सचिनबाट हरेक पतिले सिक्न सक्छन् यी चार राम्रा बानी

सचिन तेन्दुलकर। अर्थात क्रिकेटका मास्टर ब्लाष्टर। सचिनकाे किताब ‘प्लेइङ इट माई वे’ मा उनको करिअरदेखि व्यक्तिगत सम्बन्धबारे समेत उल्लेख छ।

सचिन करिअरसहित आफ्नो व्यक्तिगत जीवनमा पनि सफल व्यक्तिका रूपमा लिन सकिन्छ । उनी एक जिम्मेदार पति तथा पिता पनि रहेको उनको किताबमार्फत बुझ्न सकिन्छ । सचिनको व्यक्तिगत जीवनसँग जोडिएको जानकारीको आधारमा उनलाई सफल पति मानिनुका ४ कारण यस्ता छन्ः


Advertisement

– सचिन तेन्दुलकरको सफलताले उनलाई आफ्नी प्रेमीका अर्थात् पत्नी अञ्जलीप्रति अधिक जिम्मेबार बनाएको छ। यस्ता धेरै खेलाडी छन् जो आफ्नो सफलताको उत्कृष्ट स्तरमा रहँदा खेलमात्र नभई प्रेम प्रसंग, ब्रेकअपका कारण चर्चामा रहन्छन्। तर, सचिनको जीवनमा यस्तो केही भएन। सचिनले जोसँग प्रेम गरे उसैसँग विवाह गरे र पति हुनुको जिम्मेवारी पनि निभाए।

– निकै व्यस्त समयका बाबजुत पनि सचिनलके घरमा पर्याप्त समय दिने गरेको उनकी पत्नी अञ्जली बताउँछिन्। उनी फुर्सदको हरेक पल आफ्नै परिवारसँग बिताउँछन् र बिदामा आफ्नो परिवारलाई घूम्न लैजाने, छोराछोरीको रेखदेख गर्ने जस्ता काम समेत गर्ने गर्छन्।


Advertisement

– सचिनको व्यक्तिगत जीवनमा उनकी पत्नीका लागि उनको प्रेम उनलाई आदर्श प्रेमी बनाउँछ। सचिनको उमेरभन्दा ६ वर्ष जेठी अञ्जलीसँगको परिवेश सचिनभन्दा फरक भएपनि यसले सचिनलाई कुनै फरक पार्दैन। उनी आफ्नी पत्नीलाई नै आफ्नो स्वप्न सुन्दरी मान्छन् । उनले पत्नी आफ्नो स्वप्न सुन्दरी भएको र आफूले जस्तो युवतीको सपना देखेका थिए त्यो युवती उनकै पत्नी भएको बताएका थिए 

–क्रिकेटमा आफ्नो सफलतालाई पत्नी र परिवारको श्रेय मान्छन्। कहिलेकाँही व्यस्त रहँदा छोराछोरीलाई समय दिन नसक्दा निकै चिन्ता लिने गरेका सचिन आफ्नी पत्नीका कारण काम सहजै गर्न सफल हुने बताउँछन्। पेशाले चिकित्सक भए‍पनि उनले आफ्नो करिअर र परिवारको जिम्मेदारीमा परिवारको जिम्मेदारी नै छानेर सचिनलाई बाटो खुल्ला गरिदिएकी थिइन्।- एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्