मलाई स्कर्ट असाध्यै सुहाउँछ : रेखा थापा

अभिनेत्री रेखा थापाले आफूलाई स्कर्ट लगाउँदा सुहाउने बताएकी छन् । 

रंग पत्रकार डिबी खड्काद्वारा लिखित 'नियत' पुस्तक सार्वजनिक कार्यक्रममा अभिनेत्री थापाले यस्तो बताएकी हुन् । 


Advertisement

उनले भनिन्, 'म स्कर्ट लगाउँछु, मलाई मन पर्छ । अहिले गर्मी थियो भने म स्कर्ट लगाएर आउँथे । मलाई स्कर्ट असाध्यै सुहाउँछ ।'

उनले पहिरन हेरेर मान्छेलाई जज गर्न नहुने बताइन् । 


Advertisement

उनले थपिन्, 'सिम्पल कुर्था सुरुवाल लगाएर बस्ने महिलाको पनि चरित्र ठीक हुन्छ भन्ने छैन । स्वमिङ कस्टुम लगाएर बीयर पिउँदैमा चरित्रहीन हुन्छ भन्ने पनि हुँदैन । पहिरन हेरेर मान्छेलाई चरित्रसँग दाँज्न मिल्दैन ।'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्