमेरिकाबीच चर्केको तनाव युद्धमा परिणत हुनै लाग्दा तत्कालका लागि भने टरेको देखिएको छ ।
इरानले सुलेमानी हत्याको प्रतिकारका लागि इराकमा रहेका दुई अमेरिकी सैन्य अड्डामा बुधवार बिहान क्षेप्यास्त्र प्रहार गरेको थियो तर तिनले मानवीय क्षति नगराएको बताइएको छ ।
सीएनएनमा प्रकाशित समाचारअनुसार, इरानले इराकलाई क्षेप्यास्त्र आक्रमणको पूर्वसूचना दिएको थियो अनि इराकले अमेरिकालाई त्यो सूचना प्रवाह गर्यो । त्यसपछि इर्बिल र अल–असदमा रहेको अमेरिकी सैन्य अड्डामा रहेका सैनिकहरू बंकरमा लुक्न गए । इरानी क्षेप्यास्त्रले उनीहरूलाई कुनै असर पारेन ।
त्यसैले आक्रमणलगत्तै अमेरिकी समयअनुसार मंगलवार बेलुका ट्रम्पले ट्वीट गरेर सबै ठीक छ (अल इज वेल) भनी लेखे अनि बुधवार बिहान यस विषयमा औपचारिक बयान दिने बताए ।
एउटा कुरा स्पष्ट छ, सामाजिक सञ्जालमा हल्ला आएजस्तो इरानी क्षेप्यास्त्रका कारण ८० अमेरिकी मरेका हुन्थे भने अमेरिकाले इरानविरुद्ध निकै सशक्त कारवाही चलाउँथ्यो र युद्धको आरम्भ भइहाल्थ्यो ।
इराकमा कार्यरत अमेरिकी ठेकेदारलाई सुलेमानीको निर्देशनप्राप्त कताइब हेज्बोल्लाह समूहले हत्या गरेकाले सुलेमानीको हत्या गर्नका लागि ट्रम्पले अनुमति दिएको बताइन्छ । यति ठूलो संख्यामा अमेरिकी सैनिक मारिएका हुन्थे भने विश्वको एकमात्र महाशक्तिको क्रोधबाट बच्न इरानमा निकै मुश्किल पर्थ्यो ।
उता इरानले सुलेमानीको हत्यापछि आफ्ना जनतामाझ उत्पन्न आक्रोशको लहरलाई एक हदसम्म सम्बोधन गर्नैपर्ने थियो । अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेर उसले सुलेमानी हत्याको बदला लिएको देखायो (हामीले अमेरिकाको गाला चड्कायौं भनी सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले औपचारिक सम्बोधनमा भने) ।
यसका साथै मानवीय क्षति चाहिँ हुन नदिएर उसले अमेरिकाको प्रतिकारको बाटो पनि रोक्यो । तनाव चर्किन नदिनका लागि यसरी दुवैतर्फबाट प्रयास भएको देखिन्छ ।
ट्रम्पको सम्बोधनपछि अमेरिकाका युद्धपिपासु दक्षिणपन्थीहरू आक्रोशित छन् र ट्रम्पले अमेरिकालाई नसुहाउँदो व्यवहार गरेको भन्दै उनको विरोध गरिरहेका छन् । तर युद्धविरोधीले अलिकति भए पनि सन्तोषको श्वास लिएका छन् । ट्रम्पले सम्बोधनका क्रममा युद्ध नचर्काउने तर इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरे तर युद्धपिपासुहरू त्यसमा सन्तुष्ट देखिएका छैनन् ।
ट्रम्पको सम्बोधनले इरानलाई भने केही राहत दिएको देखिन्छ । आमनेसामने भएर गरिने युद्ध (कन्भेन्सनल वार) मा इरान अमेरिकाका अगाडि टिक्न गाह्रो छ त्यसैले ऊ सकेसम्म अमेरिकासँग त्यस प्रकारको युद्ध चाहँदैन । ट्रम्पले त्यस्तो तनाव नचर्काउने (डिइस्क्यालेसन) कुरा गरेपछि इरानले पनि भित्रभित्रै आफ्ना सैनिकहरूलाई संयमित हुन निर्देशन दिइसकेको बुझिएको छ यद्यपि क्षेप्यास्त्र आक्रमण शुरूआत मात्र भएको र अमेरिकाले इरानी शक्तिको थप झलक पाउने भनी इरानी नेताहरूले बयान दिएका छन् ।
तनाव घटाउने क्रममा इराकका अग्रणी शिया धर्मगुरु मुक्तदा अल–सद्रले आफ्ना मिलिसियाहरूलाई युद्धको तयारीमा नलाग्न (स्ट्यान्ड डाउन) को आह्वान गरेका छन् जबकि अल–सद्रले सुलेमानी हत्यालगत्तै इराकको रक्षाका लागि आफ्ना मेहदी सेनालाई युद्धका लागि तयार हुन भनेका थिए ।
इरानका परराष्ट्रमन्त्री जवाद जरिफले इरानी क्षेप्यास्त्र आक्रमणपछि ट्वीट गर्दै इरानको जवाफी कारवाही सुलेमानीलाई मार्नका लागि अमेरिकाले गरेको आक्रमणकै अनुपातमा भएको र आफूहरूले अन्तर्राष्ट्रिय कानूनभित्रै रहेर आक्रमण गरेको लेखे । अनि इरानले आत्मरक्षाका लागि गरेको आक्रमण टुंगिएको र आफूहरू तनाव चर्काउन वा युद्ध गर्न नचाहेको तर कुनै पनि किसिमको आक्रमणबाट प्रतिरक्षा गर्ने पनि उनले बताए । यसबाट पनि अब आमनेसामने युद्ध हुने सम्भावना टरेको देखिन्छ ।
