बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच त्रिपक्षीय बैठक

प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्याय सम्पादन सम्बन्धमा छलफल चलिरहेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारीहरू नियुक्त गर्ने सम्बन्धमा शुक्रवार बिहान साढे ९ बजेदेखि नेतात्रयबीच छलफल चलेको हो ।


Advertisement

स्रोतका अनुसार देउवासँगै कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल छलफलमा सहभागी छन् । यता अध्यक्षद्वयसँगै सुवासचन्द्र नेम्वाङ सहभागी छन् । 

गत चैत मसान्तदेखि पदाधिकारीविहीन रहेका दुवै आयोगमा हालसम्म पदाधिकारीहरू नियुक्त हुन सकेका छैनन् । पदाधिकारी सिफारिसका लागि पूर्व प्रधानन्यायाधिश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्सीय सिफारिस समिति बनेको छ । 


Advertisement

सिफारिस समितिका पदाधिकारीहरू राजनीतिक हस्तक्षेपका कारण काम गर्न नसकिरहेको गुनासो गरेका छन् । 

तीन नेताको बैठक सकिएपछि शुक्रवारै नेकपा अध्यक्षद्वयबीच सभामुखको उम्मेदवार छनोटका विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्