×

NMB BANK
NIC ASIA

टाउकोमा तीन गोली लागेकी महिला ७ किलोमिटर गाडी हाँकेर प्रहरी चौकी पुगिन्

माघ ३, २०७६

NTC
Premier Steels

भारतको पञ्जाबमा ४२ वर्षीया सुमीत कौरले टाउको र अनुहारमा गोली लिएर घरबाट सात किलोमिटर टाढा रहेको मुक्तसर जिल्लास्थित प्रहरी चौकी पुगेकी छन् । उनले भाइ र भदाविरुद्ध आफ्नो जमीन हडपेको उजुरी दिएको प्रहरीले शुक्रवार जनाएको छ । 

Muktinath Bank

कक्षा १० मा पढ्ने उनको भदाले आफूलाई अनि आमा सुखजिन्दर कौरलाई रिसको सुरमा गोली चलाएको उनले बताइन् । मुक्तसरको सामेवाली गाउँमा बुधवार बेलुका जमीन विवादका क्रममा उनले गोली चलाएका हुन् । सुखजिन्दरलाई एक गोडामा दुई गोली लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले सुमीतका भाइ हरिन्दर सिंह र भदालाई खोजी गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

प्रहरी चौकी पुग्नेबित्तिकै सुमीतलाई मुक्तसरमा रहेको निजी अस्पताल दौडाइएको थियो । चिकित्सकहरूले गोली निकालेका थिए । 

Vianet communication

चिकित्सक मुकेश वंशलले भने, ‘टाउकोमा तीन गोली लागेपछि पनि उनी बाँचेको देख्दा हामी आश्चर्यमा पर्‍यौं । धन्य उनको खप्परलाई गोलीले फ्य्राक्चर गरायो र मस्तिष्कमा प्रवेश गरेन । उनी अहिले खतरामुक्त छिन् ।’

उजुरीमा सुमीतले भनिन्, ‘हामीसँग ४० एकड जमीन थियो र मेरा पिताको मृत्युपछि जमीन आमा, भाइ र मलाई बाँड्यौं । मैले १६ एकड पाएँ । तर मेरो भाइ मेरो भाग पनि खोस्न चाहन्छ । उसले छोरा पठाएर हामीलाई मार्न लगायो ।’
आमा सुखजिन्दरले भनिन्, ‘मेरो छोरोले विगतमा पनि ममाथि आक्रमण गरेको छ । भगवानको कृपाले हामी गोली लागे पनि बाँच्यौं । हामीलाई अब न्याय चाहियो ।’

इन्डियन पिनल कोड र आर्म्स याक्ट अन्तर्गत ज्यान मार्ने उद्योग र आपराधिक षड्यन्त्रको मुद्दा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x