दी एसिया टाइम्समा पेप एस्कोबारले तनाव घटाउन भएका प्रयासको विस्तार लगाएका छन् । उनका अनुसार, ट्रम्पले कतारका राजा तमिम बिन हमाद अल थानीमार्फत इरानलाई सन्देश पठाएर तेहरानले मानवीय क्षति हुने किसिमले प्रतिकार नगरेमा उसमाथिको आर्थिक प्रतिबन्ध खुकुलो बनाइने अनि तेहरानले आनुपातिक जवाफी कारवाही गरेमा तनाव घटाइने आश्वासन दिएका थिए । त्यसैले इरानले आनुपातिक जवाफी कारवाही गरेको जानकारी इरानका परराष्ट्रमन्त्री जरिफले दिएका हुन् ।
त्यससँगै इरान र रुसबीच चलिरहेको कूटनीतिक वार्ताले पनि तनाव मत्थर पार्न भूमिका खेलेको छ । रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओलाई स्पष्ट सन्देश पठाएर इरानविरुद्ध युद्ध शुरू नगर्न भनेको एस्कोबार स्रोतलाई उद्धृत गर्दै लेख्छन् । हुन पनि अमेरिकाले इरानविरुद्ध युद्ध गरेमा आणविक शक्तिसम्पन्न देश रुस र चीन पनि त्यसमा संलग्न हुने खतरा रहन्छ ।
अनि सीएनएनमा प्रकाशित अर्को समाचारअनुसार, मंगलवार राति र बुधवार बिहान इरानले ट्रम्प प्रशासनसँग स्विट्जरल्यान्ड लगायत तीनवटा माध्यमले सम्पर्क गरेको थियो । इरानको सन्देश स्पष्ट थियो : ‘हामीले गर्ने जवाफी कारवाही यत्ति नै हो ।’
इरानले क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी अधिकारीहरूले ह्वाइट हाउसमा भेला भएर इरानी प्रहारबाट मानवीय क्षति नभएकोले इरानविरुद्ध युद्धभन्दा पनि थप आर्थिक प्रतिबन्धको बाटोमा जानुपर्ने निष्कर्ष निकाले ।
ट्रम्पले बहुलट्ठीपन देखाउने गरेको भए पनि उनी युद्ध चाहिँ नहोस् भन्ने चाहन्छन् । त्यसैले केही महिनाअघि इरानले अमेरिकाको मानवरहित ड्रोन खसाएपछि उसविरुद्ध कारवाही गर्नुपर्ने आवाज उठेर अमेरिकाले क्षेप्यास्त्र प्रहार गर्नै लाग्दा ट्रम्पले धेरै जनाको ज्यान जाने भन्दै अन्तिम समयमा रोकेका थिए ।
अनि पश्चिम एसियाका मूर्खतापूर्ण युद्धबाट अमेरिकालाई अलग्याउने सोच पनि उनमा देखिन्छ ।
अमेरिकी शक्तिको प्रदर्शन चाहिँ गरिरहने तर अमेरिकालाई युद्धको भुमरीमा नअल्झाउने उनको सोच ट्रम्पले हिजो गरेको सम्बोधनको एक वाक्यमा झल्किन्छ ।
उनले भने, ‘हामीसँग महान् सेना र हातहतियार छन् भन्दैमा हामीले त्यसको उपयोग गर्नुपर्छ भन्ने छैन ।’ अर्काको देशमा हस्तक्षेप गर्न आह्वान गर्ने तप्कालाई ट्रम्पले एक वाक्यले झाडप दिएका छन् । त्यसै पनि इरानसँग युद्ध भएमा इराकविरुद्धको युद्धभन्दा भयंकर र दीर्घकालीन प्रभाव पार्ने किसिमको हुने भनी विश्लेषकहरूले बताएका छन् ।
इरानी संस्थापन पक्षले इरानी जनतालाई आफूहरूले शहीद सोलेमानीको हत्याको बदला लिएको अनि ‘ठूलो शैतान’ (अमेरिका) को गाला चड्काएको भन्न पायो । अनि ट्रम्पले अमेरिकी जनतालाई अमेरिकीहरूको मृत्यु नभएकोले इरानी आक्रमण सामान्य कुरा भएको र युद्ध चर्काउन नपर्ने बताए ।
यसरी दुवै पक्ष सन्तुष्ट भएको देखिन्छ । त्यसैले युद्धपिपासुहरूले जत्ति नै चिच्याएको भएपनि तत्कालका लागि युद्धको सम्भावना टरेको छ । तर पश्चिम एसियाबाट अमेरिकालाई लखेट्ने संकल्प लिएको इरानले ससाना प्रोक्सी युद्धहरू गरिरहने सम्भावना छ र रुस तथा चीनले त्यसमा उसलाई सहायता गर्न सक्छन् । अनि आफ्नो प्रभुत्व रोक्ने इरानी प्रयासलाई विफल पार्न अमेरिकाले प्रयास गरिरहनेछ ।
पश्चिम एसियामा युद्ध टरेको भए पनि तनाव चाहिँ कायम नै रहनेछ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...