×

NMB BANK
NIC ASIA

ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरू गर्न सपथ ग्रहण

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरू गर्न अमेरिकी प्रधानन्यायाधीशले सिनेटका सदस्यहरुलाई आफूहरुले निष्पक्ष रुपमा न्याय प्रदान गर्ने विषयमा बिहीबार अपरान्ह सपथग्रहण गराएका छन् । 

Muktinath Bank

यसरी सपथ लिएपछि उनले सिनेटको एक सदस्यका रूपमा महाअभियोग प्रस्तावमा हुने समग्र प्रक्रियाको अध्यक्षता ग्रहण गर्नेछन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त महाअभियोग प्रस्तावमा छलफलका लागि अमेरिकाको प्रधानन्यायाधीशले सबै सिनेट सदस्यलाई सपथ गराउने र उनको अध्यक्षतामा उक्त प्रक्रिायाको किनारा लगाउने कानुनी प्रावधान रही आएको बताइन्छ । 


Advertisment
Nabil box
Kumari

यसलगत्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा बिहीबारबाट औपचारिक रूपमा शुरूआत भएको जनाइएको छ । 

Vianet communication
Laxmi Bank

प्रधानन्यायाधीश जोन रोबर्टस्ले बिहीबार अपरान्ह सिनेट बैठकमा उक्त सिनेटका १०० जना मध्ये ९९ औँ सिनेटरलाई सपथ गराएका थिए । 

बिहीबारको सो सपथ कार्यक्रममा रिपब्लिकन पार्टीका एकजना सिनेटर भने अनुपस्थित थिए। उनको घरायसी कारणले गर्दा सो बैठकमा उपस्थित हुन नसकेको जानकारी त्यस अवसरमा गराइएको थियो ।
  
राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले माथिल्लो सदन सिनेटमा पठाएको थियो । 

हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मङ्गलबार पारित गरेको प्राप्त समाचारमा जनाइएको छ ।    
      
यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा उहाँमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुदा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १९३ जनाले विपक्षमा मतदान गरेका थिए ।  

अब प्रधानन्यायाधीशले सपथ लिएसँगै बाँकी प्रक्रिया आगामी मंगलबारबाट शुरू हुन लागेको हो । सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को हप्ताबाट अघि बढ्ने यसअघि बताइएको थियो । 

यसअघि गत मङ्गलबार उक्त प्रस्ताव पारित भएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा 'हामी फेरी अगाडि बढ्ने छौँ, डेमोक्र्याटहरूले हामीलाई केही पनि गर्न सक्नेछैनन्,'  लेखेका थिए । मङ्गलबार सो प्रस्ताव पारित भएपछि बुधबार नै हाउस अफ रिप्रेजेन्टेटिभ्स्का सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा पठाएका थिए। 

अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् ।   
  
तर पनि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा राष्ट्रपति ट्रम्पको रिपब्लिकनको नभएर विपक्षी दल डेमोक्र्याटको बहुमत भएकोले यो प्रस्ताव पारित भएको तर सिनेटमा भने महाभियोग प्रस्ताव पास नहुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
  
सिनेटमा भने रिपब्लिकनका सांसदहरुको बाहुल्यता रहेको छ । एक सय जना सदस्य रहने सिनेटमा उनकाे विरुद्धमा महाभियोग लगाउन नै दुई तिहाइ मत चाहिन्छ । जुन असम्भव नै रहेको विश्लेषकहरूको भनाइ छ ।
           
विपक्षीहरुले ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको, संसदको काम कारबाहीमा अवरोध पु¥याएकोलगायतका आरोपहरुसहित महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।         

तर राष्ट्रपति ट्रम्प र उनका समर्थकहरूले भने ती आरोपहरू अस्विकार गरी ती प्रस्तावहरुका विरुद्धमा खण्डन गर्दै आएका छन् । उनीहरुले ट्रम्प विरुद्धको महाअभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आक्रोशबाट चालिएको कदमको संज्ञा दिदै आएका छन् ।     
     
हाउस अफ रिप्रिजेन्टेटिभ्स्ले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । सिनेटले पनि यस प्रस्तावलाई दुई तिहाइ मतले पारित गरेमा राष्ट्रपति ट्रम्प पदच्युत हुनुहुने छ ।    

यतिखेर अमेरिकी राजनीति राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने र उनको विरोध गर्नेहरूमा विभाजित भएको बताइन्छ । यस प्रस्तावको प्रक्रिया शुरू भएसँगै अमेरिकी राजनीतिक वातावरण फेरि एकपटक तात्न पुगेको छ ।
  
उनको दल रिपब्लिकनले महाअभियोगको प्रस्तावलाई असफल गराएने बताएको छ भने विपक्षी दल डेमोक्र्याटिकले भने ट्रम्पलाई सिनेटले महाअभियोग लगाउने र पदच्युद गर्ने बताउँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x