×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशका अधिकांश जिल्लामा यतिबेला जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घर भन्दा पर बनाइएका साना छाउगोठ भत्काउने अभियानले तीव्रता पाइरहेको छ । दैलेख र सुर्खेतमा हालसम्म पाँच सयभन्दा बढी छाउगोठहरु भत्काइसकिएको जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ ।

Muktinath Bank

तर जिल्ला प्रशासन कार्यालयले दाबी गरेअनुसार सबै ठाउँमा छाउका लागि भनेर अलग्गै संरचना निर्माण भएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो घरमा छाउगोठ भनेर अलग्गै संरचना निर्माण भएको छैन,’ आठबीस नगरपालिकाकी सुष्मिता सिजापतीले भनिन्, ‘तर हामी गोठमा बस्दै आइरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार गाउँमा बस्ने अधिकांशले छाउ बार्ने गरेका छन् । ‘यहाँ छाउ बार्ने र नबार्ने भन्ने प्रसंग नै उठदैन । सबैले घरको तल्लो तलामा बस्दै आइरहेका छन् । पाँच दिनमा मात्रै घरमा जाने गर्छन,’ उनले भनिन, ‘यस्तो परम्परालाई कसरी भत्काउने होला ?’

Vianet communication

उनले विगतमा विभिन्न संघसंस्थाले छाउगोठ भत्काउने अभियान सुरु गरेपनि मानसिक रुपमा छाउ प्रथा भने भत्काउन नसकिएको बताइन ।

बराहताल सुर्खेतकी रिता शाही उमेरले ४५ वर्षकी भइन् । ‘मैले पहिलोपटक छाउ भएदेखि अहिलेसम्म छाउ बार्ने गरेकी छु,’ उनले भनिन्, ‘विभिन्न धर्म र आस्थाले परिवारलाई तहस नहस गराइदिने, घरपरिवारमा अनर्थ हुने भन्ने पुरानो प्रचलनका कारण म घर बस्न सकिरहेकी छैन ।’

उनको श्रीमानले भने बारम्बार उनलाई घर बस्न आग्रह नगरेका होइनन् तर उनी आफैं घर जान मान्दिनन् । ‘सानैदेखि मष्तिस्कमा एकखालको छाप परेको थियो । बीचमा एक दुइ पटक घरमै बसेकी पनि हौं तर घरमा भैंसी विरामी भएका कारण कतै आफू घरमै बसेका कारण देवता रिसाएकी भन्ठानेर फेरि गोठमै बस्ने निर्णय गरें,’ उनले भनिन् ।’

उनी जस्ता गाउँमा धेरै महिला छन्, जो पुरानो प्रचलन सहि हो भन्ने अझै ठान्छन् । ‘पहिलेदेखि चलिआएको प्रचलन अनुसार अघि बढीरहेका छौं,’ नाम नबताउने शर्तमा वीरेन्द्रनगर ६ मा बस्ने एक युवतीले भनिन्, ‘यहाँका पक्की घरमा पनि छाउ बार्नुपर्ने अवस्था छ । हजुरबुबा, हजुरआमाले अहिलेपनि भान्सामा जान दिनुहुँदैन ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शिक्षा शास्त्रमा स्नातक गरिरहेकी ती युवतीले भनिन, ‘हामीले चाहेर पनि घरपरिवारको सोचमा परिवर्तन ल्याउन सकिरहेका छैनौं । वीरेन्द्रनगरमा छाउगोठ नभएपनि अधिकांशको घरमा छाउ बार्ने प्रचलन कायमै छ । के शिक्षित के राजनीतिज्ञ सबैको घरमा छाउ बार्ने गरिन्छ ।’

उनले छाउगोठ भत्काएर मात्रै समस्याको समाधान नहुने बताउँदै स्थानीय सरकारको पहलमा व्यापक जनचेतनाको आवश्यकता रहेको बताइन् ।

‘बाहिरी संरचना भत्काएपनि घरको तल्लो तलामा गाइ वस्तुसँगै महिलाहरु बस्नुपर्ने अवस्था कायम नै छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा हेर्दा गोठ नदेखिने र परम्परा कायमै रहिरहने खतरा मैले देखेको छु । गोठ भत्काएपनि अब छाउ प्रथाको निर्मुलका लागि मानसिक रुपमा कसरी छाउगोठ संस्कार भत्काउने होला त्यतातिर सोच्न जरुरी छ ।’

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सुर्यबहादुर शाहीले मानिस सबैभन्दा चेतनशील प्राणी भएको बताउँदै जनचेतना अभिवृद्धि गरे मन भित्रको छाउगोठ पनि भत्काउन सकिने बताए ।

‘हामी जनचेतना मूलक काम गर्छौं, गोठमा राख्ने जनतालाई चेतना फैलाउँछौं,’ उनले भने, ‘विगतमा कपडा फेरेर भात खाने प्रचलन पनि थियो नि हैन र अहिले त्यो अन्त्य भएको छ । यो प्रथा पनि विस्तारै न्यून भएर जानेछ । एकाध वर्षमा नै हामी मानसिक तथा संरचनागत रुपमा नै छाउप्रथा उन्मुलन गर्ने गरि अघि बढिरहेका छौं । यो महाअभियानमा यहाँहरुको सबैभन्दा ठूलो साथ, सहयोग र भूमिका मैले देखेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x