मोदी शासन : जेनयू विरोध प्रदर्शनमा भाग लिएकी दीपिका पादुकोणसँग तर्किए कम्पनीहरू

भारतमा विज्ञापन र फिल्महरूबाट सबभन्दा बढी कमाइ गर्ने अभिनेत्री दीपिका पादुकोणसँग जोडिन ठूला ब्रान्डहरू तर्किन थालेका छन् । 

जवाहरलाल नेहरु विश्वविद्यालयमा मुकुण्डो लगाएका विद्यार्थीहरूमाथि आक्रमण गरिएपछि वामपन्थी विद्यार्थीहरूले आयोजना गरेको प्रदर्शनमा दीपिका पनि पुगेकी थिइन् । उनले त्यहाँ कुनै भाषण वा बयान त दिइनन् तर उनको उपस्थितिले एक वर्गलाई चिढ्यायो । उक्त वर्गले दीपिकाको फिल्म छपाकको विरोध गरेको थियो । 


Advertisement

विवाद बढेपछि ब्रान्डहरू पनि दीपिकासँग तर्किन थालेका छन् । 

केही ब्रान्डहरूले दीपिका देखिएको वित्रापन अहिलेका लागि अलि कम प्रसारण गर्न थालेका छन् । 


Advertisement

प्रख्यात कलाकारहरूको इन्डोर्समेन्ट व्यवस्थापन गर्ने व्यवपस्थापकहरूले आगामी समयमा विज्ञापनको सम्झौता गर्दा सेलेब्रिटीले राजनीतिक दृष्टिकोण अभिव्यक्त गर्दा सरकार रिसाउन सक्ने जोखिम हुने भन्ने किसिमको क्लज राख्न सकिन्छ । 

कोकाकोला र अमेजन जस्ता बहुराष्ट्रिय कम्पनीको प्रतिनिधित्व गर्ने आईपीजी मिडिया ब्रान्ड्सका प्रमुख कार्यकारी शशि सिन्हाले भने, ‘सामान्यतया ब्रान्डहरू सुरक्षित रही विवादबाट बच्न चाहन्छन् ।’

एजेन्सी
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्