माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना प्रदेश ५ कै ‘गेम चेन्जर’ परियोजना हुने बताएका छन्।
'राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना निर्माण हुने चरणमा छन् । ती मध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नम्बर ५ कै गेमचेन्जर हुनेछ,' बिहीबार रोल्पाको माडीचौरमा आयोजनाको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा मन्त्री पुनले भने।
चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा नै सो आयोजना अगाडि बढाउनेसम्बन्धी समझदारीपत्रमा सरकारी स्वामित्वको एचआइडिसिएल र चीनको पावर चाइनाका बीचमा समझदारी भएकामा प्रारम्भिक प्रक्रिया शुरु भएकाे छ।
मन्त्री पुनले आयोजनाको सम्भाव्यता अध्ययनको काम शुरु बताए। सो आयोजना प्रदेश नं ५ को ठूला मध्येको एक आयोजना हो । उनले भने, 'यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्छ तर यो आयोजनाले १८ महिनामा विस्तृत अध्ययन सक्ने र निर्माण प्रक्रियामा जानेछ। पावर चाइना र एचआइडीसिएलले यो आयोजनाको निर्माण गर्दैछन् । दुवै अनुभवी कम्पनी हुन् र समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने विश्वास छ ।'
मन्त्री पुनले माडी जलाशययुक्त बहुउद्देश्यीय आयोजना भएको बताउँदै जलविद्युत् आयोजना सम्पन्न भएलगतै त्यहाँको पानीलाई दाङ लगेर सिचाइँसमेत हुने बताए। यो आयोजनाले ‘समृद्ध रोल्पा, सुखी रोल्पाली’को हाम्रो आकांक्षालाई पूरा गराउन सघाउ पु-याउने मन्त्री पुनको विश्वास छ।
कार्यक्रममा पावरचाइना यूरेसियाका उपाध्यक्ष पान टेनक्वूले यो आयोजना निर्माण तथा लगानी गर्न पाउँदा गौरवान्वित भएको बताए। उनले पावर चाइनाले नेपालमा १० आयोजना निर्माण गरेको बताउँदै यो आयोजना समयमै सम्पन्न गर्ने बताए।
एचआइडीसियलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले नमूना माडी जलाशययुक्त आयोजनालाई नमूना जलविद्युत् आयोजनाको रूपमा निर्माण गरिने बताए। 'आयोजना समयमै सक्छौँ । यो नमूना आयोजना बन्नेछ,' उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...