नेपालीको सपनाको सहर हङकङ – गरिबी यति छ कि मान्छेहरू पिंजडामा बस्छन्

संसारका सबै देशका नागरिकका आ-आफ्ना समस्याहरू हुन्छन् । कहीं रोजगारीको समस्या हुन्छ भने कहीं बाँच्नका लागि ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । यस्तै हालत हङकङका गरीबहरूको छ ।

हङकङ सम्पन्न सहर मानिएपनि गरीबी पनि उस्तै छ । नेपालीले हङकङमा रोजगारीको सपना पनि देख्ने गर्छन । तर त्यहाँका गरीबहरू एसियाकै सबैभन्दा बढी गरीब मानिन्छन ।


Advertisement

हङकङका गरीब नागरिकहरू पिंजडामा बस्ने गर्छन् । पिंजडा पनि सस्तोमा किन्न पाइँदैन । पिंजडामा जनावर जस्तै रहने गर्छन गरीबहरू ।

कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले हङकङमा बस्ने गरीबहरूका बारेमा समाचार बनाएका छन् तर गरिबी हटेको छैन । खण्डहर भइसकेका घरहरूमा राखिने यस्ता पिंजडाहरूमा बस्ने गरीबहरूलाई सरकारले पनि उचित ध्यान दिन सकेको छैन ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्